निर्णय नं. ९४६६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४६६ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/०३/२३ ३१३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति: २०७२ ।३ ।२३ ।४ ०६८-WO-०५१५ विषय : उत्प्रेषण / परमादेश निवेदक : बारा जिल्ला, पिपरा गा.वि.स. वडा नं. २ घर भई जिल्ला प्रहरी कार्यालय, काभ्रेअन्तर्गत चेप्राङवेशी प्रहरी चौकीमा दरबन्दी रही जिल्ला प्रहरी कार्यालय, तेह्रथुममा प्रहरी जवान पदमा काजमा रहेका बखत सेवाबाट हटाइएको शंकर पण्डित विरूद्ध विपक्षी : प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत कुनै पनि क्षेत्रमा कार्यरत्‌ व्यक्तिलाई आफ्नो पेसासँग सम्बन्धित अनुशासन र आचरणको जानकारी हुनु र तिनको पालना गर्नु सामान्य समझको कुरा हो । २४ घण्टा नागरिकको जिउ ज्यानको सुरक्षा र समाजको शान्ति सुरक्षामा खटिनु पर्ने प्रहरी सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत्‌ प्रहरी कर्मचारीले त आफ्नो कर्तव्य प्रति अझ संवेदनशील रहनुपर्दछ । तर प्रस्तुत मुद्दाका यी रिट निवेदकले आफ्नो कर्तव्य र अनुशासन भुली लामो समयसम्म कार्यालयको सम्पर्कमा नआएको कारण निजलाई सेवाबाट हटाउने निर्णय गरेकामा त्यस्तो निर्णय गर्ने अधिकारीले सफाइ पेस गर्ने मौका दिएन भनी जिकिर लिने व्यक्तिले आफ्नो लापरवाही र आफ्नो गल्ती पनि हेर्नु पर्ने हुन्छ । अधिकारको खोजी गर्नेले आफ्नो कर्तव्य बिर्सन नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी अवलम्बित नजिर : ने.का.प. २०६८, मङ्सिर, निर्णय नं. ८६६३, पृष्ठ १२७६ सम्बद्ध कानून : प्रहरी नियमावली, २०४९ को नियम ८८ (झ), ८४, ८९ (२) प्रहरी नियमावली, २०४९ को नियम ८४ आदेश न्या. सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम परेको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छ : मिति २०५०।८।१६ मा प्रहरी जवान पदमा स्थायी नियुक्ति पाई तोकिएको जिम्मेवारी इमानदारी एवम् कर्तव्यनिष्ठपूर्वक पूरा गर्दै आएको म रिट निवेदक जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकअन्तर्गत प्रहरी चौकी चेप्राङबेशीमा कार्यरत्‌ रहेको अवस्थामा मेरो परिवार एवम्‌ बालबच्चा काठमाडौंको जोरपाटीमा डेरा गरी बस्दै आएका थिए । यसै बिच प्रहरी चौकी चेप्राङबेशीबाट मलाई जिल्ला प्रहरी कार्यालय, तेह्रथुममा काज खटाइएकाले सो स्थानमा गई काम काज गरी रहेकामा छोरा बिरामी भएको भन्ने खबर आएकाले मैले सोही कुरा दर्साई Chain of Command अन्तर्गत रही बिदा माग गरेकामा कुनै सुनवाई नभएकाले अञ्चल प्रहरी कार्यालय, कोशी, धरानबाट १० दिन घर बिदा स्वीकृत गराई मिति २०६७।२।१६ गते छोराको उपचारको लागि काठमाडौं आएको थिएँ । छोरालाई महाराजगञ्जस्थित Subhekta Clinic मा जचाउँदा निमोनिया भएकाले डाक्टरको प्रत्यक्ष निगरानीमा राखी उपचार गराउनुपर्छ भनी डाक्टरले सल्लाह दिएको हुँदा सोहीअनुसार उपचार गराइरहेको अवस्थामा आफू पनि बिरामी परेकाले सबै व्यहोरा उल्लेख गरी बिदा स्वीकृतिको लागि सम्बन्धित मजकुर कार्यालयमा निवेदन पठाई प्रहरी अस्पतालमा उपचार गर्न सिफारिस पाउँ भनी प्रहरी प्रधान कार्यालयमा निवेदनसमेत दिएको थिएँ । प्रहरी प्रधान कार्यालयले अहिले आफ्नै तरिकाले उपचार गर्दै गर भनी आश्वासन दिएबमोजिम मैले पनि सोही Clinic मा चेक जाँच गराउँदा जण्डिस लागेकाले ३/४ महिनासम्म उपचारमा सरिक