निर्णय नं. ९४६१ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४६१ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको । भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/०६/२४ ७८०९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७२।६।२४।१ मुद्दा: गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको । ०६६-CR-०३२३ पुनरावेदक/वादी : अनुसन्धान अधिकृत मोहनप्रसाद बन्जाडेको प्रतिवदेनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ५ मालिगाउँ बस्ने अर्थ मन्त्रालयका उपसचिव ईश्वरप्रसाद पोखरेलसमेत ०६६-CR-०३२४ पुनरावेदक/प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. ५ ऐ.ऐ. बस्ने उषा पोखरेल विरूद्ध प्रत्यर्थी/वादी : अनुसन्धान अधिकृत मोहनप्रसाद बन्जाडेको प्रतिवदेनले नेपाल सरकार ०६६-CR-०३२५ पुनरावेदक/प्रतिवादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ५ मालिगाउँ बस्ने किरण पोखरेलसमेत विरूद्ध प्रत्यर्थी/वादी : अनुसन्धान अधिकृत मोहनप्रसाद बन्जाडेको प्रतिवदेनले नेपाल सरकार ०६६-CR-०३२६ पुनरावेदक : सप्तरी जिल्ला, राजविराज न.पा. वडा नं. ४ बस्ने तेजप्रसाद पोखरेल विरूद्ध प्रत्यर्थी/वादी : अनुसन्धान अधिकृत मोहनप्रसाद बन्जाडेको प्रतिवदेनले नेपाल सरकार ०६६-CR-०३२७ पुनरावेदक/प्रतिवादी: काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ५ मालिगाउँ बस्ने अर्थ मन्त्रालयका उप-सचिव ईश्वरप्रसाद पोखरेल विरूद्ध प्रत्यर्थी/वादी : अनुसन्धान अधिकृत मोहनप्रसाद बन्जाडेको प्रतिवदेनले नेपाल सरकार लोडबेरिङ वाल सिस्टमको घर निर्माण लागतमा फ्रेम स्टक्चरको घरको निर्माण लागतमा जस्तो गरि ओभरहेड कस्ट र ठेक्का कर घटाउन मनासिब नहुने । (प्रकरण नं.१८) जाँच अवधिभित्र खरिद गरेको समय यकिन नभएको अवस्थामा २०५९ सालको बजार मूल्यको आधारमा मूल्य कायम गर्नु न्यायोचित हुन नसक्ने । (प्रकरण नं.२०) अचल सम्पत्तिको हक प्राप्त गर्ने प्राथमिक र विश्वसनीय आधारभूत प्रमाण आधिकारिक निकाय मालपोत कार्यालयबाट पारित रजिस्ट्रेसनको लिखत हो । सो लिखतमा लेखिएको व्यहोरा अन्यथा नभएसम्म मान्नु पर्ने हुने । (प्रकरण नं.२९) माग दाबी गर्दाको अवस्थामा तलबलाई स्वीकार गर्ने र पुनरावेदन तहमा आएर अस्वीकार गर्नु न्यायिक मूल्य र मान्यताको विपरीतसमेत हुने । (प्रकरण नं.३५) मोही लागेको जग्गामा भूमिसम्बन्धी ऐनले निर्धारण गरेबमोजिम कूत बाली पाउने कुरामा विवाद छैन । तसर्थ मोही लागेको जग्गामा कूतको आधारमा कृषि आय गणना गरिनु मनासिब नै हुने । (प्रकरण नं.५०) जग्गाको हैसियत सधै एकनासको हुँदैन । नयाँ नयाँ प्रविधि र सिँचाइ सुविधाको कारण कृषि प्रणालीमा सुधार हुँदै आएको र त्यस्ता जग्गाहरू साबिकको पटेर/पोखर र जङ्गल नै रहिरहने अवस्था हुँदैन । विकासको क्रममा कृषियोग्य जमिनमा परिणत हुँदै आएको पाइने । (प्रकरण नं.५२) छोरी चेलीले जन्मेदेखि नै माइती, मावली र अन्य आफन्तजनबाट कुनै समारोह, चाड पर्व, उत्सव, जन्मदिनसमेतका अवसरमा टीकाटालोबाट नगद पाउने गर्दछन् । त्यसरी पाएको नगद पाउने व्यक्तिको नै हुने भन्ने हाम्रो नेपाली समाजको विशिष्ट चरित्र हो । अतः सम्पत्तिको स्रोत खुलाउने दायित्व भएका पुनरावेदक प्रतिवादीले बयानमा रू. ७५,००० ।– टीकाटालोबापत प्राप्त गरेको भनि बयान गरेको देखिँदा विशेष अदालत, काठमाडौंले गरेको फैसला सो हदसम्म अन्यथा नदेखिँदा रू. ७५,०००।- प्रतिवादीको आयमा गणना हुन जाने । (प्रकरण नं.६०) वास्त