निर्णय नं. ९४७९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४७९ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १० फैसला मिति :२०७१/१२/२९ ३०३२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७१।१२।२९।१ ०७०-WO-०२७५ विषय: उत्प्रेषण / परमादेश निवेदक : जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नं. १८ घर भै हाल स्टेट अफ कतारको नेपाली राजदूतावास कतारमा नेपाली राजदूतमा कार्यरत् डा. मायाकुमारी शर्मा विरूद्ध विपक्षी : अध्यक्ष, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत नेपाल परराष्ट्र सेवासम्बन्धी नियमहरू, २०६८ नेपाल सरकारले निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरि बनाएको देखिएकाले सो नियमावलीको स्रोत निजामती सेवा ऐन, २०४९ भएको भन्ने कुरामा विवाद छैन । रिट निवेदक निजामती कर्मचारी वा नेपाल परराष्ट्र सेवाको कर्मचारी नभई राजनीतिक प्रकृतिबाट नियुक्त राजदूत भएको देखिन्छ । त्यसका अतिरिक्त नेपाल परराष्ट्र सेवासम्बन्धी नियमहरू, २०६८ को नियम ७ सरूवासम्बन्धी व्यवस्थासँग सम्बन्धित भई उपनियम (३) मा “अवधि तोकी सरूवा गरिएमा बाहेक नियोगमा कार्यरत् कर्मचारीलाई सामान्यतया चार वर्षको सेवा अवधि पुरा भएपछि सरूवा गरिनेछ” भन्ने व्यवस्था भएकाले नियोगमा कार्यरत परराष्ट्र सेवाका कर्मचारीको सरूवाको सम्बन्धमा लागू हुने उक्त नियमको व्यवस्था नियोग प्रमुख राजदूतको पदावधि सम्बन्धमा पनि लागू हुने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ५) रिट निवेदकलाई एक नियोगबाट अर्को नियोगमा सरूवा गरेको नभई राजदूत पदबाट मुक्त गरि फिर्ता बोलाइएको अवस्था भएकाले निजामती कर्मचारी एवम्‌ नेपाल परराष्ट्र सेवाका कर्मचारीहरूलाई लागू हुने उक्त नियमावलीको व्यवस्था रिट निवेदकको हकमा आकर्षित हुने भन्ने देखिन नआउने । (प्रकरण नं. ५) वस्तुतः राजदूतको पद प्रशासनिक वा निजामती पद नभई आफ्नो मुलुकको सरकारको नीति र निर्देशनको अधीनमा रहि अर्को सार्वभौम मुलुकमा आफ्नो मुलुकको प्रतिनिधित्व गरि कामकाज गर्नुपर्ने राजनीतिक प्रकृतिको पद हो । यो पद कुनै एक मुलुकको कानूनबाट मात्र निर्देशित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, कुटनीतिक सम्बन्ध विषयक भियना महासन्धिलगायतका अन्तर्राष्ट्रिय दस्ताबेजहरूबाट निर्देशित भई अन्तर्राष्ट्रिय सम्बन्धको मधुरता, सहयोग, समझदारी, पारस्परिकता एवम् कुटनीतिक मर्यादामा रहि काम गर्ने पद हो । एउटा सार्वभौम मुलुकले अर्को सार्वभौम मुलुकमा आफ्नो देशको प्रतिनिधित्व गर्न भनि तोकिएको यस्तो पदमा रहि गरिएको कुनै पनि कार्यबाट दुई देशबिचको सम्बन्धमा कटुता वा तिक्तता पैदा भएको अवस्थामा सम्बन्धित सरकार (Sending State) ले जुनसुकै बेला जिम्मेवारीबाट मुक्त गराई स्वदेश फिर्ता बोलाउन सक्ने । (प्रकरण नं. ७) राजदूतको पदमा नियुक्त भएको व्यक्तिको कुनै पनि आचरण, अभिव्यक्ति एवम् क्रियाकलापबाट दुई देशबिचको सुमधुर सम्बन्धमा प्रतिकूल असर पर्न गएको अवस्थामा त्यस्तो राजदूतलाई सम्बन्धित देशको सरकारले जुनसुकै बेला फिर्ता बोलाउन सक्ने कार्यपालिकाको निहित अधिकार भएकाले सोही अधिकार प्रयोग गरि नेपाल सरकार मन्त्रिपरिषद्‌बाट कतारको लागि नेपाली राजदूत पदबाट रिट निवेदकलाई पद मुक्त गरि स्वदेश फर्काउने भनि गरेको निर्णय त्रुटिपूर्ण नदेखिँदा रिट निवेदकलाई कुटनीतिक सम्बन्ध विषयक भियना महासन्धि (Vienna Convention on Diplomatic Relation) 1961 विपरीत अनधिकृत निकायबाट पदमुक्त गरिएक