निर्णय नं. ९४५७ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४५७ - सवारी ज्यान भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७२/०२/०१ ११२६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।२।१८।५ ०६८-CR-०१९७ मुद्दाः सवारी ज्यान पुनरावेदक/वादी : राजकुमार शाहीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : मकवानपुर जिल्ला, पदमपोखरी गाउँ विकास समिति वडा नं. ५ बस्ने गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चन दुर्घटना भएको मोटर साइकलमा मृतक र आरोपित सबै सवार रहेकामा दुर्घटनाबाट उक्त मोटरसाइकल सवार व्यक्तिहरूको नै मृत्यु भएको देखिँदा दुर्घटनामा आरोपित प्रतिवादी वीरबहादुरको समेत मृत्यु हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । दुर्घटना हुनुपूर्व अनुमान गर्न नसकिने र दुर्घटना भएको अवस्थामासमेत त्यसका चालक आरोपित व्यक्तिकोसमेत मृत्यु हुन सक्ने अवस्थामा ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुराको पूर्वजानकारी प्रतिवादीलाई भएको भन्ने मानी लापरवाहीपूर्वक सवारी चलाएको भनी अनुमान गर्न मिल्ने नदेखिने । (प्रकरण नं.२) मोटरसाइकल दुर्घटना हुनुमा प्रतिवादीले जानाजान लापरवाही गरी सवारी चलाएको भन्ने देखिँदैन । दुर्घटना भएको सवारी साधनको चालक भएको कारणलेमात्र निजको लापरवाही स्थापित हुन सक्दैन, स्वतन्त्र प्रमाणहरूबाट लापरवाही गरी सवारी चलाएको तथ्य पुष्टी हुनुपर्दछ । सवारी चलाउँदाका बखत पर्याप्त सावधानी अपनाए तापनि आकस्मिकरूपमा उत्पन्न भएको कुनै कारणबाट सवारी दुर्घटना हुन जान्छ भने त्यसलाई लापरवाही अथवा जानाजान गरिएको कार्य भनी नामकरण गर्नु उचित नदेखिने । (प्रकरण नं.२) मोटरसाइकल दुर्घटना भई पैदलयात्रू तथा अन्य तेस्रो पक्षको मृत्यु हुन गएको नभई मोटरसाइकलमै सवार व्यक्तिको नै मृत्यु भएको प्रस्तुत दुर्घटनालाई पूर्वानुमानयोग्य लापरवाहीपूर्ण कार्य मान्न सकिँदैन । व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुने सवारी साधन मोटरसाइकल चलाउँदा अन्य सवारी साधन चलाउँदा जस्तो तेस्रो पक्षको ज्यान जान सक्ने जोखिम कम हुने हुँदा मोटरसाइकल दुर्घटना भई कायम हुन आएको वारदातलाई अन्य सवारी दुर्घटना भै उत्पन्न हुने परिणामसँग तुलना गर्नु उपयुक्त नदेखिने । (प्रकरण नं.३) नागरिकको सेवा सुविधाका लागि सञ्चालन हुने सार्वजनिक सवारी साधन र व्यक्तिले नितान्तरूपमा आफ्नो व्यक्तिगत प्रयोजनको लागि चलाउने मोटरसाइकलको दुर्घटनाबाट उत्पन्न हुने जोखिम एकै प्रकृतिको हुन सक्दैन । सार्वजनिक सवारी दुर्घटना हुँदा सवारी साधनभित्र रहेका तथा सडक छेउमा रहेका धेरै मानिसहरूको ज्यान जाने जोखिम हुन्छ भने मोटरसाइकल दुर्घटनाबाट सीमित सङ्ख्यामा मानिस हताहत हुने सम्भावना रहन्छ । यसरी फरक किसिमका सवारी साधनको दुर्घटना हुँदा त्यसबाट उत्पन्न हुने जोखिम पनि सोहीअनुसार नै घटी बढी हुने हुँदा लापरवाहीको मापन पनि सोही अनुसार गर्नुपर्ने हुन्छ । सबै किसिमको सवारी दुर्घटनामा एउटै मापदण्ड अवलम्बन गरिनु न्यायोचित नदेखिने । (प्रकरण नं.३) पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ सह-न्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२),(३) सुरू तहमा फैसला गर्नेः मा.जि.न्या. श्री बालचन्द्र शर्मा पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री बमकुमार श्रेष्ठ मा. न्या. श्री विदूरविक्रम थापा फैसला न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, ह