निर्णय नं. ९४५५ - अवैध रक्तचन्दन ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४५५ - अवैध रक्तचन्दन ओसारपसार भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०९/१६ ४२०९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।९।१६।४ मुद्दा : अवैध रक्तचन्दन ओसारपसार । ०६७-CR-०२७१ पुनरावेदक / प्रतिवादी : रसुवा जिल्ला डाडागाउँ गा.वि.स. वडा नं.१ बस्ने होमनाथ अधिकारी विरूद्ध विपक्षी / वादी : प्रेमप्रसाद सापकोटाको जाहेरीले नेपाल सरकार ०६७-CR-०५४२ पुनरावेदक / प्रतिवादी : रसुवा जिल्ला गोल्जुङ गा.वि.स. वडा नं.७ बस्ने मिलन तामाङ विरूद्ध पुनरावेदक / वादी : प्रेमप्रसाद सापकोटाको जाहेरीले नेपाल सरकार ०६८-CR-०१४७ पुनरावेदक / वादी : प्रेमप्रसाद सापकोटासमेतको प्रतिवेदनले नेपाल सरकार विरूद्ध विपक्षी : रसुवा जिल्ला गोल्जुङ गा.वि.स.वडा नं.७ बस्ने मिलाई तामाङसमेत । प्रतिवादीको घर गोठ कम्पाउन्डभित्रबाट रक्तचन्दन बरामद भएको नभई प्रतिवादीको जग्गाबाट बरामद हुँदैमा त्यसैका आधारबाट जग्गाधनीलाई दोषी भन्न न्यायोचित हुँदैन । अपितु, सो जग्गामा राख्ने जग्गाधनीको सहमति छ वा छैन भनी खोजिनु पर्ने । (प्रकरण नं. ३) कसैबाट कुनै अवैध सामग्री बरामद भएमा थाहा नपाएर राख्ने काम गरेको हो भने पनि कसुरबाट सहजरूपमा छुटकारा मिल्ने हुँदैन । थाहा पाएर गरे पनि थाहा नपाएर गरे पनि कसुर त कसुर नै हुन्छ । अन्यथा जिकिर लिने हो भने सो प्रमाणित गर्ने भार प्रतिवादीमै रहन्छ । थाहा नपाएको तथ्यको जिकिरले मात्र निर्दोषिता साबित गर्न पर्याप्त हुँदैन, तसर्थ कुनै तथ्यको गलत बुझाइबाट आफूसँग अवैध सामग्री रहन गएको हो भन्दैमा निर्दोष भनी मानिँदैन । अपितु निर्दोष भएको प्रमाण प्रतिवादीले दिनुपर्ने हुन्छ । त्यस्तो कुनै प्रमाण प्रतिवादीहरूबाट आउन सकेको देखिँदैन । पुनश्च: रक्तचन्दन स्वाभाविक रूपमा बाहिर देखिने गरी राखेको नभई जमिनमा खनी खाल्टोमा गाडेको तथ्यबाट प्रतिवादीहरूले गरेको कार्य लुकाए छिपाएको देखिई प्रतिवादीहरूको नियत सफा रहेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. ४) कुनै वस्तु बरामद भएको हो होइन भन्ने कुरा प्रमाणित गर्नु पर्दा बरामदी मुचुल्काको प्रसङ्ग आउँछ । बरामदी मुचुल्का बरामदी भएको तथ्यलाई साबित गर्नको लागि बनेको प्रमाण हो । बरामद भएको तथ्यमा विवाद भएको अवस्थामा बरामदी मुचुल्काको सत्यता जाँचिने हुँदा बरामदी मुचुल्का तयार हुँदा रित बेरीत के भयो भनी हेरिने अवस्था आउन सक्दछ । बरामदी भएको तथ्यमा विवाद नै नरही स्थापित भइसकेको अवस्थामा बरामदी मुचुल्काको रित, बेरीत र मूल्याङ्कन गर्नु पर्ने कुनै अवश्यकता नै पर्दैन । तसर्थ बरामदी मुचुल्काको रित बेरीतको प्रश्न उठाएको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. ५) बरामद भएको रक्त चन्दन (Petrocarpus santilinus) वन पैदावारबाट हो भन्ने तथ्यमा पनि विवाद हुन सक्ने देखिन आएन । रक्तचन्दन वन पैदावार भएको र पुनरावेदक प्रतिवादीहरूले राखेको राख्न लगाएको तथ्य स्थापित भइसकेको स्थितिमा निजहरूले वन पैदावार ओसारपसार गरेका हुन् भनी मान्नु पर्ने देखिने । (प्रकरण नं. ६) Convention on International Trade in Endangered species of Wild Funa and Flora (CITES) को धारा II को उपधारा ४ ले “The parties shall not allow trade in specimens of species including in Appendices I, II and III except in accordance with the provision of the present convention.” भन्ने कुरा उल्लेख गरेको हुँदा पनि नेप