निर्णय नं. ९४८० - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४८० - लिखत दर्ता बदर भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १० फैसला मिति :२०७२/०२/२५ ३५९८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।२।२५।२ ०६८-CI-१५३० मुद्दाः लिखत दर्ता बदर पुनरावेदक/वादी : चितवन जिल्ला, पटिहानी गा.वि.स. वडा नं. २ बस्ने डा. जयनारायण पौडेलको छोरी ममता न्यौपाने विरूद्ध विपक्षी/प्रतिवादी : सुर्खेत जिल्ला, वीरेन्द्रनगर न.पा. वडा नं. १२ बस्ने मेनका भट्टराई (तिवारी) न्याय प्रशासन ऐन, २०४८ को दफा १९(२) को कानूनी व्यवस्थाले फैसलाको ठहर खण्डमा उल्लेख नभएको व्यहोरा पछि संशोधन गर्न पाउने गरि व्यवस्था गरेको देखिँदैन । एकपटक भइसकेको निर्णयमा पुनः सोही अदालत, निकायले इन्साफमा फरक पर्ने गरि कुनै पनि संशोधन गर्न मिल्दैन । उक्त कानूनको प्रयोग गरि फैसलामा रहेको सामान्य त्रुटि र भूल सुधार गर्नसम्म मिल्ने हो । प्रस्तुत विवादमा फैसलाको लेखाइमा वा टाइपमा हुन गएको भूल सच्याएको भन्ने पनि देखिँदैन । अदालतबाट एकपटक भएको फैसला मुद्दाका पक्षलगायत सबैलाई बन्धनकारी हुन्छ । एकपटक भैसकेको फैसलामा कुनै त्रुटि भए कानूनद्वारा निर्दिष्ट मार्ग अवलम्बन गरि बदर गराउनु पर्ने हुन्छ । बदर गराउन पनि नसकेको तथा अन्तिम भएर बसेको अवस्थामा उक्त फैसला जे जस्तो भए तापनि कानूनसरह पक्षहरूलाई लागू हुन्छ । फैसलाको ठहर खण्डमा नलेखिएको कुरा तपसिल खण्डमा संशोधनको माध्यमबाट पछि उल्लेख हुनु कानूनसङ्गत हुँदैन । उक्त कानूनी व्यवस्थाको मनासाय पनि त्यस्तो नहुने । (प्रकरण नं. ५) फैसलामा कुनै "तर्फ" उल्लेख नभएको अवस्थामा पछि संशोधनको माध्यमबाट “तर्फ” खुलाई “पूर्वतर्फबाट” भन्ने वाक्यांश थप गर्नु न्याय प्रशासन ऐन, २०४८ को दफा १९(२) र फैसला अन्तिमता (Finality of Judgment) को सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं. ६) पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ वैतनिक कानून व्यवसायी किरणकुमारी गुप्ता विपक्षी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ को दफा १९(२) सुरू आदेश गर्नेः– मा.न्या.श्री भोजराज अधिकारी पुनरावेदन तहमा फैसला गर्नेः– मा.न्या.श्री पुरूषोत्तम भण्डारी मा.न्या.डा. आनन्दमोहन भट्टराई फैसला न्या. ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।१२।१२ को फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता भई यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः- मेरो बुबा प्रतिवादी डा. जयनारायण न्यौपाने हुन् । निजका दुई श्रीमतीमध्ये जेठी श्रीमती पार्वती न्यौपाने मेरी आमा हुन् । जयनारायण न्यौपानेकी कान्छी श्रीमती गंगा न्यौपाने हुन् । मेरी आमा पार्वती न्यौपानेबाट एक छोरा र एक छोरीको जायजन्म भएकामा म फिरादी छोरी र विकास बाबु न्यौपाने छोरा हुन् । कान्छी आमापट्टिबाट विवेक न्यौपाने र मनु न्यौपानेको जायजन्म भएको छ । यसैबिचमा मेरी आमा र दाजु मिति २०५४।१०।१५ गते बुबाबाट अंश लिई छुट्टि भिन्न भै सक्नु भएको छ । मेरो आमा र बुबाबिच सम्बन्धविच्छेद भै सकेको हुँदा मैले कि मलाई खान लाउन र अन्य आवश्यक खर्च दिनुहोस् कि मलाई अंश दिनुहोस् भनि अनुरोध गर्दा प्रतिवादी बुबाले मलाई अंश नदिई मेरोसमेत अंश भाग लाग्ने चितवन जिल्ला वडा नं. ६(च) कि.नं. २४६० को ०-०-१६३/४ बिगाहा जग्गा म अंशियारलाई थाहा जानकारी नदिई प्रतिवादी मेनका भट्टराई (तिवारी) लाई म