निर्णय नं. ९४९५ - उत्प्रेषण / परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४९५ - उत्प्रेषण / परमादेश । भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०९/२७ २९२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७१।९।२७।१ ०६९-WO-०३१० विषयः उत्प्रेषण / परमादेश । निवेदक : जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुरमा कार्यरत् स्वस्ती पौड्याल (आचार्य) विरूद्ध विपक्षी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत सरूवा बदर गर्नु पर्नाको कारणमा कानूनको समस्या नभई व्यवस्थापकीय समस्यालाई विपक्षीहरूले लिखित जवाफमा उठाएको देखिन्छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक र ट्रेड युनियनबिच गरिएको सहमतिले कानूनी व्यवस्थालाई प्रतिस्थापन गर्न सक्दैन । महानिर्देशक र ट्रेड युनियनका बिचमा कानूनी व्यवस्थालाई प्रतिस्थापन गर्ने गरि कुनै सहमति भए पनि त्यस्तो सहमतिले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । कानूनबमोजिम हुने सरूवाको विषयमा ट्रेड युनियन बाधाको रूपमा रहन पनि हुँदैन । विपक्षी स्वास्थ्य सेवा विभागले आफैँले मिति २०६९।४।२३ मा गरेको सरूवा निर्णयलाई मौजुदा स्वास्थ्य सेवासम्बन्धी ऐन नियमविपरीत रहेको नदेखिएसम्म आफैँले बदर गर्न नमिल्ने । (प्रकरण नं.२) मिसिल संलग्न मेडिकल बोर्डको सिफारिससमेतबाट निवेदिकाले स्त्री रोग विशेषज्ञको फलोअपमा रहन उपयुक्त देखिएको भन्ने देखिन्छ । उल्लिखित कानूनी व्यवस्थासमेतको आधारमा निवेदिकाको सरूवा स्वास्थ्य सेवाको दृष्टिले पायक पर्ने स्थानमा कानूनबमोजिम मेडिकल बोर्डको सिफारिससमेतको आधारमा भएकामा निजको सरूवा बदर गर्ने विपक्षीको निर्णय कानूनी व्यवस्थाअनुरूपको भन्न नमिल्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्रप्रसाद दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ३१ (ख) आदेश न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : १. तथ्य खण्ड १.१ रिट निवेदकको सङ्क्षिप्त निवेदन व्यहोरा म निवेदिका मिति २०५९ सालमा हे.अ. पदमा नियुक्ति भएकी हुँ । म बिरामी भई स्वास्थ्य उपचारसमेत गर्नु पर्ने कारणले स्वास्थ्य सुविधा भएको ठाउँमा सरूवा हुन बाध्यता भएको र मेरो श्रीमान् डा. अमर पौड्याल पनि भक्तपुर अस्पतालमा कार्यरत् रहनु भएकाले निजामती कर्मचारीका श्रीमान् श्रीमती नै सरकारी जागिरमा रहेको अवस्थामा दुवै जनालाई एउटै जिल्लामा सरूवा गर्ने व्यवस्था र परिपाटी पनि रहि आएको हुँदा भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतको कुनै स्वास्थ्य चौकीमा सरूवा हुन चाहेकी थिएँ । यसै बिच स्वास्थ्य सेवा विभाग, भक्तपुर शाखाको मिति २०६९।४।२३ को पत्रद्वारा मेरो सरूवा डाँडापाखर स्वास्थ्य चौकी सिन्धुपाल्चोकबाट बालकोट स्वास्थ्य चौकीमा रिक्त स्थानमा भयो । त्यसपछि मैले डाँडा पाखर स्वास्थ्य चौकी जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकबाट मिति २०६९।५।१ गते देखि लागू हुने गरि मिति २०६९।४।२९ को रमाना पत्र लिएर २०६९।५।७ गते जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुरमा हाजिर हुन गएकामा त्यहाँका कार्यालय प्रमुखले सिधै तपाईको पदाधिकार रहेको बालकोट स्वास्थ्य चौकीमा हाजिर हुन गए हुन्छ भनि भन्नु भएकाले बालकोट स्वास्थ्य चौकीमा जाँदा त्यहाँका सि.अ.हे.व. सुन्दर हरि