निर्णय नं. ९४५० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४५० - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७२/०२/०५ ३७६८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।२।५।३ ०६८–CR-०७९३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादी : प्रेमबहादुर धामीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला बझाङ, कडेल गा.वि.स.वडा नं.५ बस्ने शिवराज उपाध्यायसमेत पोस्टमार्टम रिपोर्टमा Asphyxial Death due to Strangulation भन्ने उल्लेख भए पनि शरीरमा सङ्घर्षका चिन्ह एवम् घटनास्थल विवरणमा कुनै पनि शङ्कास्पद स्थिति नदेखिएको अवस्थामा कुटपिटसम्मको वारदातको प्रकृति र पोस्टमार्टम रिपोर्टबिचको तादात्म्यता देखिँदैन । कुटपिटको वारदातमा लागेको चोटको कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको भन्ने पोस्टमार्टम रिपोट पनि नहुँदा यी प्रतिवादीलाई मृतकको मृत्युको लागि जिम्मेवार ठहराउनु कानूनसङ्गत नदेखिने । स्कुलबाट फर्केकी छोरीले घरभित्र पसेपछि मृतकलाई झुन्डिएको देखी एक्कासी चिच्याएपछि मात्र घटनाको बारेमा थाहा जानकारी पाएका प्रतिवादीले मृतकलाई बाँच्छ कि भनी प्रयासस्वरूप मृतकको घाँटीमा रहेको पासो काट्ने कार्यलाई आफैँमा अपराध भन्न मिल्ने हुँदैन । प्रतिवादीहरूले मृतकलाई मार्नुपर्नेसम्मको पूर्व रिसइबी थियो भन्ने कुरा अनुसन्धानको क्रममा कहीँ कतै केही पनि नदेखिएको अवस्थामा त्यति नै कारणले मात्र निज प्रतिवादीहरू दोषी रहेछन् भनी बिनासबुद प्रमाण भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे प्रत्यर्थी प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, कुटपिटको १३ नं. सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री पूर्णप्रसाद बास्तोला पुनरावेदन तहमा आदेश गर्ने : मा.मु.न्या. श्री दिपकराज जोशी मा.न्या. श्री वीर सिंह महरा फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :– मिति २०६५।४।२९ गतेको दिउँसो ११ बजेको समयमा मेरो दाजु यज्ञ धामी र प्रतिवादी शिवराज उपाध्यायबिच उपस्वास्थ्य चौकी कडेलमा भनाबोल भएको अन्य मानिसहरूले सम्झाईबुझाई गरी दुवैजनालाई आ-आफ्नो घरतर्फ पठाएकामा घर जाने क्रममा झडोखेल्ना भन्ने स्थानमा निज दाजु यज्ञ धामी पुगिरहेको अवस्थामा प्रतिवादी शिवराज उपाध्याय पनि आफ्नो घरबाट सोही स्थानमा आई शत्रूका सन्तान तँलाई पहिलेदेखि नै खोजेको थिएँ, बल्ल फेला परिस् तँलाई यसभन्दा पहिलेदेखि सिध्याउने विचार थियो भन्दै विभिन्न अश्लिल शब्द प्रयोग गरी कठालोमा समाती हातमा ढुङ्गा लिई दाजुको शरीरको विभिन्न अङ्गमा कुटपिट गरेको, टाउको नाक मुखसमेतमा कुटपिट गरी लछारपछार गर्दा निज दाजुले गुहार मागेपछि रामबहादुर धामीले पञ्जाबाट छुट्टयाई शरीरमा घाउ खत निलडाम नाक, मुखबाट रगत बगिरहेको अवस्थामा अन्य मानिसहरूले बोकी घरमा ल्याएको र घरमा पुगिसकेपछि कुटपिटको कारणले गर्दा निज दाजु यज्ञ धामीको मृत्यु भएको हुँदा सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त । बझाङ जिल्ला, कडेल गा.वि.स. वडा नं.५ स्थित पूर्व शिवराज उपाध्यायको घर, पश्चिम नैनबहादुर सिंहको खेतबारी, उत्तर हरि धामीको खेत र दक्षिण कोटसैन गाउँ यति चार किल्लाभित्र कडेल उपस्वास्थ्य चौकीको भवन, उक्त भ