निर्णय नं. ९४९३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४९३ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७२/०८/२२ २९१९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७२।८।२२।३ ०७१-WO-०३११ विषयः उत्प्रेषण निवेदक : भोजपुर जिल्ला, मुलपानी गा.वि.स. वडा नं.७ स्थायी घर भई हाल सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं.१४ बस्ने नेपाल संस्कृत विश्वविद्यालय दाङका अवकाश प्राप्त सहप्राध्यापक सोमेन्द्र गौतमसमेत विरूद्ध विपक्षी : नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय, बेलझुण्डी, दाङसमेत समानताको हकले निरपेक्षरूपमा सबैलाई समान व्यवहार गर्नु पर्छ भन्ने अर्थ बोध गर्ने नभई समान अवस्थाका व्यक्तिहरूका बिचमा मात्र समान व्यवहार गरिनु पर्छ भन्ने मान्यता राख्दछ । अवस्था समान नरहेकामा आफ्नो हकको आधार सुनिश्चित नगरि उनाउ व्यक्तिको हकमा विना हकदैया दाबी गर्न वा प्रश्न गर्न पनि मिल्दैन । विपक्षीले निवृत्तिभरण पाउने भएकाले आफूहरूले पनि पाउनु पर्छ भन्ने निवेदकहरूको भनाई कुनै कानून र तर्कमा आधारित रहेको देखिँदैन । न्युनतम सेवा अवधि नपुगि निवृत्तिभरण दिन मिल्ने पनि नहुने । (प्रकरण नं.३) आफ्नो हकको पुष्टि नगरि अरूको हकमा अनावश्यक ईर्ष्या वा तुलना गरि अन्य व्यक्तिको हकमा असर पार्ने हिसाबले दाबी गर्न मिल्दैन । रिट निवेदकहरूले आफूहरूको समयावधि नपुगेको कारणले निवृत्तिभरण पाउन नसकेको भन्नेसम्म उल्लेख गरेको तर विपक्षीहरूको के, कुन र कहिलेको निर्णयबाट निवृत्तिभरण प्राप्त गर्न नसकेको हो सो कुरा पनि उल्लेख गर्न सकेको नदेखिने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, प्रकाश राउत र विद्वान् अधिवक्ता पर्शुराम कोइराला अवलम्बित नजिर : ने.का.प.२०३७, नि.नं.१३६५, पूर्ण इजलास ने.का.प.२०४२, नि.नं.२५०३, पूर्ण इजलास सम्बद्ध कानून : आदेश स.प्र.न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छः- विपक्षीमध्येका बिदुरप्रसाद पौडेल नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत बाल्मिकी विद्यापिठमा २०३२ सालमा सहायक अनुसन्धान अधिकृत, २०३६ सालमा सहायक प्राध्यापक पदमा स्थायी नियुक्ति भई २०३७ सालमा उपप्राध्यापक तथा २०४७ सालमा सहप्राध्यापक पदमा बढुवा भई सो पदमा २०४८ सालसम्म काम गरि मिति २०४८।३।१० देखि मिति २०५४।३।१५ सम्म राष्ट्रिय सभा सदस्य पदमा रहनु भएको थियो । सो पछि निज २०५५ सालमा सहप्राध्यापक पदमा बहाल भई एक वर्ष काम गरि सकेपछि व्यक्तिगत कारणले सेवा गर्न अनुकूल नरहेको व्यहोरा दर्शाई मिति २०५५।७।२६ मा राजीनामा दिनु भई निजको सो राजीनामा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्को मिति २०५५।१०।१३ को बैठकले मिति २०५५।११।१ देखि लागू हुने गरि स्वीकृत भएको थियो । निजले राजीनामा स्वीकृत भएपछि उपदानसमेतका सुविधाको रकम पाउन निवेदन दिई निजको १७ वर्ष ३ महिना १७ दिन सेवा अवधि भएकाले तत्कालीन नियमअनुसार उहाँले रू.१,२६,०००।- उपदान रकम लिइसक्नु भएको छ । तत्पश्चात् निजले मिति २०६४।१।१७ देखि २०६८।१।१६ सम्म उपकुलपति पदमा चार वर्ष सेवा गर्नुभएको र सो चार वर्षको सेवा अवधिसमेत जोडेर निवृत्तिभरण पाउँ भनि निवेदन दिएकामा विश्वविद्यालयले शिक्षा मन्त्रालयलाई मिति २०६९।३।२७ को पत्रबाट नियममा भएको व्यवस्थाअनु