निर्णय नं. ९४८८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४८८ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १० फैसला मिति :२०७२/०५/०३ ४२८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति: २०७२।५।३।५ ०७१-CI-०४७७ मुद्दाः उत्प्रेषण पुनरावेदक/निवेदक : चितवन जिल्ला कल्याणपुर गा.वि.स. वडा नं. ५ को हाल कास्की जिल्ला ले.न.पा. वडा नं. ३ घर भै ऐ.ऐ. वडा नं. २ स्थित त्रिवेणी पब्लिक स्कुल प्रा.लि.मा माध्यमिक शिक्षक पदमा कार्यरत् वर्ष ४५ को कमलबहादुर रानाभाट विरूद्ध प्रत्यर्थी/विपक्षी : कास्की जिल्ला लेखनाथ न.पा. वडा नं. २ स्थित त्रिवेणी पब्लिक स्कुल प्रा.लि.का प्राचार्य राजेन्द्रमणी पौडेल उत्प्रेषणको रिट न्यायिक, अर्धन्यायिक निकाय वा कानूनले अख्तियार दिएको प्रशासनिक निकायबाट क्षेत्राधिकारको उल्लङ्घन गरि निर्णय गरेमा, प्राकृतिक न्यायको सिद्धान्तविपरीत निर्णय गरेमा, कार्यविधि कानूनको पालना नगरि वा कानूनी त्रुटि गरि निर्णय गरेमा त्यस्ता निकाय वा अधिकारीबाट भएको गैरकानूनी त्रुटिपूर्ण निर्णयलाई बदर गर्न जारी हुने । निजी क्षेत्रबाट कम्पनीको रूपमा सञ्चालित विद्यालयको शिक्षकलाई पदमुक्त गरेको भन्ने विषय न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) अनुसार पुनरावेदन अदालतको प्रादेशिक क्षेत्राधिकारभित्रको कुनै न्यायिक, अर्धन्यायिक वा प्रशासनिक अधिकारीबाट भएको काम कारवाहीको विषय हो भन्न मिल्ने अवस्था नदेखिने । त्रिवेणी पब्लिक स्कुल नामक निजी विद्यालय कम्पनी ऐन, २०५३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भई सञ्चालन भएको प्रा.लि. भएकाले त्यस्तो निजी कम्पनीको रूपमा दर्ता भएको विद्यालयबाट भएको काम कारवाहीमा उत्प्रेषणको रिटबाट हस्तक्षेप गर्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. ४) पुनरावेदक/निवेदकका तर्फबाट : प्रत्यर्थी/विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ को दफा २(घ३, घ२), दफा ३, दफा १३(७) शिक्षा नियमावली, २०५९ कम्पनी ऐन, २०५३ स्कुल सञ्चालनसम्बन्धी विनियम, २०६७ को ३०, ३४ न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) सुरू फैसला गर्नेः मा.का.मु.मुख्य न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ मा.न्या. श्री ऋषीराम दवाडी आदेश न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, पोखराको मिति २०७०/१२/१९ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः- म निवेदकले समाजमा शिक्षाको चेतना जगाउनेसमेतका उद्देश्यले मिति २०५४ सालदेखि समाजको आवश्यकतासमेतलाई मध्यनजर गरि म निवेदक कमलबहादुर, विष्णुप्रसाद पोख्रेल, किशोरदत्त बराल र गोविन्द सिग्देलसँगको सहकार्यमा निजी लगानीमा त्रिवेणी पब्लिक स्कुल नामक निजी विद्यालय सञ्चालन गरि व्यवस्थितरूपमा शिक्षा प्रदान गरि आएकामा नेपाल सरकारको नीति तथा कानूनी व्यवस्थाबमोजिम निजी विद्यालयलाई कम्पनीमा दर्ता गरि सञ्चालन गर्न निर्णयसहितको निर्देशन भएबमोजिम शिक्षा ऐन, २०२८ को दफा ३ बमोजिम २०५९ सालदेखि प्रा.लि.द.नं. १९०७६/०५८/६९ मा कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता गरि तत्काल कास्की जिल्ला ले.न.पा. वडा नं. ३, बुढिबजारमा रजिस्ट्रार कार्यालय राखि म नै संस्थापक अध्यक्ष भै विद्यालय सञ्चालन गरि आएकामा लगानी बढाउने उद्देश्यले सदस्य थप गर्न आवश्यक सम्झि २०६८ सालदेखि विपक्षीसमेतलाई सेयर कायम गराई निजलाई नै प्राचार्यको रूपमा नियुक्ति दिई हाल