निर्णय नं. ९४९२ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४९२ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०५/१८ ५६८४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।५।१८।४ ०६७–CR–०७७८ मुद्दा : गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको । पुनरावेदक / वादी : अनुसन्धान अधिकृत परमेश्वर पराजुलीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : स्व. कपिलमुनि उपाध्यायको नाति, स्व. ध्रूव प्रसाद शर्माको छोरा, नारायणी अञ्चल, जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं. ४, अस्पताल रोड, भगवती राईस मिल्सभित्र घर नं.४।२५८ घर भई हाल विराटनगर भन्सार कार्यालय, रानीमा नायब सुब्बा पदमा कार्यरत् भरतप्रसाद नेपालसमेत ०६८–CR–००१७ पुनरावेदक / प्रतिवादी : पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका वडा नं. ४ घर भई हाल विराटनगर भन्सार कार्यालयमा नायब सुब्बा पदमा कार्यरत् भरतप्रसाद नेपालसमेत विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत परमेश्वर पराजुलीको प्रतिवेदनले नेपाल सरकार कर्मचारी सुविधाअन्तर्गत प्रतिकित्ता १००।– का दरले ५३० कित्ता सेयरको रू. ५३,०००।– हुने भनि उल्लेख गरि आरोप पत्रमा कुनै पनि जिकिर लिएको नदेखिए तापनि सो सेयर वीरगञ्ज फाइनान्सबाट कर्मचारी सुविधा अन्तर्गत मौद्रिक रकम नतिरि लिएको भन्ने कुरा देखाउन सकेको पाइँदैन । बिगोमा कायम गरेको मिलेन भनेर जिकिर लिएर मात्र हुँदैन । स्पष्ट आधार र कारण देखाएर अदालतलाई विस्वस्त पार्नु पर्ने हुन्छ । यो दायित्व पुनरावेदक प्रतिवादीको नै हो । यसरी एकाघरकी छोरी सुष्मा नेपालले कर्मचारी सुविधाअन्तर्गत मौद्रिक रकम नतिरि रू.५३,०००।– रकम बराबरको ५३० कित्ता सेयर प्राप्त गरेको भन्ने कुरा स्थापित हुन नआएबाट विशेष अदालत, काठमाडौंको फैसला अन्यथा देखिन नआउने । (प्रकरण नं.२१) पुनरावेदक / वादीका तर्फबाट : उपन्यायाधिवक्ता शंकरबहादुर राई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, कृष्णप्रसाद सापकोटा र अधिवक्ता तिलप्रसाद गौतम अवलम्बित नजिर : ने.का.प. २०६७, चैत, निर्णय नं. ८५१९, पृष्ठ २००७ ने.का.प. २०६८, असोज, निर्णय नं. ८६३०, पृष्ठ ९१७ ने.का.प. २०६८, फागुन, निर्णय नं. ८७२२, पृष्ठ १८९० ने.का.प. २०६९, भदौ, निर्णय नं. ८८३२, पृष्ठ ७७१ ने.का.प. २०६९, जेठ, निर्णय नं. ८७७०, पृष्ठ २५९ ने.का.प. २०६९, पुस, निर्णय नं. ८८८६, पृष्ठ १३४१ नेपाल सरकार विरूद्ध गणेश अर्याल (०६३–CR–०६५०) नेपाल सरकार विरूद्ध डिल्लीरमण निरौला (०६५–CR–००३१) नेपाल सरकार विरूद्ध लक्ष्मीराज पाठक (०६५–CR–००४५) नेपाल सरकार विरूद्ध रामकृष्ण तिवारी (२०६२ सालको फौ.पु.नं. ३३९९ समेत) नेपाल सरकार विरूद्ध मुरारीबहादुर कार्की (०६५–CR–०००९) नेपाल सरकार विरूद्ध निरञ्जन बाबु श्रेष्ठ (०६५–CR–००६४) नेपाल सरकार विरूद्ध आनन्द प्रसाद खनालसमेत सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १०, १५ र दफा १६ग. तथा २९ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) (२) र दफा ४७ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) विशेष अदालत, काठमाडौंमा फैसला गर्ने: अध्यक्ष माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की सदस्य माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र सदस्य माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे फैसला न्या.जगदीश शर्मा पौडेल : विशेष अदालत, क