निर्णय नं. ९४४२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४४२ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/१०/२२ ३००० श्री सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति :- २०७१।१०।२२।२ ०६९-WO-१३५० विषय :– उत्प्रेषण । निवेदक : जिल्ला पर्सा जगरनाथपुर गा.वि.स. वडा नं. ३ बस्ने वीरेन्द्रप्रसाद चौहानसमेत विरूद्ध विपक्षी : जिल्ला पर्सा जगरनाथपुर गा.वि.स. वडा नं. ३ बस्ने अजयकुमार चौहानसमेत मुद्दा सकार गर्ने व्यक्ति मुद्दाको पक्ष नै हुने र पक्षले निर्वाह गर्ने दायित्व र परिणामप्रति निजको जिम्मेवारी रहन्छ । यस अवस्थामा मोहरपतीले फैसलाबमोजिम प्राप्त गर्ने सम्पत्ति र निजले ब्रह्मदेवलाई गरिदिएको शेषपछिको बकसपत्रबमोजिमको सम्पत्तिसमेतको लिखतमा मुद्दा सकार गर्ने व्यक्तिको हक पुगेको मान्नु पर्ने देखिन आउने । (प्रकरण नं. ३) प्रकरणमा विवेचना गरिएका आधार एवम् कानूनी व्यवस्थाहरूबाट बकसपत्र दाता र प्राप्त गर्ने व्यक्तिसमेतको मृत्यु भै सकेको अवस्थामा निजहरूको दैयादारको हैसियतले जनकदुलारी देवीको हक स्थापित भै सकेको अवस्था हुँदा कानूनबमोजिम अंश छुट्‍याउने क्रममा अंश प्राप्त गर्ने व्यक्तिमध्येबाट आफ्नो हक पुगेको सम्पत्तिसम्म शेषपछिको बकसपत्र लेखि दिएको र तत्पश्चात् शेषपछिको बकसपत्र पाउनेको मृत्यु भै विपक्षी जनकदुलारीले हक प्राप्त गरी मुद्दा सकार गरी सकेको देखिँदा विवादित सम्पत्तिमा अंसियार घटेकाले घटेका अंसियारमध्येबाटै बन्डा गर्नुपर्ने भन्ने निवेदन दाबीसँग समेत सहमत नहुने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट :- विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता खम्बबहादुर खाती विपक्षीको तर्फबाट :- विद्वान् वरिष्ठ अधिवक्ता किशोरकुमार अधिकारी अवलम्बित नजिर :- सम्बद्ध कानून :- मुलुकी ऐन, अपुतालीको महलको २, अ.ब. ६२(३) दण्ड सजायको ४६(३) आदेश न्या. गोपाल पराजुली :- नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार रहेको छ :- मुल पुरूष राधाकृष्ण महतोको दुई श्रीमतीमा जेठी तेतरीदेवी चाइन, कान्छी मोहरपती देवी चाइन भएको, मोहरपती देवी चाइनको छोरा ब्रह्मदेवप्रसाद चौहान, निजको श्रीमती जनक दुलारीदेवी चाइन भै पाँच भाइ छोरा दुई छोरीमा क्रमशः: अजय कुमार, बृजेश कुमार, राकेश कुमार, रतनेश कुमार, शिवजी कुमार, छोरी रम्भा कुमारी र चन्द्र कुमारी भएकामा छोरी रम्भा कुमारीको विवाह भै सकेको, जेठी तेतरी देवी चाइनतर्फ दुई छोरामा जेठो नन्दलाल, कान्छो रामदेवप्रसाद चौहान भएको, जेठो नन्दलालको श्रीमती गिर्जादेवी चाइन, निजहरूको चार छोरामा क्रमशः: वीरेन्द्र प्रसाद, हरेन्द्र प्रसाद, देवेन्द्र प्रसाद र भुपेन्द्र प्रसाद भएको, कान्छो रामदेवप्रसाद चौहानको श्रीमती सोनादेवी भै निजहरूको छोरा मिथिलेश प्रसाद चौहान भएको, राधाकृष्ण महतो मिति २०६९/०५/१७ मा, तेतरीदेवी चाइनको मिति २०६२/०४/१६ मा, ब्रह्मदेवप्रसाद चौहानको मिति २०६५/०९/२३ मा, मोहरपतीदेवी चाइनको मिति २०६९/०४/२१ मा स्वर्गे हुनुभएको, नन्दलाल र गिर्जादेवी चाइन अंश मुद्दा पर्नुभन्दा अघि नै आ-आफ्नो कालगतिले अघिपछि गरि स्वर्गे भै सक्नु भएको छ । विपक्षी अजय कुमार चौहान र राकेश कुमार चौहान वादी भै प्रतिवादीमा जनकदुलारी देवी, बृजेश कुमार, रतनेश कुमार, शिवजी कुमार, ब्रह्मदेव, मोहरपतीदेवी, देवेन्द्र, भुपेन्द्र, हरेन्द्र, वीरेन्द्र, तेतरीदेवी, सोनादेवी, रामदेवप्रसाद,