निर्णय नं. ९४६३ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४६३ - परमादेश भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/१२/२४ ३८४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोपाल पराजुली फैसला मिति : २०७१ ।१२ ।२४ ।३ ०६८-CI-००८२ मुद्दा : परमादेश पुनरावेदक/विपक्षी : सिद्धार्थ विकास बैङ्क लि. बुटवल ११ मिलनचोक रूपन्देही सिद्धार्थ डेभलपमेण्ट बैङ्क लि. केन्द्रीय कार्यालय, तीनकुने काठमाडौंको तर्फबाट अख्तियारीप्राप्त महाप्रबन्ध निर्देशक दिपेन्द्र कार्की विरूद्ध प्रत्यर्थी/निवेदक : श्री प्यूठान खैरा गाउँ विकास समिति वडा नं. ८ बस्ने गोपालबहादुर रोका मृत्यु भैसकेको व्यक्तिका नाउँको जग्गा रोक्का राख्न पठाउने लिखित जवाफ प्रस्तुतकर्ताले जग्गा कसको नाउँमा छ, उक्त जग्गा सुरक्षण (धितो) स्वरूप ग्रहण गर्न मिल्ने हो वा होइन हकवाला कति छन्, त्यस सम्बन्धमा केही नबुझी हकवालालाई सरोकार नै नराखी जग्गा रोक्का राख्न पठाएकोमा जग्गा रोक्का राखेको थाहा थियो भन्न मिल्दैन, भए त्यसको लिखितरूपमा पुष्टि गर्न सक्नु पर्छ, त्यस्तो भएको छैन । दा.खा. नामसारीका लागि मालपोत कार्यालय गएकोमा रोक्का रहेकाले हुन नसकेको भनी निवेदनमा उल्लेख गरेकै छ, गैरकानूनी तरिकाको आदेशले रोक्का रहेको जग्गा परमादेशको आदेशद्वारा फुकुवा हुने । (प्रकरण नं. ५) सम्पत्तिसम्बन्धी हक मौलिक हक हो । यसमा हकवालाले आफ्नो सम्पत्ति हक हस्तान्तरण गर्ने खरिद बिक्री गर्ने, उपभोग गर्ने कुरा व्यक्तिका संविधानले ग्यारेण्टी गरेका अधिकारहरू हुन् । आफ्नो नाममा कहिले जग्गा दाखिल खारेज नामसारी गर्ने भनी निवेदकहरूलाई विपक्षी बैङ्कले सिकाउने भन्ने होइन । सुरक्षण लिँदा कानूनसम्मत तरिकाले कानूनले लिन हुने सम्पत्ति कानूनको रित पुर्‍याई लिनुपर्ने हो, मनपरी तरिकाले लिन पाउने होइन । (प्रकरण नं. ६) पुनरावेदक/विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता गोपाल दत्त पाण्डेय प्रत्यर्थी/निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र पदमप्रसाद वैदिक अवलम्बित नजिर : ने.का.प. २०६७, अङ्क ८, नि.नं. ८४३९, पृष्ठ १३६४ सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.न्या. श्री भीमबहादुर बोहरा मा.न्या. श्री पवनकुमार शर्मा फैसला न्या. गोपाल पराजुली : पुनरावेदन अदालत, तुलसीपुर दाङको मिति २०६७।११।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : निवेदकका बाबु तथा ससुरा यमबहादुर रोकाको २०५६ मा तथा आमा सासु क्वारी देवी रोकाको २०५८।५।३१ मा मृत्यु भै निजका नजिकका हकवाला जेठो छोरा टिकाबहादुर रोका २०४२ मा मृत्यु भै निजकी श्रीमती रिमा रोका, माहिलो गोपाल रोका र कान्छो मीनबहादुर रोकाको २०६७।२।२४ मा मृत्यु भै निजकी श्रीमती मिना रोका भई हामीहरूबिच अंश बन्डा भएको छैन । निवेदकका बाबु तथा ससुराका नाममा रहेको र निजको मृत्यु पछि आमा तथा सासु क्वारीदेवीका नाममा दा.खा. भै आएका प्युठान जिल्ला खैरा गाउँ विकास समिति वडा नं. ७ का कि.नं. १८०, ४९६, ४९८ तथा वडा नं. ८ का कि.नं. १९५, २०१, २०८, २२०, ४९०, ६५४, ७२२ र ४२६ जग्गाहरू आमा तथा सासु क्वारी देवीको मृत्युपछि हामीहरूको नाममा संयुक्त नामसारी गरी पाउनका लागि मालपोत कार्यालयमा निवेदन दिएकामा मालपोत कार्यालयबाट उक्त जग्गाहरू सिद्धार्थ बैङ्क लि. को मिति २०६४।१।२४ को पत्रको आधारमा रोक्का रहेकाले दा.खा. नामसारी हुन नसक्ने जानकारी दिइयो । हामीहरूले बैङ्कसँग