निर्णय नं. ९४४४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४४४ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/१२/०८ ३५५२ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति :- २०७१।१२।८।६ ०६९-WO-००३२ विषय :- उत्प्रेषण । रिट/निवेदक:- काठमाडौं जिल्ला, का.म.पा. वडा नं. १८ नरदेवी बस्ने राजमान शाक्य विरूद्ध विपक्षी :- काठमाडौं जिल्ला अदालत, बबरमहलसमेत मुलुकी ऐन अ.बं. ११० नं. ले म्यादमा उल्लिखित व्यक्ति भेट भएन वा चिन्न सकिएन वा निजको घरद्वार पनि फेला परेन भने त्यस्तो म्याद तामेल गर्न हुँदैन भनी निषेधात्मक व्यवस्था गरेको देखिँदैन । घरद्वार उल्लेख भएको तर तामेलदारले त्यस्तो पत्ता पाउन नसकेकामा त्यस्तो म्याद तामेल नगरी त्यसै फर्काएर ल्याउने कुरा नहुने । (प्रकरण नं. २) ऐनले बेरीतपूर्वक म्याद तामेल भएकोसम्बन्धमा हदम्यादको व्यवस्था गरिदिएको अवस्थामा उक्त २०८ नं. को बेवास्ता गरी रिट जारी गर्नु उपयुक्त हुँदैन । अ.बं. २०८ नं. एक बाध्यात्मक व्यवस्था हो । निवेदकका नाममा अदालतले आफ्नो क्षमताले भ्याएसम्म म्याद तामेल गर्न खोजेको तर निवेदकको घरद्वार पत्ता नलागेकाले निवेदक बसेको वडा कार्यालयमा म्याद बुझाएर आफ्नो दायित्वलाई कानूनबमोजिम पूरा गरेको कार्यबाट निवेदक सुनवाइको मौकाबाट वञ्चित भएको भनी मान्न र प्रस्तुत विवादमा प्राकृतिक न्यायको सिद्धान्तको उल्लङ्घन भएको भन्न नमिल्ने । (प्रकरण नं. ३) निवेदकको तर्फबाट :- विद्वान् अधिवक्ता जगदीश भण्डारी विपक्षीको तर्फबाट :- विद्वान् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का अवलम्बित नजिर :- सम्बद्ध कानून :- मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ११०, ११२, २०८, आदेश न्या. गोविन्दकुमार उपाध्याय :- नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ :- विपक्षीमध्येको नं. ४ सन्तोषकुमार गुप्तासँग मिति २०५९।९।१४ मा रू. २,००,०००।- कर्जा लिई मेरो नाममा रहेको जिल्ला पर्सा नौतन (वी) गा.वि.स. वडा नं. ९ कित्ता नं. ५८७ क्षे.फ. ०-२-१७ जग्गा र. नं. ३०१० को लिखतबाट मिति २०५९।१०।३० भित्रमा बुझाउने गरी दृष्टिबन्धक लिखत गरिदिएको थिएँ । उक्त भाखाभित्रै निजलाई रकम बुझाउन जाँदा निजसँग भेट नभई रकम बुझाउन नसकिएको र त्यसपछि म निवेदक बिमारी परी निजलाई रकम फिर्ता गर्न जान नसक्दा निजलाई आफ्नो रकम लिनआउनु होस् र मेरो जग्गा फुकुवा गरिदिनु होस् भन्दा बिस्तारै लिउँला भन्दै निजले पैसा बुझ्न आलटाल गरी बसेका थिए । मैले निजको कर्जा नतिर्ने मनसाय कहिल्यै गरेको छैन । निजको कर्जा र ब्याज म जुनसुकै समयमा तिर्न तयार थिएँ र छु । यस्तैमा २०६२ सालदेखि मलाई अत्यन्त खतरनाक रोग लागि मेरो घाँटीबाट अपरेशन गरी पाइप बाहिर निकाली श्वास फेर्न पर्ने भई करिब १ वर्ष म अस्पतालमा रहे बसेको बखत निज विपक्षीमध्येका नं. ३ ले विपक्षी नं. १ श्री पर्सा जिल्ला अदालतसमक्ष मिति २०६२।६।१६ मा म विरूद्ध लेनदेन मुद्दाको फिरादपत्र दर्ता गरी म बसोबास गरी आएको घर विपक्षीमध्येका सन्तोषकुमार गुप्तालाई समेत थाहा भएकामा मेरो ठेगाना वतन का.जि.का.म.न.पा. वडा नं. १८ लेखिएकामा का.जि.अ. ले म्याद तामेल गर्दा उक्त वडामा मानिस फेला नपरेको भनि बेपत्ते म्याद मिति २०६२।८।३० मा तामेल गरी पठाई पर्सा जिल्ला अदालत मा.न्या.बाट सो मुद्दा फैसला गर्दा फैसलामा प्रतिवादीको नाममा जारी भै गएको इतलायनामा मिति २०६२।८।३० मा तामेल भएको तामेलीमा