निर्णय नं. ४२८६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२८६ - लेनदेन भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०२/१३ ३६६१ निर्णय नं. ४२८६ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४४ सालको दे.पु.नं. ५४०, ५४१ फैसला भएको मिति : २०४८।२।१३।२ मा पुनरावेदक/प्रतिवादी: का.न.पं. वार्ड नं. २३ बस्ने भरतलाल श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी: नेपाल बैंक लिमिटेड काठमाडौं तर्फबाट मुख्य प्रबन्धक विश्वम्भरमान सिंह मुद्दा : लेनदेन (१) साहु आसामी भई कर्जा लिएको शुरु (साविक पेज नं. १८१) लिखत कम्पनीको खर्च चलाउन र व्यापार गर्न भनी लिएको देखिन्छ त्यस्तो कम्पनीको खर्च चलाउन र व्यापार गर्नको लागि भनी लिएको कर्जा सम्बन्धी तमसुक लिखत लेनदेन व्यवहारको २ नं. अन्तर्गत पर्दैन भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) लेनदेन व्यवहारको २ नं. अन्तर्गत नपर्ने व्यापारिक कारोबारको लिखतको हकमा मात्र सोही लेनदेन व्यवहारको ४० नं. को म्याद २ वर्ष भित्र नालेश दिनु पर्ने । (प्रकरण नं. १४) (३) धनजमानीको सम्बन्ध यिनै प्रतिवादी नेर्टिम आर्टस ट्रेडिङले कर्जा लिएको विषयसंग सम्बन्धित देखिएको र उक्त धनजमानीको लिखतबाट पार्टीले नबुझाई असूल उपर नभए मेरो घर घरानाबाट असूल गर्नु भन्ने भएकोले रकम असूल गर्ने सम्बन्धित विषय अलग्गै देखिई एक अर्कासंग जोडिएको एकै विषय देखिने । (प्रकरण नं. १६) (४) कर्जा चुक्ता गर्नु अगावै व्याजको दर थपघट भएमा सो थपघट भएको दरले ब्याज तिर्छु भनी प्रतिवादीहरुले मञ्जूर गरी कर्जा लिई लिखत गरेकोले १६।५० को दरले ब्याज भराएको मिलेको छैन भन्न मिल्ने समेत नदेखिने । (प्रकरण नं. १७) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।१२।१२ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको प्रतिवादीहरुको निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. नेटिम आर्टस ट्रेडिङ प्रा.लि.को तर्फबाट भरतलाल श्रेष्ठले डकुमेन्टहरु पेश गरी यस नेपाल बैंक लिमिटेड काठमाडौं अफिसको ए.बि.सी. हिसाब अन्तर्गत कर्जा नं. ४४।५५ बाट रु. २९,३०० व्यापार गर्नको लागि भन्ने जनाई लिनु भई ३ महीना लाग्ने ब्याज समेत चुक्ता गरी लिनु होला । उक्त म्यादभित्र डकुमेन्टको रकम असूल उपर गरी हामीले लिएको कर्जामा जम्मा गरी बैंकको साँवा ब्याज चुक्ता गरी लिनु होला । उक्त म्याद भित्र डकुमेन्टको रकम असूल उपर नभई रहन गएमा यस कम्पनी समेतको चल अचल जायजेथाबाट असूल उपर गरी लिनु भनी मिति २०३८।३।२५ मा तमसुक गरी लिनु भएकोमा ती डकुमेन्टको भुक्तानिको लागि मेलवर्न अष्ट्रेलिया रवि क्लोरियड फेक्ट्री ए.एन.जे. बैंक अष्ट्रेलियासंग सम्पर्क गर्दा अप्रिल १९८२ को पत्रद्वारा भुक्तानी हुन नसक्ने भनी पत्र साथ जवाफ प्राप्त भएको र केलेक्सन भुक्तान नभएकोले साँवा तथा ब्याजहरु बुझाउन आउनु भनी बैंकबाट पत्र लेखी पठाउँदा समेत बैंकको कर्जा बुझाउने कुनै प्रयास नगरेकोले निज नेटिम आर्टस समेतका भरतलाल श्रेष्ठलाई साँवा रु. २९,३००।– को लिखत मिति २०३८।३।२५ गते देखि मिति २०४१।४।३२ गते तकको ३ वर्ष १ महीना ७ दिनको बैंक नियमानुसार (साविक पेज नं. १८२) सयकडा १६।५० का दरले लाग्ने व्याज रु. १४२३१।३७ समेत जम्मा साँवा ब्याज रु. ४३,५३१।३७ र सो साँवाको यो फिराद दर्ता