निर्णय नं. ९४५६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४५६ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/१२/१९ ५३५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।१२।१९।५ ०६९-WO-१११९ मुद्दाः उत्प्रेषण / परमादेश पुनरावेदक/निवेदक : जिल्ला पाँचथर चोक्मागु गा.वि.स. वडा नं. ३ बस्ने लालबहादुर लिम्बुको छोरा वर्ष ३३ को डिकबहादुर लिम्बू विरूद्ध विपक्षी/प्रत्यर्थी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १४ तिखिदेवलस्थित श्री पाथीभरा बचत तथा ऋण सहकारी संस्था लि.समेत स्वशासित संगठित संस्थाहरू कानूनी व्यक्तिको रूपमा रहेका हुन्छन् । यिनीहरू आफ्नो विनियमअनुसार कार्य गर्न स्वतन्त्र रहेका हुन्छन् । यस्ता स्वतन्त्र संगठित संस्थाहरूले कुनै अर्को व्यक्तिलाई मुद्दा चलाउने र यस्ता व्यक्तिहरूलाई कसैले विपक्षी बनाई मुद्दा दायर गर्न सक्ने अधिकार राख्दछन् । निवेदकले सहकारी संस्थाबाट कागज गरी कर्जा लिएको कुरा स्वीकार गरेको देखिएको, केहि ऋण चुक्ता गरिसकेको र मेरो ठग्ने भाग्ने उम्कने गलत नियत थिएन भनी उल्लेख गरे देखिए पनि समयमै ऋण चुक्ता नगरेकाले ऋण असुलीको लागि आफ्नो विनियममा भएको व्यवस्थाबमोजिम पत्राचार गर्नु कानूनी व्यक्तिको रूपमा रहेको विपक्षी सहकारी संस्थाको कानूनी कर्तव्य नै रहेको देखिन आउने । समयमा रकम बुझाउन नल्याएपछि बिर्सेर बुझाउन पत्राचार गरेकामा निवेदक आफ्नो कर्तव्यलाई बिर्सेररिट क्षेत्रको अवलम्बन गर्न खोज्नु आफैँमा सफा नियत नदेखिने । (प्रकरण नं. २) समान उद्देश्य, आकाङ्क्षा र आवश्यकता भएका व्यक्तिहरू एक आपसमा सामूहिक हितलाई प्रबर्धन गर्न सामूहिकरूपमा ति उद्देश्य पुरा गर्न सामाञ्जस्य स्थापना गरि सामूहिक भलाईका लागि पारस्परिक सहयोगबाट काम गर्ने प्रतिबद्धता जनाई निर्धारित उद्देश्य हासिल गर्न संलग्न व्यक्तिहरूको समूहलाई सहकारी संस्था भनिन्छ । यसको उद्देश्य समुदायमा छरिएर रहेको श्रम, सिप, प्रविधि, र पुँजीलाई एकत्रित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन तथा सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण गरी सम्बृद्ध समाजको निर्माण गर्न सहकारी संघ संस्थाहरू सशक्त माध्यमको रूपमा स्थापित भएका हुन्छन् । सानोतिनो आर्थिक क्षमतालाई एकिकृत गरी सामूहिक प्रयासद्धारा कृषि विकास, घरेलु विकास, घरेलु इलम र उद्योग धन्दाहरूको प्रबर्धन एवम् सामुदायिक सेवाहरूको विस्तार र परिचालन गरी सहकारी क्षेत्रले राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छ । सामूहिकरूपमा व्यक्तिहरू संलग्न भई स्थापित हुने यस्ता संगठनमा पूर्णतः प्रजातान्त्रिक विधिको अवलम्बन गरिने । (प्रकरण नं. ३) सहकारी एकका लागि सबै र सबैका लागि एक भन्ने मूल मन्त्रमा आधारित रहि संस्थामा आबद्धता जनाउने सम्पूर्ण सदस्यहरूको हितमा केन्द्रित हुने व्यवसाय हो । समाजका हरेक सदस्यलाई असल र योग्य नागरिक बनाई समाजलाई नै परिवर्तन गर्ने सहकारीताको लक्ष्य हो । यसका आफ्नै नैतिक मूल्यहरू हुन्छन् । इमान्दारी, पारदर्शिता र खुलापन, सामाजिक उत्तरदायित्व र अरूको हेरचाह जस्ता विषयहरू सहकारीका नैतिक मूल्यहरू हुन् । सहकारी संस्थाहरूमा नैतिक मूल्य र मान्यता हराउँदै गयो भने समाजको सानो सानो पुँजीलाई एकिकृत गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने सहकारीको आदर्श नै हराएर जाने । (प्रकरण नं. ३) शुद्ध आत्मा र सफा हात रिटका पूर्व सर्त हुन् । आफूउपरको निर्दोषिता प्रकट गर्ने सक्षम अदालतप्र