निर्णय नं. ९४५८ - सेवाबाट हटाएको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४५८ - सेवाबाट हटाएको भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७२/०५/१० ४३८० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।५।१०।५ ०६९-MS-००१७ मुद्दा : सेवाबाट हटाएको पुनरावेदक/प्रतिवादी : पर्सा जिल्ला, हरपतगञ्ज गा.वि.स. वडा नं.९ स्थायी घर भई हाल जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुरअन्तर्गत जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत्‌ योगेन्द्र गिरी विरूद्ध प्रत्यर्थी/वादी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत प्रशासकीय कानूनको आधारभूत सिद्धान्तअनुसार विधायिकाले कानूनद्वारा स्पष्टरूपमा अधिकार नदिएसम्म कुनै पनि निकाय वा अधिकारीले कुनै काम गर्न सक्दैन र गरेमा पनि अधिकारक्षेत्रात्मक त्रुटि हुन्छ । अधिकारक्षेत्रसम्बन्धी सिद्धान्तको प्रतिकूल निर्णय गरेमा त्यस्तो निर्णय बदरभागी हुन्छ भन्ने कानून र न्यायको सर्वमान्य सिद्धान्त रहेको छ । न्यायको मान्य सिद्धान्तअनुसार अधिकार नभएको व्यक्तिले अधिकारक्षेत्र ग्रहण गरी वा अधिकारक्षेत्र भए पनि अधिकारक्षेत्रको सीमा नाघी कार्य गरेमा त्यस्तो निर्णय अमान्य र बदर हुने । मुलुकी ऐन अ.बं. को ३५ नं. अनुसार "गैह्र अड्डाले कानूनबमोजिम आफूले हेर्न हुने मुद्दाबाहेक अरू मुद्दा हेर्न हुँदैन । हेरे छिनेको भए पनि बदर हुन्छ" भनी कुनै पनि निकाय वा अधिकारीले कानूनले तोकेभन्दा बाहिर गएर अधिकारक्षेत्र ग्रहण गर्न नसक्ने अधिकारक्षेत्रसम्बन्धी सिद्धान्तलाई आत्मसात् गरेको पाइने । अधिकारक्षेत्रको त्रुटि हुने अवस्थाहरूमा अधिकार नै नभएको निकाय वा व्यक्तिले अधिकार प्रयोग गर्नु वा अधिकार भएको व्यक्ति वा निकायले कानूनले तोकेकोभन्दा बढी अधिकार प्रयोग गर्नु वा अधिकारको सीमाभन्दा बाहिर गएर कार्य गर्नु जस्ता कुराहरू पर्ने । अधिकारक्षेत्रको प्रश्न मुद्दाको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले नै निर्णयकर्ताले निर्क्यौल गर्नु पर्ने विषय हो । उल्लिखित सिद्धान्त तथा कानूनी व्यवस्थासमेतको आधारमा प्रस्तुत मुद्दामा स्वास्थ्य सेवा विभागका का.मु. महानिर्देशकले कानूनले नतोकेको र आफूमा नभएको अधिकार प्रयोग गरी पुनरावेदकलाई विभागीय सजाय गरी अधिकारक्षेत्रात्मक त्रुटि गरेको देखिने । (प्रकरण नं. ४) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती तथा अधिवक्ता बाबुराम दाहाल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता टेकेन्द्र दाहाल अवलम्बित नजिर : २०६४ सालको रिट नं. ०२७५, निर्णय मिति २०६५।८।४ २०६४ सालको रिट नं. ०१५४, निर्णय मिति २०६५।८।४ ने.का.प. निर्णय नं. ८४४८, २०६७ अङ्क ८ सम्बद्ध कानून : नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २(घ), ४, ११(१), ७४(१)(ज), ७५(१), ७७, ९० नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५, नियम ७ को अनुसूची ३ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को तेस्रो संशोधन, २०६३ प्रशासकीय अदालत नियमावली, २०५१ को नियम ५(४) सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ५(१)(क) मुलुकी ऐन अ.बं. को ३५ नं., ८५ नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(६) सुरू निर्णय गर्ने निकाय: स्वास्थ्य सेवा विभाग सुरू निर्णय गर्ने: का.मु. महानिर्देशक श्री गोविन्दप्रसाद ओझा फैसला न्या. ओमप्रकाश मिश्र : प्रशासकीय अदालतबाट मिति २०६८।५।१९ मा रायबाझी फैसला भई प्रशासकीय अदालत नियमावली, २०५१ को नियम ५ को उपनियम ४ बमोजिम यस अदालतमा साधक जाहेरी भएको मुद्दाम