निर्णय नं. ९४४३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४४३ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/१०/१४ ३७२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति :- २०७१।१०।१४।४ ०६८-CR-०२४४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी : रोहित बहादुर बस्नेतको जाहेरीले नेपाल सरकार । विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला भोजपुर, टक्सार गा.वि.स.वडा नं. ८ बस्ने धर्मध्वज कार्कीको छोरा रोहितकुमार कार्की । आफू बिरामी भै मृत्यु शैय्यामा पुग्दासम्म होसमै रहेको मृतकले समेत मृत्युको कारण नबताएको अवस्थामा अनुमानको भरमा र प्रतिवादीले मृतकप्रति गरेका पूर्व व्यवहारलाई ज्यान जस्तो फौजदारी अपराधमा अदालत आफैँले प्रमाणको श्रृष्टि गरी अभियुक्तलाई दोषी करार गर्नु विवेकपरक नहुनुको साथै न्यायको विपरीत हुन जाने । (प्रकरण नं. ३) पुनरावेदन/वादीको तर्फबाट :- विद्वान् उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल प्रत्यर्थी/प्रतिवादीको तर्फबाट :- अवलम्बित नजिर :- सम्बद्ध कानून :- मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३(२) सुरू अदालतमा फैसला गर्ने :- मा.जि.न्या. श्री शम्भुराम कार्की पुनरावेदन अदालत,मा फैसला गर्ने :- मा.मुख्य न्या. श्री गोविन्दकुमार उपाध्याय मा.न्या. श्री टेकराज नेपाल फैसला न्या. गोपाल पराजुली :- न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा दायर भै निर्णयार्थ पेस भै यस अदालतको क्षेत्राधिकारभित्रको भई हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :- मेरो माइती नेपाले डाँडा गा.वि.स. वडा नं. ८ मा भएको र मेरो विवाह टक्सार ८ बस्ने रोहितकुमार कार्कीसँग २०५२ सालमा भएकामा १ छोरी र १ छोराको जन्म भएको छ र आजभन्दा ५ वर्ष अघिदेखि पति रोहितकुमार कार्कीले ममाथि विभिन्न आरोप लगाई, मलाई प्रत्येक रात बेहोस बनाई ममाथि दुर्व्यवहार गर्ने र मलाई घरमा नबस् सम्बन्ध विच्छेद गरी जाभन्दा पनि सहेर बसेकीमा मलाई घरमा मार्नेसम्मको योजना बनाई ममाथि धेरै अत्याचार गरेको र घरमा बस्दा ज्यानको सुरक्षा हुन नसक्ने अवस्था भएको हुँदा मेरो ज्यानको सुरक्षा गरिपाउँ भनी मृतक इन्दीरा कार्कीले विभिन्न पार्टी कार्यालयमा बोधार्थ दिई जिल्ला प्रशासन कार्यालय भोजपुरमा दिएको निवेदनपत्र । मेरो छोरी इन्दिरा बस्नेतको रोहित कुमार कार्कीसँग २०४९ सालमा विवाह भै १ छोरा एक छोरीको जन्मसमेत भएकामा २०५६ सालमा वा सो बेलादेखि ज्वाइँले छोरीलाई कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने, बेहोस पारी बलात्कार गर्ने जस्ता हिंसात्मक कार्य गर्ने गरेको कुरा छोरीद्वारा जानकारी आउने गरे तापनि बेला-बेलामा आफैँ छोरीको घरमा गै सम्झाई बुझाई आउने गरेकामा विगत ६ महिनादेखि विभिन्न हिंसात्मक कार्य गरी ज्यानसमेत लिन्छु भनी ज्वाइँले धम्की दिने गरेकाले छोरीले जिल्ला प्रशासन कार्यालय भोजपुरसमेतमा सुरक्षा गरि पाउँ भनी लिखित र मौखिकरूपमा उजुरसमेत गरेकामा मसमेत छोरी ज्वाइँको घरमा गै छलफल गराई सम्झाई बुझाई अब यस्तो क्रियाकलाप हुने छैन भनी ज्वाइँले विश्वास दिलाएपछि घर फर्की आएकामा छोरी इन्दीराबाट आफ्नो अन्तिम अवस्था रहेको मलाई ज्वाइँले मार्छु भनेको छ भनी जानकारी पाउँदा नातिनीलाई सन्चो भएपछि म तिमीलाई लिन आउँछु भनेँ । त्यसपछि पटक पटक सम्पर्क गर्न खोज्दा छोरीसँग सम्पर्क हुन सकेन र ज्वाइँ रोहित कार्कीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नगराएको । त्यतिकैमा २०६५/०१/२७ गते ज्वाइँ रोहितद्वारा छोरी बिरामी भै