निर्णय नं. ९४७५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४७५ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १० फैसला मिति :२०७१/१०/२२ ६१७२ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति : २०७१।१०।२२।५ ०६८-WS-००३२ विषय: उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १ नक्सालमा अवस्थित नेपाल बाल संगठनका तर्फबाट अख्तियार प्राप्त भई आफ्नो हकमा समेत अधिवक्ता सन्तोष भट्टराईसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत धर्मपुत्र तथा धर्मपुत्री राख्ने र धर्मपुत्र धर्मपुत्री बस्ने बिचको सम्बन्ध जैविक वा प्राकृतिक सम्बन्ध नभई कानूनबाट स्थापित सम्बन्ध हो । कुनै व्यक्ति कसैको धर्मपुत्र तथा धर्मपुत्री हुने कुरा संविधानबाट स्थापित गरिएको हकको विषय होइन । धर्मपुत्र तथा धर्मपुत्री राख्ने र बस्ने व्यक्तिको बिचमा कानूनले तोकेको सर्तको अधीनमा रहि हुने आपसी सहमतिका आधारमा कानूनबमोजिमको लिखत भएपछिमात्र धर्मपुत्र तथा धर्मपुत्रीको हक र दायित्व सिर्जना हुने । कानूनी सम्बन्धबाट सिर्जना हुने कानूनी अधिकारको उपभोग गर्दा कानूनले तोकेको सर्त र दायित्वको समेत पालना गरेको हुनु पर्दछ, अन्यथा त्यस्तो अधिकार अकाट्य वा नैसर्गिक अधिकारको रूपमा रहन नसक्ने । (प्रकरण नं.६) धर्मपुत्र धर्मपुत्रीको ११ नं. को व्यवस्थाले धर्मपुत्र धर्मपुत्री राख्ने र बस्ने दुवै पक्षले एकअर्काप्रति पुरा गर्नुपर्ने जिम्मेवारी किटान गरेको हुँदा उक्त कानूनी व्यवस्थालाई अनुचित मान्न मिल्दैन । धर्मपुत्र तथा धर्मपुत्रीले आफूलाई धर्मपुत्र धर्मपुत्री राख्नेउपर पुरा गर्नुपर्ने दायित्व पुरा नगरेको अवस्थामा सोबाट धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको अधिकारमा पुग्न जाने असर वा क्षतिलाई समेत अनदेखा गर्न नमिल्ने । (प्रकरण नं.७) समानताको हक समानहरूको लागि लागू हुने हो । असमानहरूका बिचमा समानताको हक निरपेक्षरूपमा लागू नहुने कुरा सर्वमान्य सिद्धान्त नै हो । संविधानको धारा १३ ले प्रत्याभूत गरेको समानताको हक समान अवस्था र हैसियत भएका नागरिकहरूका बिचमा असमान व्यवहार गरिएको अवस्थामा आकर्षित हुने । धर्मपुत्र धर्मपुत्री राख्ने बाबु आमासँग कानूनद्वारा सम्बन्ध स्थापित भएका धर्मपुत्र धर्मपुत्री र जन्मदिने बाबु आमासँग प्राकृतिक सम्बन्ध भएका सन्तान अर्थात्‌ छोराछोरीहरू समान मान्न सकिँदैन । प्राकृतिक छोरा छोरीको आफ्ना माता पितासँग प्राकृतिक सम्बन्ध हुन्छ भने धर्मपुत्र धर्मपुत्रीको आफूलाई धर्मपुत्र धर्मपुत्री राख्ने व्यक्तिसँग कानूनी सम्बन्ध रहने हुँदा प्राकृतिक र कानूनी सम्बन्धलाई समानस्तरमा राखि हेर्न नमिल्ने । धर्मपुत्र धर्मपुत्री राख्ने र बस्ने बिचमा पारिवारिक सद्‌भाव, न्याय र नैतिकता कायम गर्न केही निश्चित दायित्व तोकेको धर्मपुत्र धर्मपुत्रीको ११ नं. को कानूनी व्यवस्थाले संविधानको धारा १३ प्रतिकूलरूपमा प्राकृतिक सन्तान र धर्मपुत्र धर्मपुत्रीको बिचमा असमान व्यवहार गरेको भनि मान्न नमिल्ने । (प्रकरण नं.९) धर्मपुत्र धर्मपुत्रीको ११ नं. को कानूनी व्यवस्थाले खास अवस्थामा मात्र धर्मपुत्र वा धर्मपुत्री बदर हुन सक्ने व्यवस्था गरेको छ । धर्मपुत्र धर्मपुत्री राखि सकेपछि प्राकृतिक पुत्रपुत्री भएको अवस्थामा धर्मपुत्र धर्मपुत्री बदर हुने भन्ने व्यवस्था उक्त ११ नं. मा भएको पनि होइन । प्राकृतिक पुत्र पुत्री न