निर्णय नं. ९४८९ - अंश नामसारि

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४८९ - अंश नामसारि भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १० फैसला मिति :२०७२/०३/२३ ५९२६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।३।२३।४ ०६८-CI-०१२० मुद्दाः अंश नामसारि पुनरावेदक/वादी : जिल्ला रूपन्देही बैरघाट गाउँ विकास समिति वडा नं.१ बैरघाट बस्ने जगदेवको छोरा बुहारी माधेको पत्नी वर्ष ६१ को सोना गडेरिया विरूद्ध विपक्षी/प्रतिवादी : जगदेवको छोरा बुहारी पियारेको पत्नी वर्ष ७६ को अकाली गडेरियासमेत अंश र अपुताली एउटै कुरा नभई यो फरक फरक कुरा हो । हाम्रो प्रचलित कानूनी व्यवस्थाअनुसार अंश जन्मसिद्ध नैसर्गिक हकको रूपमा रहेको पाइन्छ भने त्यसरी अंश हकद्वारा प्राप्त सम्पत्ति प्रयोगकर्ताको मृत्युपश्चात्‌ क्रमानुसारका व्यक्तिले अपुताली पाउने व्यवस्था कानूनले गरेको पाइन्छ । अपुतालीसम्बन्धी कानूनी व्यवस्थाअनुसार अपुताली हकवालाबाहेक स्याहार सम्भार गर्ने व्यक्तिले समेत पाउने व्यवस्था गरेको पाइन्छ भने अंश बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अनिवार्यरूपमा गर्नुपर्ने हुन्छ । अंश विवाहिता छोरीले प्राप्त गर्न सक्दैनन जबकि अपुताली विवाहिता छोरीले पनि पाउने उल्लिखित अपुतालीको २ नं. समेतले व्यवस्था गरेबाट कानूनी व्यवस्था र सम्पत्तिको स्वामित्व सर्ने प्रकृति र प्रक्रियासमेतबाट अपुताली र अंश एकै र एउटै अवधारणाका विषयवस्तु होइनन् भन्ने कुरा स्पष्ट देखिने । अपुताली मर्नेको बाचुन्जेल सेवा सुश्रुसा हेरचाह गरि सम्पत्तिको प्रयोग कर्ताको मृत्युपश्चात्‌ सेवा सुश्रुसा हेरचाह गरेको परिणामस्वरूप समेत प्राप्त हुन सक्ने । (प्रकरण नं. ५) मुलुकी ऐनमा सातौं संशोधन अघि छुट्टिई भिन्न नभई सगोलमा रहेका अंशियारले आर्जन गरेको सम्पत्ति सबै अंशियारको अंश लाग्ने भनि अंशबन्डाको १८ नं. मा स्पष्ट व्यवस्था गरेको देखिन्छ । मानो छुट्टिई बसेको अवस्थामा भने कमाएको धन र लगाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने व्यवस्था गरेको पाइन्छ । यी वादी प्रतिवादीहरू छुट्टि भिन्न भएको भन्ने मिसिलबाट देखिँदैन । उपरोक्त कानूनी व्यवस्थाको अर्थ अपुतालीबाट प्राप्त गरेको सम्पत्ति बन्डा नलाग्ने अरू सम्पत्ति भने बन्डा लाग्ने भनि अर्थ गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थाको सोझो अर्थ सगोलका अंशियारले जुनसुकै स्रोतबाट प्राप्त भएको सम्पत्ति सबैको बन्डा लाग्ने भन्ने नै हुने । जुनसुकै तरिकाले प्राप्त गरेको सम्पत्ति अंशियारहरूका बिचमा बन्डा लाग्ने स्पष्ट भइसकेपछि निजी तवरले प्राप्त गरेको हुँदा बन्डा नलाग्ने भनि भन्न मिल्दैन । तत्कालिन अवस्थामा निजी सम्पत्तिको व्यवस्था नै नदेखिने । (प्रकरण नं. ६) पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता चन्द्रकान्त ज्ञवाली अवलम्बित नजिर : ने.का.प. २०४४ नि.नं. ३०१५ अङ्क ३ ने.का.प. २०४६ नि.नं. ३८९४ अङ्क ७ ने.का.प. २०४६ नि.नं. ३९४२ अङ्क ९ ने.का.प. २०५५ नि.नं. ६५५३ अङ्क ६ ने.का.प. २०६० नि.नं. ७२६५ अङ्क ९.१० सम्बद्ध कानून : अपुतालीको नं. २ अंशबन्डाको नं. १८ प्रमाण ऐन २०३१ को दफा ६(क) सुरू फैसला गर्नेः मा. न्या. श्री कुमार प्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री गोविन्द कुमार उपाध्याय मा. न्या. श्री उदय प्रकाश चापागाईं फैसला न्या. दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) ले यस अदालतको क्षेत्राधिकारभित्रको भै यस मुद्द