निर्णय नं. ९४४१ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४४१ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/१०/१८ २९१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति : २०७१।१०।१८।१ ०६६-WO-०७६० मुद्दा :– उत्प्रेषण / परमादेश । निवेदक :- जिल्ला कैलाली गेटा गा.वि.स. वडा नं. ५ बस्ने जोगी राना थारू । विरूद्ध विपक्षी :- जिल्ला कञ्चनपुर श्रीपुर गा.वि.स. वडा नं. ६ बस्ने कुवरिया रानासमेत । जग्गासम्बन्धी विषय कानूनी विषय हो तर नागरिकता जस्तो मानिसले जन्मका नाताले प्राप्त गर्ने संवैधानिक एवम् नैसर्गिक अधिकारको विषयलाई जग्गा नामसारीको विषयले ओझेलमा पार्न सक्दैन । कानूनबमोजिम आफ्नो पिता तथा पतिले सनाखत गरी अधिकारप्राप्त निकायले नागरिकता जारी गरिसकेको र पछि सोसम्बन्धमा उजुरीसमेत छानबिन गरी प्रमाण नपुग्ने भनि टुङ्गो लगाइसकेपछि पुनः त्यही विषयमा उजुरी सुनी नागरिकता नै रद्द गर्ने गरी भएको निर्णय राज्यका कानून कार्यान्वयन गर्ने अधिकारीहरूका लागि शोभनीय नदेखिने । कानूनको प्रक्रियाबमोजिम नागरिकता प्राप्त गरेको छ, नेपाली नागरिक भएकामा विवाद देखिँदैन भने जग्गासम्बन्धमा नयाँ विवाद उत्पन्न गरी नागरिकताको विषयलाई पुनः प्रवेश गराई नागरिकता नै रद्द हुने गरी निर्णय भएको देखिन्छ । यसो गर्दै जाने हो भने नागरिकता प्राप्त गर्ने नागरिकको जन्मसिद्ध र नैसर्गिक अधिकार सधैँ धरापमा पर्न जाने । विपक्षी जिल्ला प्रशासन कार्यालयको नागरिकताको विषयमा गर्ने निर्णय विशुद्ध प्रशासनिक प्रकृतिको देखिन्छ । तर पनि प्रशासनिक अधिकारीले विशुद्ध प्रशासनिक प्रकृतिको निर्णय गर्दा पनि नागरिकको संवैधानिक तथा कानूनी अधिकारको हनन् हुन नदिनेतर्फ सदैव सचेत रहनु पर्दछ । न्याय र सद्विवेकलाई सदैव ख्याल गर्नुपर्दछ । उजुरीको विषयवस्तु कसरी उठान भएको छ, कुन उद्देश्यबाट प्रेरित छ त्यसको पृष्ठभूमिलाई पनि सकेसम्म ख्याल गर्नुपर्ने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट :- विद्वान् अधिवक्ता नन्दप्रसाद अधिकारी विपक्षीको तर्फबाट :- विद्वान् सहन्यायाधिवक्ता संजिवराज रेग्मी अवलम्बित नजिर :- सम्बद्ध कानून :- नागरिकता ऐन, २०६३ को दफा १२ आदेश न्या. गोपाल पराजुली :- नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) नं. बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको टिपोट यसप्रकार रहेको छ :- म निवेदक जग्गु रानाको छोरा हुँ । पिता जग्गु रानाको मिति २०५२।६।१७ मा मृत्यु भएकाले पिताको नाउँको जग्गा जमिन आफ्नो नाउँमा नामसारी गरी भोगचलन गरी आएको छु । मेरो पिताले उहाँको जीवनकालमा नै २०३३ सालमा श्रीमती ललना थारू, छोरा जोगी राना थारू र बुहारी रामकली राना थारू उल्लेख गरिदिएको अनुसूचीबमोजिम २०४५ सालमा पिताले नै सनाखत गरी वंशजको नाताले नागरिकता लिएको छु । यस्तैमा विपक्षी दिदी कुवरिया रानाले माइतीमा आई निहुँ खोजी मेरी आमा र मलाई २०४४ सालदेखि बुबाको घरमा कमैया बसेका हुन् । यी उनाउ व्यक्ति छोरा र श्रीमती हुन् भनी कैलाली जिल्ला अदालतमा मिति २०५२।९।२८ मा कीर्ते जालसाजी मुद्दा दायर गरेकी र जिल्ला प्रशासन कार्यालयसमेतमा कीर्ते जालसाजी गरी नागरिकता बनाएको भनी उजुर गरेकी रहिछन् । उक्त उजुरीमा जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकतासम्बन्धमा कारवाही गर्न नमिल्ने भनी मिति २०५३।६।१३ मा मिसिल तामेलीमा राख्ने गरी निर्णय भएको थियो । पुन: विपक्षीले कारवाही गर्न गृह मन्त्रालयसमेतमा निवेदन दिएपछि अदालतमा रहेको कीर्ते जालसाजी मुद