निर्णय नं. ९४५३ - लागु औषध खैरो हेरोइन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४५३ - लागु औषध खैरो हेरोइन भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७२/०३/२८ ३९५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।३।२८।२ ०६७-CR-०९०७ मुद्दा : लागु औषध खैरो हेरोइन । पुनरावेदक/प्रतिवादी : गोरखा जिल्ला सिर्दिवास गा.वि.स. वडा नं. ८ फिलिम गाउ घर भै हाल केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेको रामबहादुर गुरूङ विरूद्ध प्रत्यर्थी/वादी : प्र.ना.नि.श्रीकृष्ण मानन्धरसमेतको जाहेरीले नेपाल सरकार बरामद भएको लागु औषध तह तह हुदै आइतराम तामाङसम्म पुगेको र पुनरावेदक यी प्रतिवादीसमेतले सो लागु औषध बिक्री गर्ने योजना बनाई आपराधिक लाभ लिने उद्देश्यले शुत्रबद्ध कार्य (Chain of conduct) गरेको पुष्टि हुन आउने । (प्रकरण नं. ४) सङ्गठितरूपमा गरिने अपराधमा को कसको साथबाट बरामद भएको भन्ने कुराले त्यति महत्त्व राख्दैन । २ वा २ भन्दा बढी व्यक्तिहरूको व्यक्तिगत सम्बन्धका आधारमा श्रेणीबद्धरूपले अपराधमा संलग्न भई यस्ता अपराध हुने गर्दछन् । आपराधिक कार्यमा संलग्न भएका व्यक्तिहरूको मुनाफा आर्जन गर्ने वा प्रतिफल प्राप्त गर्ने सामूहिक उद्देश्य रहन जान्छ । यस्तो प्रकृतिको अपराधबाट कुनै व्यक्ति प्रताडित (Victim) हुँदैन । साथ साथै यस्ता प्रकृतिका अपराधहरू कसैलाई क्षति पुर्‍याउने वा हानी नोक्सानी गर्ने उद्देश्यभन्दा पनि आपराधिक लाभ प्राप्त गर्ने योजनासाथ सम्पन्न भएका हुन्छन । लागु औषधको ओसारपसार र कारोबार कुनै एक व्यक्ति विशेषको प्रयासबाट मात्र सम्पन्न हुने नभई लागु औषध सञ्चयकर्ता, खरिदकर्ता, ओसारपसार गर्ने र बिक्री वितरणको व्यवस्था मिलाउने व्यक्तिसम्मको सङ्गठित समूहबाट सम्पन्न हुने गर्दछ । यस्ता किसिमका अपराधबाट प्रयाप्त मुनाफा प्राप्त गर्न सकिने भएको हुनाले प्राय सङ्गठित अपराधिक समूहले यस्तो प्रकृतिको अपराध गरी रहेका हुने । (प्रकरण नं. ४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक कानून व्यवसायी नारायणप्रसाद देवकोटा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री लेखनाथ घिमिरे पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री मोहनप्रसाद घिमिरे मा.न्या. श्री डा. आनन्दमोहन भट्टराई फैसला न्या. गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ । का.जि. गोंगबु गा.वि.स. वडा नं. ८ स्थित महादेवटारमा आइतराम तामाङ र हरिकृष्ण राना बसेको डेरा कोठाबाट अवैध लागु औषध सेतो हेरोइन १६८ ग्राम फेला परी सो फेला परेको ला.औ.कानूनबमोजिम बरामद भै सो बरामद लागु औषध सेतो हेरोइन लुकाई सञ्चय गरी राख्ने आइतराम तामाङ र हरिकृष्ण रानासमेतका जना दुई पक्राउमा परेको ठिक साँचो हो भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का । पक्राउमा परेको आइतराम तामाङ, हरिकृष्ण राना र रामबहादुर गुरूङसमेतका जना ३ र बरामद लागु औषध सेतो हेरोइन १६८ ग्राम, निजहरूको सँग साथबाट बरामद भएको मोबाइल र नागरिकताहरूसमेत यसै साथ दाखिला गर्न ल्याएका छौं । निज पक्राउमा परेका व्यक्तिहरूले उक्त बरामद लागु औषध सेतो हेरोइन के-कहाँबाट को-को भई के कसरी ल्याई आफू बसेको डेरा कोठामा सञ्चय गरी राखेका हुन् । निजहरूबाट खुलाई लागु औषध नियन्त्रण ऐनअनुसार कारवाही गरिपाउँ भन्ने प्रहरी प्रतिव