निर्णय नं. ९४४९ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४४९ - भ्रष्टाचार भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०८/२९ ३९१६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।८।२९।२ ०६७-CR-०१७८ मुद्दाः भ्रष्टाचार । पुनरावेदक/वादी : फणिन्द्र गौतमको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.८ घर भई हाल ललितपुर जिल्ला, हरिसिद्धि गाउँ विकास समिति वडा नं.१(क) स्थित अन्सल चौधरी डेभलपर्सद्वारा निर्मित माउन्ट भ्यू रेसिडेन्सीमा बस्ने भौतिक योजना तथा निर्माण मन्त्रालयमा लेखा अधिकृत पदमा कार्यरत् बद्रीनाथ श्रेष्ठ जग्गा खरिदबिक्री गर्दा हुने खर्च एवम् आम्दानी यकिन गर्दा लिखतमा अङ्कित मूल्यलाई आधार मानी गणना गर्दा वास्तविक र कानूनसङ्गत हुने नैं हुन्छ । वस्तुनिष्ठ प्रमाणबिना हालको मूल्य भनी अनुमानको आधारमा मूल्य यकिन गर्दा अवास्तविक हुन जाने । प्रतिवादीले जग्गा बिक्री गरेबापत आय यकिन गर्दा लिखत मूल्य मान्ने तर तिनै प्रतिवादीले खरिद गर्दा लिखत मूल्य नमानी अनुमानको भरमा हालको प्रचलित मूल्यमा मूल्याङ्कन गर्दा एउटै विषयमा दोहोरो मापदण्ड भई असमानता हुने हुँदा सम्पत्ति खरिद एवम् बिक्री गर्दा अन्यथा प्रमाणित नभएसम्म लिखतमा अङ्कित मूल्यका आधारमा मूल्याङ्कन गर्नु न्यायोचित हुने । (प्रकरण नं.२) कुनै पनि व्यक्तिको नाममा रहेको सम्पत्ति निजले गैरकानूनीरूपमा आर्जन गरेको भनी उजुरी परेपछि मात्र त्यस्तो सम्पत्ति विवादित सम्पत्ति मानिने हुन्छ । सम्पत्तिको स्रोत खुलेको नखुलेको भन्ने कुरा विवादको रोहमा अदालतको अन्तिम निर्णयले ठहर हुने कुरा भएको हुँदा विवाद पर्नुअघि जसको नाममा उक्त सम्पत्ति रहेको छ कानूनीरूपमा उक्त सम्पत्ति उसैको हुनेमा विवाद रहँदैन र त्यस्तो सम्पत्तिबाट बढे बढाएको सम्पत्ति पनि त्यस्तो व्यक्तिको आम्दानीको स्रोत बन्नै नसक्ने भन्ने हुँदैन । तर आधारभूत सम्पत्तिको स्रोत पुष्टि गर्न सकेको अवस्था भने हुनैपर्ने । (प्रकरण नं.५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् सह न्यायाधिवक्ता गोपीचन्द्र भट्टराई प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र हरिकृष्ण कार्की तथा विद्वान् अधिवक्ताहरू चुडामणि आचार्य र रामप्रसाद भण्डारी अवलम्बित नजिर : ने.का.प. २०६७, अङ्क १२, नि.नं. ८५१९, पृष्ठ २००७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्या. श्री गौरीबहादुर कार्की –अध्यक्ष मा. न्या. श्री ओमप्रकाश मिश्र –सदस्य फैसला न्या. दीपकराज जोशी : विशेष अदालत ऐन, २०५९ को दफा १७बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : स्वास्थ्य मन्त्रालयअन्तर्गतको विस्तारित खोप आयोजनाको लागि मित्रराष्ट्र एवम् सङ्घ संस्थाहरूबाट प्राप्त रकम लेखा अधिकृत बद्रीनाथ श्रेष्ठसमेतले भ्रष्टाचार गरी उच्चस्तरको जीवनयापन गरेकाले कारवाही गरिपाउँ भनी द.नं.९६२० मिति २०६९।०९।२९ को उजुरी र सम्पत्ति न्यायिक जाँचबुझ आयोगबाट बद्रीनाथ श्रेष्ठले पेस गरेअनुसार निजको नाममा रहे भएका कूल रू.५८,७६,७५०।– बराबरका सम्पत्तिमध्ये रू.१६,८५,८०७।– बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको भन्ने प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त भई प्रारम्भिक अनुसन्धानको क्रममा बद्रीनाथ श्रेष्ठको विगत तथा वर्तमानको आर्थिक हैसियत र पारिवारिक पृष्ठभूमि, निज कार्यरत् क