निर्णय नं. ९४७१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४७१ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/०५/०३ ३६९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२ ।५ ।३ ।५ ०६९-CR-०५४६ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक/वादी : जोखन पासीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : रूपन्देही जिल्ला रायपुर गा.वि.स. वडा नं. ५ बस्ने रमावती पासी ०७१-RC-००४० वादी : जोखन पासीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : रूपन्देही जिल्ला रायपुर गा.वि.स. वडा नं. ५ बस्ने ललाउ नाउ भन्ने दिनेश यादव घटनाको सम्बन्धमा मृतक र प्रतिवादीबिच रोजगारदाता र कामदारबिचको वा मालिक वा सेवक बिचको सम्बन्धजन्य कठोर दायित्वको कुरालाई अस्वीकार गर्न सकिएला । तर त्यसरी अस्वीकार गर्ने हो भने पनि “प्र. दिनेश यादवको कसुर यतिमा मात्रै सीमित रहेको देखिँदैन । बेहोस अवस्थाका विनेशलाई मिलमा अलपत्र छाडि मध्यरातको सन्नाटामा निजलाई बोरामा हालेर पानी भएको खाल्डोमा फालेको र मृतकको मृत्यु भएको देखिँदा यसलाई मनसाय प्रेरित हत्या मान्नु पर्ने अवस्था पनि छ । यो केवल omission मात्र नभएर त्यो भन्दा गम्भीर प्रकृतिको culpable homicide तहकै कार्य भएको छ ।” भन्ने निष्कर्षलाई अमान्य गर्नु निक्कै चुनौतिपूर्ण हुने । (प्रकरण नं. ८) पहिलो चरणमा कैतडी आफैँ पट्टीमा बेरिन गै निजको हात काटिएको घटनाबाट निजको मृत्यु भएको भन्ने कुरालाई प्रतिवादीले स्पष्ट गर्न सकेको देखिँदैन । यो कुरालाई प्रतिवादीले सप्रमाण स्पष्ट नगरेसम्म प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ र ६ नं.बमोजिम भवितव्यभित्र पर्ने कुनै सम्भावना रहँदैन । तर सो कुराको जिकिर यिनले कहिँकतै लिएको प्रमाण पेस गर्न सकेको पाइँदैन अपितु उल्टो तारेख गुजारी बसेको देखिन्छ । हुन पनि हात मात्रै काटिएबाट तत्काल वा ३।४ घण्टाभित्रै मृत्यु हुने सम्भावना रहँदैन । त्यसैले अन्यथा प्रमाणित नभएसम्म कैतडीको हात मिलको पट्टामा बेरिएर काटिएको कारणबाट निजको मृत्यु भएको कुराको अनुमान गर्न मिल्ने देखिँदैन । प्रतिवादीको कार्यबाट नमरेको कुनै व्यक्ति तेस्रो पक्षको कार्यबाट मरेमा सो हत्याको दोषी तेस्रो पक्ष हुने भनि विद्वान्‌ स्मिथ र होगानको माथि उल्लिखित मतमा असहमत हुनु पर्ने कारण नहुने । (प्रकरण नं. ९) पुनरावेदक/वादीका तर्फबाट : प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २५ नं., १३(३), ६(३) प्रमाण ऐन, २०३१ को दफा ३७(२), ९(२)(क)(१,२ र ३) अ.बं. १८८ सुरू फैसला गर्ने : मा.जि.न्या.श्री चन्द्रबहादुर सारू पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा मा.न्या.श्री नीता गौतम दीक्षित फैसला न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, बुटवलको फैसलाउपर पुनरावेदन पर्न आएको तथा न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचको लागि पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः मिति २०६७।६।८ गतेको दिन नियमित गस्तीको क्रममा मेरो कमान्डको टोली ९.३० बजेको समयमा रूपन्देही जिल्ला रायपुर गा.वि.स. वडा नं. ५ सेमरा नजिक पुग्दा सेमरा-बनगाई सडक खण्डको पूर्वतर्फ बाटोको किनारामा १८/२० वर्षको जस्तो देखिने हालसम्म सनाखत हुन नसकेको पुरूष व्यक्तिको बेवारिसे लास शंकास्पद अवस्थामा फेला परेकाले कानूनबमोजिम गरिपाउँ भन्ने प्र.स.नि.