निर्णय नं. ९४७३ - क्षतिपूर्ति रकम दिलाई भराई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४७३ - क्षतिपूर्ति रकम दिलाई भराई पाऊँ । भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/०५/१० ३९०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।५।१०।५ ०६९-CI-०८५३ मुद्दा : क्षतिपूर्ति रकम दिलाई भराई पाऊँ । पुनरावेदक/वादी : बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नं. १३ स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. अञ्चल कार्यालय नेपालगञ्जको तर्फबाट अख्तियारप्राप्त ऐ.का महाप्रबन्धक उर्मिला श्रेष्ठ विरूद्ध प्रत्यर्थी/प्रतिवादी : देवबहादुर बमको छोरा कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं. ५ हसनपुर बस्ने डिमाञ्टल स्टोर एण्ड सप्लायर्सका प्रोपाइटर वर्ष ३२ का प्रचण्डबहादुर बम करारमा उल्लेख भएको शब्दको अर्थ गर्दा कानून व्याख्याको नियमअनुसार नै गर्नु पर्ने हुँदा सम्झौताको दफा ८ मा भएको जुनसुकै साधनको अर्थ गर्दा कर्पोरेसन स्वयम्‌ले नुन ढुवानी गर्नु पर्ने र सो नुन ढुवानी गर्दा प्रयोग गरेको "साधन" को अर्थ यातायातको साधन मात्रै हो भनी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ३) करारको समय २०६३ चैत मसान्तसम्मको रहेकाले पुनरावेदक वादीले सो समयावधि बाँकी छँदै बिचैमा अर्कोपक्षसँग सम्झौता गरी विपक्षीलाई करारीय दायित्व पूरा गर्ने मौकाबाट वञ्चित गरी करार उल्लङ्घन गरेको भनी अर्थ गर्न मिल्ने देखिएन । करार सम्झौता हुँदा सहमति भएबमोजिम विपक्षीले करारीय दायित्व पूरा नगरेका कारण पुनरावेदक कर्पोरेसनले अर्कोपक्षसँग उक्त जिल्लाहरूमा नुन ढुवानी गराउन सम्झौता गर्नु परेको अवस्थामा विपक्षी प्रतिवादीले कबूल गरेकोभन्दा हालका ढुवानीकर्ताले कबुल गरेको रकम बृद्धि भई पुनरावेदक कर्पोरेसनलाई पर्न गएको नोक्सानी विपक्षीबाट भरी पाउने होइन भनी अर्थ गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता रामचन्द्र सुवेदी प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता कृष्णप्रसाद सुवेदी अवलम्बित नजिर : ने.का.प. २०६५ अङ्क २ नि. नं. ७९३५ पृ. २४३, सम्बद्ध कानून : करार ऐन, २०५६ को दफा ८२ को उपदफा (१) सुरू फैसला गर्ने अदालत : मा.जि.न्या. श्री मुरारीबाबु श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री रमेश पोखरेल मा.न्या. श्री रत्नबहादुर बागचन्द फैसला न्या. ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०६८।१।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई पाउँ भनी पर्न आएको निवेदनमा निस्सा प्रदान भई पुनरावेदनको रोहमा यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ:- तथ्य खण्ड विपक्षी डिमाञ्टल स्टोर एण्ड सप्लायर्स र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. बिच मिति २०६३।५।६ मा जुम्ला र मुगु जिल्लामा नुन ढुवानी गर्ने सम्बन्धमा २०६३ साल चैत मसान्तसम्मको भाखा राखी दुईवटा छुट्टाछुट्टै सम्झौता भएको थियो । सम्झौताअनुसार साल्ट ट्रेडिङ्ग कर्पोरेसनको नेपालगञ्ज वा सुर्खेतको गोदामबाट मुगु जिल्लाको सदरमुकामको गोदामसम्म प्रतिक्विटल रू.३,८७५।- का दरले ८००.०० क्विटल र ऐ. गोदामबाट जुम्ला जिल्लाको सदरमुकामको गोदामसम्म प्रति क्विटल रू.२८५०।- का दरले १५००.०० क्वि. नुन विपक्षीले ढुवानी गर्नु पर्ने व्यवस्था रहेको र जुम्लाको लागि २००.४० क्वि. र मुगुको लागि २००.४० क्वि. नुन विपक्षीले बुझी जिम्मा लिनु भई सोमध्ये १८.८७ क्वि. नुनमात्र जुम्लामा पुगेको र बाँकी नुनसमेत विपक्षी