निर्णय नं. ४२८७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२८७ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०१/१८ ४०७६ निर्णय नं. ४२८७ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको फौ.पु.नं. ३५९ सम्वत् २०४७ सालको फौ.पु.नं. २२९ फैसला भएको मिति: २०४८।१।१८।४ मा पुनरावेदक/प्रतिवादी : श्री कृष्ण सुवेदीको छोरा जि.पर्वत सालिजा गा.पं. वडा नं. ४ बस्ने बुद्धिप्रसाद सुवेदी (साविक पेज नं. १८६) विरुद्ध प्रत्यर्थी/वादी : कृष्ण सुवेदीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) शंकाले प्रमाणको रुप लिन सक्तैन शंका शंकै हो र शंकाको भरमा यही हो भनी निष्कर्षमा पुग्न न्यायसंगत नदेखिने । (प्रकरण नं. २४) (२) “अन्दाजबाट” भन्ने रायलाई निश्चित राय भन्न नमिल्ने । (प्रकरण नं. २६) (३) विशेषज्ञको राय निश्चित एवं कारणमा आधारित हुनुपर्दछ अन्यथा त्यस्तो रायले कुनै महत्व राख्दैन । (प्रकरण नं. २६) (४) अन्दाज गरिएको कुरा प्रमाणित हुन सक्तैन, बुझिएकाको भनाई समेत अन्दाज र शंकामा आधारित भएकोले यिनीहरुको लेखाई बकाई प्रमाणित मान्न नसक्ने । (प्रकरण नं. २७) (५) परिस्थितिजन्य प्रमाणको आधारमा ठहर गर्ने आधार बिन्दू र सम्बद्ध तथ्यको कडी एक आपसमा एकबद्ध रुपले आबद्ध एवं गाँसिएको हुनुपर्दछ सो गाँसिएको मालाकार कडीमा कुनै छुट हुनु हुँदैन, एउटा तथ्य अर्को तथ्यसंग अन्योन्याश्रित हुनु अपरिहार्यता छ । (प्रकरण नं. २९) (६) अनुमान एवं शंकाको लेखाई–बकाई र विशेषज्ञको अन्दाजमा लेखिएको रायलाई निश्चित राय मानी शंका र अनुमानका आधारमा कसूर ठहराउन मिल्दैन । शड्ढा र अन्दाजका कुरा व्यक्तिगतगत विचारका कुरा हुन । यस्तो शड्ढा र अन्दाजले ठोस प्रमाणको रुप लिन सक्तैन । (प्रकरण नं. ३०) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री हिरा रेग्मी र विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी न्यायप्रशासन सुधार ऐन, २०३१ तथा सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम यस अदालतको क्षेत्राधिकार अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. जि.पर्वत सालिजा गा.पं. वडा नं. ३ सल्लेनी भन्ने ठाउँमा आफ्नो बारी धनसार भएकोले श्रावण २७ गते मकै भाँच्न जाँदा अपरान्ह ४ बजे धनसारबाट दुर्गन्ध चलेकोले के को दुर्गन्ध चल्यो भनी गोठको तलामा गई हेर्दा कपडाको पटुकाको पासो लगाई मरी रहेको देखी तत्काल स्थानीय गा.पं. को पञ्च (साविक पेज नं. १८७) सदस्य समेतलाई खबर गरी लास रहेको ठाउँमा गई हेर्दा कपडाको पटुकाको पासो लगाई मरी रहेको देखी तत्काल स्थानीय गा.पं.को पञ्चसदस्य समेतलाई खबर गरी लास रहेको ठाउँमा गई हेर्दा मु.खर सिंहले मेरी छोरी गोममाया हुन् । तिम्रो गोठमा आई मरिन् । तिम्रो गोठमा झुण्डी मरेकाले तिमीले नै जाहेर गर भनेकोले जाहेर गर्न आएको छु । जाँचबुझ गरी पाउँ भन्ने समेत व्यहोराको श्री कृष्ण सुवेदीको मिति ०४१।४।२९ गतेको जाहेरी दर्खास्त । ३. मेरी छोरी गोममाया मिति ०४१।४।२२ गते बेलुका ६ बजेको समयमा साथी कहाँ जान्छु भनी आमासंग भनी गएकी घरमा फर्की नआएकीले गाउँ घरमा खोजखबर गर्दा पत्ता नलागेबाट हुलिया दर्खास्त गर्ने विचारमा थिएँ । त्यस्तैमा मिति ०४१।४।२७ गते श्री कृष्णको धनसारमा छोर