निर्णय नं. ९४९७ - उत्प्रेषण / प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४९७ - उत्प्रेषण / प्रतिषेध भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/१०/२७ ३५१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति : २०७१।१०।२७।३ ०६८-WO-०५४३ विषयः- उत्प्रेषण / प्रतिषेध निवेदक : धनुषा जिल्ला, सोनिगामा गा.वि.स. वडा नं. ६ घर भई हाल नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौंको वरिष्ठ निरीक्षक (रा.प.द्वितीय श्रेणी प्रा.) पदमा कार्यरत्‌ रामआधार साह विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत निजामती कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० विशेष ऐनबमोजिम विभागीय कारवाही गर्दा सो ऐन नियममा उल्लेख गरिएको विधि र तरिकाबाट विभागीय कारवाही गरिने व्यवस्था गरिएको छ । सो विभागीय कारवाहीमा चित्त नबुझे कानूनले नै यी रिट निवेदकलाई पुनरावेदनको लागि प्रशासकीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरिएको छ । विवादको विषयवस्तु यी रिट निवेदक गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगरमा मिति २०६४।२।१७ मा कार्यरत्‌ रहँदा सोही मितिको घटनालाई लिएर पुनः अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विभागीय कारवाहीको लागि लेखि पठाएको देखियो र सोही पत्रबाट पुनः यी रिट निवेदकलाई विभागीय कारवाही गर्न लागिएको पनि देखिँदा सोही विषयको आरोपमा प्रशासकीय अदालतबाट समेत एकपटक फैसला भई रिट निवेदकउपरको २(दुई) तलब वृद्धि रोक्का गर्ने गरेको विभागीय कारवाही बदर भएको देखिँदा अदालतको फैसला अन्तिमताको सिद्धान्तअनुसार विपक्षी अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमेतबाट यी रिट निवेदकउपर पटकपटक एकै मितिको एकै घटनाको विषय वस्तुउपरमा कारवाही गर्न नपाउने । (प्रकरण नं.२ र ३) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, हरिप्रसाद उप्रेती, शम्भु थापा, बालकृष्ण न्यौपाने, श्याम खरेल, सतिसकृष्ण खरेल र अधिवक्ता प्रसन्नकृष्ण दास विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता कृष्णजिवी घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ निजामती सेवा नियमावली, २०५० आदेश न्या.सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार रहेको छ : म निवेदक वि.सं. २०५५ सालमा रा.प.अनं. प्रथम (प्रा.) श्रेणीको पदमा सेवा प्रवेश गरि मिति २०६३।५।९ मा रा.प. द्वितीय श्रेणीमा बढुवा भई हाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, काठमाडौंको कार्यालय प्रमुख पदमा रहि आफूलाई ठेकिएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्दै आएको थिएँ । म निवेदक तत्कालीन गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगरको कार्यालय प्रमुख पदमा कार्यरत्‌ रहेका बखत त्यस कार्यालयबाट बिक्रेताको इजाजत प्राप्त कन्टिनेन्टल वेइङ सिस्टम प्रा.लि. इटहरी ८ का प्रोपाइटर ज्ञानी खड्काले भारतबाट जोगवनी नाका हुँदै आयात गरिएका ७४ थान डिजिटल तराजुको इटहरीमा स्थलगत जाँच कार्यको लागि मिति २०६४।२।१३ मा निवेदन दिएकामा सो जाँच कार्य गर्न इटहरी जानुभन्दा जोगवनी नाकाबाट सामान आउने भएकाले बिच बाटोमा पर्ने कार्यालय मै जाँच गर्दा उपयुक्त हुने कुरा राख्दा निज असन्तुष्ट भई अनावश्यक विवाद गरेको एवम्‌ अशोभनिय व्यवहार कार्यालय प्रमुखसँग गरेको र जिल्ला प्रशासन कार्यालय, मोरङबाट सोधनी हुँदा कार्यालय प्रमुखको तर्फबाट रानी भन्सार र इटहरीको बिचमा पर्ने यसै