निर्णय नं. ९४६० - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४६० - मोही नामसारी भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०८/१९ २५३७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।८।१९।६ ०६८-CI-११३६ मुद्दा : मोही नामसारी पुनरावेदक/प्रतिवादी : जिल्ला बारा, गा.वि.स. अमरपट्टी वडा नं. ८ बस्ने लक्ष्मी राउत अहिर विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला बारा, गा.वि.स. अमरपट्टी वडा नं. २ बस्ने तेतरी कनुईन मोही लागेको जग्गाको लगत र विवरण अद्यावधिक राख्ने आधिकारिक निकाय भूमिसुधार कार्यालय हो । भूमिसुधार कार्यालयको रेकर्डमा नै मोही लगत कट्टा भएको भन्ने कुरा नदेखिएको अवस्थामा त्यस्तो मोहीको लगत कट्टा भई सकेको भनी अदालतले अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ३) प्रत्यर्थीको पतिको मोही लगत कट्टा भइसकेको भन्ने जिकिर लिने पुनरावेदक प्रतिवादीले नै सो कुराको तथ्ययुक्त प्रमाण पेस गरी आफ्नो दाबी पुष्टि गराउनु पर्ने हुन्छ । मोहीको लगत कट्टा गर्ने अधिकारप्राप्त निकाय भूमिसुधार कार्यालय भएको सन्दर्भमा मालपोत कार्यालयको स्रेस्तामा मोहीको लगत कट्टा भएको कैफियत जनिएको भन्ने मात्र जिकिरले मोही लगत कट्टा भएको मान्न मिल्ने नहुने । (प्रकरण नं. ४) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता मनमोहन तिमिल्सिना प्रत्यर्थी/वादीका तर्फबाट : सुरू फैसला गर्ने भूमिसुधार अधिकार : श्री पुष्कलकुमार थापा पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री बमकुमार श्रेष्ठ मा.न्या. श्री सारंगा सुवेदी फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।७।६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः- जिल्ला बारा, गा.वि.स. अमरपट्टी वडा नं. १ कि.नं. १७८ ज.वि. २-४-० को साबिक जग्गाधनी रामादेवी (गुरागाई) उपाध्याय र मेरो पति भोथी साह कानु दर्तावाला मोही भई जग्गा जोती कमाई मोहीको दायित्व पुरा गर्दै आउनु भएको थियो । उक्त कि.नं. १७८ को ज.वि. २-४-० मध्ये ज.वि. १-०-० जग्गा साबिक जग्गाधनी रामादेवीले अमिन मियाँलाई बिक्री गर्नु हुँदा उक्त कि.नं. १७८ कि.का. भई कि.नं. २०८ मा ज.वि. १-०-० र कि.नं. २०९ मा ज.वि. १-४-० कायम भै कि.नं. २०८ को ज.वि. १-०-० अमिन मियाँको नाउँमा कायम भएको थियो । अमिन मियाँको मृत्युपछि निजका छोराहरू संसुदिन मियाँ धुनिया र सर्फुदिन मियाँ धुनियाले संयुक्तरूपमा नामसारी गराई लक्ष्मी राउत अहिरलाई बिक्री गरी दिनुभएको हुँदा हाल जग्गाधनी लक्ष्मी राउत हुनुहुन्छ । मोही मेरा पति भोथी साह कानु २०३५ सालमा आफ्नो कालगतिले परलोक हुनु भएको र मोहीको हकदारहरू छोरा हरिशचन्द्र साह कानु, हरिहर साह कानु र पत्नी म तेतरी कनुईनले सो जग्गा जोती कमाई मोहीको दायित्व पुरा गरी आएका छौं । मोहीको जग्गा कि.का. भै अलगअलग व्यक्ति जग्गाधनी भए पनि मोहीयानी हकमा कुनै असर नपर्ने हुँदा साबिक कि.नं. १७८ कित्ताकाट भई कायमी कि.न. २०८ को ज.वि. १-०-० जग्गाको मोहीयानी हक छोरा हरिहर साह कानु र हरिशचन्द्र साह कानुको मन्जुरीनामाअनुसार मेरा नाउँमा मोही नामसारी गरी मोहीयानी हकको प्रमाणपत्र पाउँ भन्नेसमेत व्यहोराको वादी तेतरी कनुईनको मिति २०६६।३।३० को निवेदन पत्र । साबिक कि.नं. १७८ को जग्गा कि.का. भई कायम कि.नं. २०८ को ज.वि. १-०