निर्णय नं. ४२८५ - हक कायम निर्णय दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२८५ - हक कायम निर्णय दर्ता बदर भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०३/२६ २४३० निर्णय नं. ४२८५ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको दे.पु.नं. ५०५ फैसला भएको मिति: २०४८।३।२६ मा पुनरावेदक/वादी : जि.गोरखा नारेश्वर गा.पं. वडा नं. ५ बस्ने कृष्णभक्त उपाध्यायसमेत विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि.गोरखा नारेश्वर गा.पं. वडा नं. ५ बस्ने बसन्तराज शाह मुद्दा : हक कायम निर्णय दर्ता बदर (१) आफ्नो जग्गामा रहेको स्वकीय स्वामित्वलाई समाप्त गर्ने हेतुले हकदैया नै नभएको व्यक्तिले जालसाजी पूर्वक रसिद खडा गरी चुनौति दिई आफ्नो स्वामित्व स्थापित गर्ने प्रयत्न गर्दछ भने त्यस्तो जग्गामा पूर्व स्वामित्व भएको व्यक्ति त्यसै निस्कृय बस्नु हुँदैन । आफूलाई प्रतिकूल असर पर्ने भए कानुन बमोजिम सो बदर गराउनेतर्फ प्रयास गर्नु पर्ने । (प्रकरण नं. १३) (२) अदालतले विवादको जग्गाको सम्बन्धमा पेश भएको रसिदहरुलाई जालसाज होइन भनी बोलेपछि त्यसमा चित्त नबुझ्ने पक्षले पुनरावेदनको माध्यमद्वारा माथिल्ला अदालतको ढोका घच्घच्याउन जानु पर्ने । (प्रकरण नं. १३) (३) तत्कालिन मुलुकी ऐनको साहू असामीको महलको दफा ३४ नं. मा भोगबन्धकीको (साविक पेज नं. १७७) लिखित कागज दोहोरो हुनु पर्ने । (प्रकरण नं. १३) (४) वादीको नामबाटै विवादको जग्गाको तिरो तिरान भई भोग वादीबाटै भएको देखिन्छ भने त्यस्तो जग्गामा प्रतिवादीको हक कायम छ भन्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री युवराज संग्रौला फैसला न्या.त्रिलोकप्रताप राणा १. प.क्षे.अ.को फैसला उपर चित्त नबुझी न्याय प्र.सु. ऐन, २०३१ तथा सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. हाम्रा बाबु बाजे लिलाधर पाध्याले विपक्षीको बाबु मु.गिरीराजबाट १९९६ साल चैत्र १५ गते रोज ४ का दिन खडगबहादुरको शिवालय गुठी देखि पश्चिम घले नेवारको खेत देखि पूर्व गुरुदत्तको बिर्ता छेरुवा खेत देखि दक्षिण दरौदी बगर देखि उत्तर यति ४ किल्ला भित्रको बाँझो पर्ति भन्ने माटो मुरी १८ हाम्रा बाबु बाजे लिलाधरले रु. ८०।– मा राजीनामा गरी लिई १९९७ देखि २०३९ सालसम्म अविछिन्न भोग गरी आएको यस्तो जग्गा नापीमा नाम लेखाउनु भएछ । नापी टोलीमा उजूर दिएको हाम्रो ६ अंशियारले भोगी आएको जग्गा हो । कि.नं. १०५३ को जग्गा विपक्षीको होइन । हामीहरुको कि.नं. १०५३ को जग्गा विपक्षीको नाउँमा अस्थायी दर्ता गर्ने गरेको ०३९।४।८ को निर्णय पर्चा बदर गरी हामीहरुका हक कायम गरी हामीहरुको नाममा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०३६।८।१८।६ को इश्वरीप्रसाद समेत ६ जनाको फिराद दावी रहेछ । ३. पिता गिरीराजका नाउँमा १९९५ सालमा दर्ता भएको बाझो पर्ती खेत मुरी ।१८ मेरा पिता गिरीराजले वादी मध्येको इश्वरीप्रसादलाई मो.रु. ५०।– मा १९९८ सालको बालीलाई रुपैयाँ नबुझाएमा तिरो बन्धकीवालाले नै बुझाउने गरी १९९७।१०।२४ गते भोगबन्धकीको घरसारको लिखत गरी दिनु भएको रहेछ । त्यस अवस्थामा दोहोरी लिने चलन नभएकोले छैन । सो खेतलाई लागेको तिरो बन्धकी तिरो वादी इश्वरीप्रसादले बुझाएको होला । भू.सु. ७ नं. फाराममा लेखाई देखाई गर्दा म शाही सेना, विराटनगर व्यारेकमा रहेको बखत भएकोले नगरे तापनि त्यतिकै मेरो ह