निर्णय नं. ९४६८ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४६८ - अंश चलन भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/०५/३० ४३२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति: २०७२ ।५ ।३० ।४ ०६९-CI-०१७२ मुद्दा : अंश चलन पुनरावेदक/वादी : जिल्ला ललितपुर, डुकुछाप गा.वि.स. वडा नं ८ बस्ने ध्रुव के.सी.समेत विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला ललितपुर, डुकुछाप गा.वि.स. वडा नं.८ बस्ने भक्तबहादुर खत्री (के.सी.) ०६९-CI-०७१७ पुनरावेदक/प्रतिवादी : जिल्ला ललितपुर, डुकुछाप गा.वि.स. वडा नं.८ बस्ने भक्तबहादुर खत्री (के.सी.) विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला ललितपुर, डुकुछाप गा.वि.स. वडा नं.८ बस्ने ध्रुव के.सी.समेत अंश हक सबै अंसियारले समानरूपमा बाँडफाँड गरि लिन पाउने नैसर्गिक हक हो । मुलुकी ऐन, अंश बन्डाको ५ नं.अनुसार पिताको मृत्युपश्चात निजले पाउने अंश निजका स्वास्नी छोराहरूमा सर्न गई निजहरूले पाउँछन् । अंश हक छोड्दा वा प्राप्त गर्दा कानूनबमोजिम लिखत पास गरेर मात्र लिनुदिनु गर्नु पर्छ भनि मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं.ले अनिवार्य कानूनी व्यवस्था गरेको छ । कानूनले लिखत पास गर्नुपर्ने भनि अनिवार्य गरेको विषयमा सगोलमा बसेका परिवार संख्या धेरै सम्पत्ति आफूखुस अलगअलग बसेको जिकिरलाई सही रहेछ भनि अनुमान गरि मानो छुट्टिई भिन्न भएको मान्दा समान अंसियारबिच समानरूपमा बन्डा हुनुपर्ने कानूनको मूल उद्देश्य नै पराजित हुन जाने । (प्रकरण नं. ४) रजिस्ट्रेसनको १ नं.अनुसार मानु छुट्टिएको वा मानु जोडिएको लिखत रजिस्ट्रेसन पास भएकै हुनु पर्दछ । घरसारको लिखत भए पनि त्यस्तो लिखतको आधारमा मानु छुट्टिएको मिति कायम हुँदैन । कुटपिटको वारदातबाट नै मानो छुट्टिएको मिति कायम हुँदैन । मानो छुट्टेको मिति कायम हुने पहिलो प्रमाण भनेकै अड्डाबाट रजिस्ट्रेसन पास भएको लिखत हुने । (प्रकरण नं. ५) समान पुस्ताका भाइभाइ बिचमा बन्डा नहुँदै सोही पुस्ताको एक अंसियार प्रतिवादीका नाममा रहेका जग्गा निजले छोडपत्र गरि आफ्नी श्रीमती र छोरालाई दिँदैमा त्यस्तो व्यवहारले वादीको उक्त सम्पत्तिमा प्रतिकूल प्रभाव पार्न सक्दैन । कानूनले उक्त छोडपत्र लिखतका जग्गाहरूमा वादीहरूको अंश हक निहित रहने नै हुँदा छोडपत्रबाट हक हस्तान्तरण गरेका जग्गामा समेत बन्डा लगाएको मिलेन भन्ने प्रतिवादीको जिकिर कानून र न्याय सङ्गत रहेको नपाइने । (प्रकरण नं. ६) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ता भोजेन्द्रबहादुर खत्री पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय विश्वराज सिग्देल र कनक विक्रम खड्का अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको ५ नं., ३० नं., १८ नं. मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री कृष्णप्रसाद बास्तोला पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री टीकाबहादुर हमाल मा.न्या. श्री प्रकाशराम मिश्र फैसला न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, पाटनबाट मिति २०६८/१०/२६ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा वादी र प्रतिवादी दुवैको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- हाम्रा बाजे शेरबहादुरको २ श्रीमती भएकामा हाम्री बज्यै पदम कुमारी र कान्छी पुतली के.सी. भएकामा पदम कुमारीतर्फ ३ छोरामा जेठो मानबहादुर, माहिलो माइला खत्री र कान्छा विपक्षी भक्तबहादुर खत्रीक