निर्णय नं. ९४४८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४४८ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७२/०२/२८ २८४२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।२।२८।५ ०६९–WF–०००५ विषयः उत्प्रेषण । निवेदक : बागलुङ जिल्ला, पालाकोट गा.वि.स वडा.नं. ५ बस्ने धनकुमारी गौचन विरूद्ध विपक्षी : पुनरावेदन अदालत, बागलुङसमेत विवादरत पक्षहरूले सामूहिकरूपमा गरेको मन्जुरीबमोजिम अदालतले निर्णय वा आदेश गरेमा त्यसबाट दुवै पक्षले न्यायको अनुभूति गर्न पाउने अवस्थाको सृजना हुन जाने । विवादरत दुवै पक्षलाई न्यायको अनुभूति हुने गरी न्याय सम्पादन गर्नु पनि न्यायका मान्य सिद्धान्तभित्रै पर्ने कुरा हो । रिट निवेदनमा उठाइएका विवादित विषयका सम्बन्धमा निवेदक र विपक्षीहरूले दिएको संयुक्त निवेदनबमोजिम आदेश जारी गर्न कुनै कानूनले प्रतिबन्ध लगाएको छैन र यस आदेशबाट अन्य पक्षलाई कुनै किसिमको असर पर्ने अवस्था र स्थिति पनि छैन । यस्तो स्थितिमा निवेदक र विपक्षीहरूको संयुक्त निवेदनबमोजिम आदेश जारी गर्दा दुवै पक्षले न्यायको अनुभूति गर्ने भई पूर्ण न्याय प्राप्त हुने देखिन आउँछ, जुन संविधानको मर्म र भावना तथा पक्षहरूको चाहनाअनुकूल हुने देखिने । (प्रकरण नं. ५) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १००(१), १०७(२) आदेश न्या. गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छः विपक्षी चन्द्रबहादुर घर्ती तथा दिलमाया घर्तीले म विरूद्ध बागलुङ जिल्ला अदालतमा तमसुकबमोजिमको साँवा र ब्याजसमेत भराई पाउँ भनी लेनदेन मुद्दा दायर गर्नु भएकामा सावाँ र फैसला मितिसम्मको ब्याज तथा भरी भराउ मितिसम्मको ब्याजसमेत प्रतिवादीबाट भरी पाउने ठहरी मिति २०६५।५।३१ मा बागलुङ जिल्ला अदालतबाट फैसला भएको छ । सो मुद्दामा मेरो प्रतिउत्तर परेको छैन । विपक्षी दिलमाया घर्तीले सो फैसलाबमोजिम बिगो भराई पाउँ भनी मेरो नाम दर्ताको बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा.नं. २ कि.नं. १८५९ को ०–४–३–२ को घरजग्गा देखाई दरखास्त दिएकामा बागलुङ जिल्ला अदालतबाट भएको लिलामी कारवाहीमा मेरो ठेगाना पाला गा.वि.स ३ घर भई हाल बागलुङ नगरपालिका वडा.नं.३ गुठी बस्ने भन्ने उल्लेख गरी सोही स्थानमा म्याद पठाई तामेल गरिएको रहेछ । म बागलुङ जिल्ला पाला गा.वि.स वडा.नं. ५ मा बस्ने हुँदा म्याद पाउने अवस्था पनि रहेन । मैले सो जग्गा एभरेष्ट बैंकमा धितो राखेको थिएँ । सो कुरा विपक्षीहरूले थाहा पाएछन् । त्यसपछि उक्त बैंकको ऋणसमेत स्वीकार गर्न तयार छु भनी निवेदन दिएका रहेछन् । सो निवेदनबमोजिम बागलुङ जिल्ला अदालतका तहसिलदारले लिलामी प्रक्रिया अगाडि बढाउने निर्णय गरी जग्गाको तायदाती मुचुल्कासमेत गरेकामा उक्त बेरीतको आदेश तथा तायदाती मुचुल्का बदर गरिपाउँ भनी बागलुङ जिल्ला अदालतमा निवेदन दिएको थिएँ र सो अदालतबाट मिति २०६६।८।२५ मा उक्त तायदाती मुचुल्का बदर भएको थियो । तत्पश्चात् पुनः सो जग्गाको तायदाती मुचुल्का गरी मिति २०६६।९।१८ मा सो घरजग्गाको पञ्चकृते मूल्य रू.९०,००,०००।– कायम गरिएको रहेछ । सो घरजग्गा मिति २०६७।१।२३ मा लिलाम बढाबढ गर्दा कसैले पनि सकार नगरेकाले २०६७।२।२३ मा पुन लिलाम बढाबढ गरिएको रहेछ । तर उक्त लिलाम बढाबढ गर्दा