निर्णय नं. ८७२१ - निर्णय दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७२१ - निर्णय दर्ता बदर भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०७/०८ २८४१ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७२१ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती पुनरावेदन नं.०६३– –०९६४ फैसला मितिः २०६८।७।८।३ मुद्दाः– निर्णय दर्ता बदर । पुनरावेदक वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३४ बस्ने गंगाप्रसाद चालिसे समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः जनकपुर चुरोट कारखाना लिमिटेड, जनकपुरधाम, धनुषा समेत शुरु फैसला गर्ने :– मा.जि.न्या.श्री कुमारप्रसाद पोखरेल पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री अलीअकबर मिकरानी § विवादित बाटो २०४४ सालको नापीको समयमा अस्तित्वमा रही बाटोकै रुपमा नापी भएको भन्ने देखिइरहेको र सो बाटो छाडी प्रतिवादीले आफ्नो घर जग्गामा पर्खाल लगाएको भन्ने देखिएबाट प्रतिवादीले सो बाटोमा आफ्नो मात्र निजी भोगाधिकार नराखी अन्य व्यक्तिको उपभोगमा समेत राखेको प्रत्यर्थीको आचरणबाटै देखिन आएको छ । आफ्नो जग्गामा पर्खाल लगाई घेरेको अवस्थामा विवादित बाटो निजी जग्गा दर्तामा भए पनि सो बाटो प्रयोग गर्नबाट रोक्न नमिल्ने । § विवादित बाटोको रुपमा रहेको जग्गा दर्ता गर्दा बाटोको प्रयोगलाई यथावत् प्रयोग गर्ने गरी दर्ता गरेको देखिएको र एकभन्दा बढी व्यक्तिको उपभोगमा रहेको बाटो जे जसको नाममा दर्ता भएको वा दर्ता गराइएको भए पनि त्यसको उपभोगको प्रकृतिमा फरक नपर्ने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र बद्रीबहादुर कार्की तथा विद्वान अधिवक्ताहरू उष्णमोहन भट्टराई र सरोजकुमार शर्मा प्रत्यर्थीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री सीताराम तिवारी तथा विद्वान अधिवक्ताहरू हिरा रेग्मी र विजयकुमार मिश्र अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा पुनरावेदन अदालत, पाटनको मिति २०६१।९।२६ को फैसलाउपर दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १०, सि.नं.१०२–११४६–२४ को कि.नं. २ को क्षे.फ. ०–५–२–० को बाटो कित्ताकाट भई कायम हुन आएको कि.नं. २५३ अरनिको राजमार्गमा परी श्री ५ को सरकारको नाममा गएको र सोबाहेक बाँकी रहेको कि.नं. २५४ को बाटो हाम्रो समेत हकभोगको साझा स्वामित्वको हो । उक्त साझा बाटो विपक्षीको नाममा एकलौटीरुपमा दर्ता गर्ने गरी मालपोत कार्यालय, काठमाडौंबाट भएको मिति २०५५।४।५ को निर्णय र सोको आधारमा भएको दर्ता बदर गरी कि.नं. २५४ को मूल्य रु.१२५००१।– पर्ने बाटो साविकबमोजिम साझा कायम गरिपाऊँ भन्नेसमेत व्यहोराको फिरादपत्र । साविक भीमसेनगोला गा.वि.स., वडा नं. ५(ख), कि.नं. ३३५ कित्ताकाट भई कायमी कि.नं. २५४ को बाटाको जग्गामा स्वामित्व जनकपुर चुरोट कारखानाको राखी बाटोको रुपमा प्रयोग गर्ने गरी भएको मिति २०५५।४।५ को निर्णय र दर्ता बदर हुनसक्ने अवस्था छैन । सदर कायम राखी झूठ्ठा उजूर गर्ने विपक्षीलाई नै हदैसम्म सजाय गरी न्याय पाऊँ भन्नेसमेत व्यहोराको जनकपुर चुरोट कारखाना लिमिटेडको प्रतिउत्तरपत्र । साविक भीमसेनगोला गा.वि.स., वडा नं. ५(ख), कि.नं. ३३५ मध्येको हाल नापीमा काठमाडौं महानगरपालिका, वडा नं. १०, कि.नं. २ कित्ताकाट भई कायम भएको कि.नं. २५४ को बाटोको जग्गा साविक