निर्णय नं. ९४८६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४८६ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १० फैसला मिति :२०७२/०४/१७ २७१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।४।१७।१ ०६९-CI-०२०३ मुद्दाः उत्प्रेषण / परमादेश पुनरावेदक/निवेदक : दैलेख जिल्ला, छिउडीपुसाकोट गा.वि.स. वडा नं.२ हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. वडा नं.५ घर भई अञ्चल सशस्त्र प्रहरी गुल्म राप्तीबाट हटाइएका भू.पु.प्र.ज. वर्ष २८ को तेजबहादुर खड्का विरूद्ध प्रत्यर्थी/विपक्षी : मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, सुर्खेतसमेत अदालतले आफ्नो क्षेत्राधिकारको प्रयोग कानूनबमोजिम गर्दछ । अदालतको क्षेत्राधिकार कानूनले नै निश्चित गरेको हुन्छ । कानूनले निश्चित गरेको क्षेत्राधिकार नाघि काम कारवाही वा निर्णय अदालतले गर्न मिल्दैन । त्यस्तो काम कारवाही अनधिकृत हुन पुग्दछ । पुनरावेदन अदालतले कानूनबमोजिम पाएको आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रको मामिलामा हेरि कामकारवाही वा निर्णय गर्न सक्ने । (प्रकरण नं. ३) कुनै विषयमा नालेस गर्न दुई वटा निकाय तोकिएको अवस्थामा दुवैमध्ये कुन निकायमा जाने हो भन्ने चयन गर्ने अधिकार पक्षको हुने नै हुन्छ । तर, प्रस्तुत विवादमा दुई वटा क्षेत्राधिकार दिएको देखिँदैन । त्यसैले यहाँ कुन निकायमा जाने भन्ने कुरा चयन गर्न पाउने स्थिति नै छैन । पुनरावेदकले जुन निर्णय बदर गर्न आएको हो त्यो निकाय कुन पुनरावेदन अदालतको प्रादेशिक क्षेत्राधिकारभित्र पर्दछ भनि हेरिनु पर्दछ । विभिन्न पुनरावेदन अदालतको प्रादेशिक क्षेत्राधिकारमा पर्ने गरि कुनै निकायको विभिन्न तहबाट निर्णय हुँदा ती निर्णयहरू उपर उजुर गर्नु परेमा जुन निकायको निर्णय अन्तिम रहेको हुन्छ त्यही निर्णय गर्ने निकायउपर सुनुवाई हुने पुनरावेदन अदालतले सोको क्षेत्राधिकार ग्रहण गरेको हुने । (प्रकरण नं. ३) पुनरावेदक/निवेदकका तर्फबाट : प्रत्यर्थी/विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री विश्वनाथ जोशी माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी आदेश न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ:- म निवेदक तेजबहादुर खड्का र भक्तबहादुर बि.क. समेत मिलि गुल्मको प्रबन्ध शाखामा मौज्दात रहेको चाइनिज पेस्तोल टाईप ७७ को २२०१६३६ नम्बरको एक थान र गोली १ राउन्डसमेत लिई तुलसीपुर नगरपालिका ४ राजापुरमा गई तासपत्ती जुवा खेलि रहेको अवस्थामा तेजबहादुर खड्काले पैसा लुट्न खोज्दा पेस्तोलबाट एक राउन्ड गोली फायर गरेको भन्ने सञ्चार खबर भई प्रहरी निरीक्षक जागेश्वर भण्डारीको अध्यक्षतामा भएको छानबिन टोलीको गठन भयो । छानबिन टोलीले दिएको प्रतिवेदनअनुसार हामी दुवै जनालाई नियन्त्रणमा लिई कारवाही चलाउने क्रममा अञ्चल प्रहरी कार्यालय, राप्तीबाट मिति २०६६।६।१८ गते तपाईलाई किन कारवाही नगर्ने भनि स्पष्टीकरण सोधियो । मैले आफ्नो यथार्थ कुरा खुलाई स्पष्टीकरण पेस गरेकामा मेरो स्पष्टीकरणलाई बेवास्ता गरि मिति २०६८।६।२० गतेबाट प्रहरी नियमावली, २०४९ को नियम ८८ को देहाय (१)(ङ)(ञ) बमोजिमको कसुर स्थापित गरि नियम ८४(छ) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरि सेवाबाट हटाउने मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको प्रहरी नायब महानिरीक्षक पार