निर्णय नं. ९४७० - खुन डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४७० - खुन डाँका भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०७/०२ ३४५० अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१/७/२/१ ०६३-CR-०४४४ मुद्दा : खुन डाँका पुनरावेदक/वादी : जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. १ बस्ने नागेन्द्र मिश्रको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : लक्ष्मी रायको छोरा जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. ७ बस्ने दिलवा र दीलिप भन्ने विद्यानन्द राय यादवसमेत कानूनबमोजिम दोस्रो तह पुनरावेदन लाग्नै नसक्ने अवस्थामा दुई तहबाट सफाइ पाई सकेका प्रतिवादी लालबाबु यादवका हकमा आएको पुनरावेदनपत्रलाई कानूनको रित पुर्याई दायर भएको भन्न नमिल्ने । (प्रकरण नं. १०) नेपाल सरकारले प्रतिवादीहरूले यति रकम डाँका गरी लगे भनी माग दाबी गर्नु मात्र पर्याप्त हुँदैन । डकैती भएको भनिएको रकम देखिनु पर्ने पनि हुन्छ । यसरी डकैती भएको रकम नै सप्रमाण यकिन हुन नसकेको र त्यसलाई पुष्टि हुने सबुद प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । ठोससबूद प्रमाणको अभावमा प्रत्यर्थी प्रतिवादीहरूले अभियोगपत्रमा उल्लिखित रकम डाँका गरी लगेको भन्ने वादी दाबीसँग यो इजलास सहमत हुन नसक्ने । (प्रकरण नं. ११) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुष्कर सापकोटा प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १०,१३(१)(३), १४(४),१७(१), २१ नं. प्रमाण ऐन, २०३१ को दफा २७(१) न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) (ख) सुरू अदालतमा फैसला गर्ने :- मा.न्या. श्री शान्तीराज सुवेदी पुनरावेदन अदालतमा फैसला गर्ने :- मा.न्या. श्री प्रेम शर्मा मा.न्या. श्री भोलाप्रसाद खरेल फैसला न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, जनकपुरको मिति २०६३।२।३ को फैसलाउपर वादी नेपाल सरकारले न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन दायर गरेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :- मिति २०५७/७/२९ का राति २२:३० बजेको समयमा जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. १ घर भई ऐ. ७ मा रहेको नागेन्द्र मिश्रको पेट्रोल पम्पमा चिनेका सोही गा.वि.स. वडा नं. ७ बस्ने दिलवा भन्ने विद्यानन्द रायसमेतका ४/५ जना डाँकाहरू हातहतियारहरू समेत लिई आई सो पेट्रोल पम्पमा रहेका नागेन्द्र मिश्रको भाइ दिपेन्द्र मिश्र मुन्सी काम गर्ने विमल ठाकुर र उपेन्द्र दाससमेतलाई कुटपिट गरी दीपेन्द्र मिश्रलाई गोली प्रहार गरी सख्त घाइते बनाई पम्पमा रहेको रूपैयाँसमेत डाँका गरी फरार भएको र घाइतेलाई उपचारार्थ मलंगवा अस्पतालमा ल्याउँदा मृत्यु भएको भन्नेसमेत व्यहोराको क्रम सङ्ख्या ३०४५ को प्रहरी सञ्चार । मिति २०५७/७/२९ गते २२:३० बजेको समयमा नागेन्द्र मिश्रको पेट्रोल पम्पमा जिल्ला सर्लाही गोडैता बस्ने विद्यानन्द रायसमेतका ४/५ जना हतियारधारी डाँकाहरू आई दीपेन्द्र मिश्रलाई गोली हानी डाँका वारदात गरी फरार भएको र सख्त घाइते भएका निज दीपेन्द्र मिश्रलाई उपचारार्थ मलंगवा ल्याउँदा ल्याउँदै मृत्यु भएको । मृतकको दाहिने कानमा गोली लागेको सो चोटको लम्बाइ चौडाइ ४ इन्च भएको, मृतकको दाहिने निधारमा अ.१ इन्च लम्बाइ आधा इन्च काटिएको घाउ रहेको, मृतकको दायाँ आँखामाथि आँखी भौंमा लम्बाइ डेढ इन्चको काटिएको घाउ चोट देखिएको मृतकको टाउको पछाडिको भागमा ४ इन्चको घाउ, दाँयापट्टिको कम्मरम