निर्णय नं. ९४९८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४९८ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७२/०४/२६ ३३५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७२।४।२६।३ ०६९-WO-०२७० विषयः- उत्प्रेषण / परमादेश निवेदक : रूपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं. १०, सुख्खानगर घर भई हाल नेपाल वन सेवा, जनरल फरेष्ट्रि समूहको रा.प.तृ.(प्रा.) सहायक वन अधिकृत पदमा कार्यरत्‌ राजेन्द्र के.सी. विरूद्ध विपक्षी : वन तथा भू-संरक्षण मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत निर्धारित समयावधिभित्र निवेदकले माग गरेको बिदा अस्वीकृत भएको देखिँदैन । निवेदकले माग गरेको असाधारण अध्ययन बिदा मिति २०६६।६।६ मा वन विभागमा दर्ता भएपछि सो मितिले ६० दिनभित्र अर्थात्‌ मिति २०६६।८।५ भित्रमा अनिवार्यरूपमा बिदा स्वीकृत वा अस्वीकृतको कार्य अख्तियार प्राप्त अधिकारीले अनिवार्यरूपमा गर्नुपर्ने कानूनी व्यवस्था रहेको देखिने । (प्रकरण नं.२) निवेदकलाई ९० दिन लगातार कार्यालयमा हाजिर नभएको भनि विभागीय कारवाही गर्ने गरेकोतर्फ हेर्दा कानूनी व्यवस्थाबमोजिम बिदा दिने अख्तियारवाला व्यक्तिले आफूले गर्नुपर्ने कार्य नगरि आफ्नो जिम्मेवारीबाट बिमुख भई अन्यत्र दिशाबोध भई यी रिट निवेदकलाई विभागीय कारवाही गर्ने भनि कारवाहीको थालनी भएको कार्य कानूनविपरीत भई उत्प्रेषणको आदेशले बदर हुने देखिने । (प्रकरण नं.४) निवेदकले माग गरेको अध्ययन बिदा स्वतः स्वीकृत भएको अवस्थामा निजले आफ्नो Ph.D (विद्यावारिधी) तहको अध्ययन पुरा गरि नेपाल फर्कि आएपश्चात्‌् आफ्नो दरबन्दी रहेको विभागमा उपस्थित भई हाजिर गराइपाउँ भनि दिएको निवेदनपश्चात्‌्‌ निजलाई हाजिर गराई कामकाजमा लगाउनु पर्ने दायित्व वन तथा भू-संरक्षण मन्त्रालय र वन विभागको रहेकामा सो नगरि निवेदकलाई विभिन्न बहाना गरि कानूनले निर्दिष्ट गरेको कार्य नगरि हाजिर नगराएको कार्य मिलेको देखिएन । यसर्थ यी रिट निवेदकलाई आफू स्वयम् वन तथा भू-संरक्षण मन्त्रालयमा उपस्थित भई हाजिर गराई कामकाजमा लगाइपाउँ भनि निवेदन दिएको मितिबाट नै हाजिर भएको मानि निजले पाउने कानूनबमोजिमको पारिश्रमिक र अन्य सुविधासमेत पाउने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता कृष्णजिवी घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ को दफा ६१(६) निजामती सेवा नियमावली, २०५० को नियम ६४ आदेश न्या.जगदीश शर्मा पौडेल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार रहेको छ : म निवेदक मिति २०५५।१।२५ देखि नेपाल वन सेवा, जनरल फरेष्ट्री समूहको सहायक वन अधिकृत, रा.प. तृतीय श्रेणी (प्रा.) पदमा सेवा प्रवेश गरि वन तथा भू-संरक्षण मन्त्रालयअन्तर्गत विभिन्न जिल्ला वन कार्यालयहरूमा कार्यरत्‌ रहँदै आएको छु । यसै बिचमा आफ्नो व्यक्तिगत क्षमताको आधारमा विश्वव्यापी प्रतिष्पर्धाबाट ट्रपिकल र अन्तर्राष्ट्रिय वन विज्ञान विषयमा एम.एस.सी. अध्ययन गर्न छनौट भई, नेपाल सरकार (सचिवस्तर) को मिति २०६३।५।२६ को निर्णयानुसार जर्मनीमा उक्त विषयमा एम.एस.सी. अध्ययनको लागि निजामती सेवा नियमावलीको नियम ६१ बमोजिम मिति २०६३।४।१६ देखि लागू हुने गरि २ वर्ष २ महिना ५ दिनको अध्ययन बिदा स्वीकृत भएको, उक्त अध्