निर्णय नं. ९४९९ - सम्पत्ति शुद्धीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४९९ - सम्पत्ति शुद्धीकरण भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७२/०९/१४ ८९६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।९।१४।३ ०७०-CR-०६२९ मुद्दा : सम्पत्ति शुद्धीकरण पुनरावेदक / प्रतिवादी : हुम्ला जिल्ला लिमी गा.वि.स. वडा नं. ५ जाङगाउँ बस्ने दावा टासी लामा विरूद्ध प्रत्यर्थी / वादी : सम्पत्ति शुद्धीकरण अनुन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत रविराज काफ्लेसमेतको प्रतिवेदनले नेपाल सरकार निकै ठूलो परिमाणको रकम कसैले बोकेको सुटकेसबाट बरामद हुन्छ र त्यसको साँचो पनि निजबाटै बरामद भएको अवस्थामा रकमको मालिक यो हो भनि यकिन वतनसमेत देखाई पहिचान गराउन नसकेको अवस्थामा जसको साथबाट बरामद भएको हो उक्त रकम विषयको सम्पूर्ण कानूनी दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवारी उसैमा रहन्छ । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा २८ मा कुनै व्यक्तिमा भएको सम्पत्ति के कस्तो स्रोतबाट प्राप्त गरेको हो ? सो सम्पत्तिको स्रोत खुलाउने भार निज व्यक्तिमा नै रहेको देखिन्छ । तर, प्रतिवादीले उक्त बरामद भएको सम्पत्तिको वैधानिक स्रोत खुलाउन सकेको देखिएन । तसर्थ अन्यथा प्रमाणित नभएसम्म उक्त रकम विषयमा जवाफदेहिता निज प्रतिवादीमै रहने । (प्रकरण नं.२) कसैसँग आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा उसको सम्पत्ति अस्वभाविक देखिएमा र उसले आर्जन गरेको वैधानिक स्रोत देखाउन नसके सम्पत्ति शुद्धीकरणको अपराध हुने व्यवस्था गरेको देखिन्छ । कसैसँग अस्वभाविक सम्पत्ति देखियो भने त्यसको वैधानिक स्रोत वा जायज आर्जन थियो भनि प्रमाणित गर्ने प्रमाणको भार प्रतिवादीमा रहेको हुन्छ । प्रतिवादीले सम्पत्तिको स्रोत देखाउन सकेन भने उसले सम्पत्ति शुद्धीकरणको अपराध गरेको हो भनि मान्नु पर्ने । (प्रकरण नं.३) प्रस्तुत मुद्दा प्रतिवादीसँग रहेको रकम विदेशी विनिमय भएको कारणबाट चलेको होइन । अपितु, निजसँग निजको हैसियतका तुलनामा अत्यधिक बढी रकम भएकाले प्रस्तुत मुद्दा निज विरूद्ध चलेको हो । निजले उक्त रकमको स्रोत देखाउन सकेको अवस्थामा प्रस्तुत मुद्दा निज विरूद्ध चल्ने अवस्थै हुने थिएन । त्यसैगरि बरामदी रकम नेपाली वा भारतीय भएको अवस्थामा विदेशी विनिमयअन्तर्गत मुद्दा चल्ने अवस्था हुने थिएन । तर, स्रोत देखाउन नसकेको अवस्थामा भने सम्पत्ति शुद्धीकरणको मुद्दा भने चल्ने । विदेशी विनिमय बिना इजाजत प्रतिवादीसँग रहनु एउटा अपराध हो भने, अत्यधिक मात्रामा स्रोत देखाउन नसकिने रकम आफ्नो साथ राख्नु अर्को अपराध हो । विदेशी विनिमय मुद्दा जिल्ला अदालतमा चल्ने मुद्दा हो भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा सुरू कारवाही हुने मुद्दा हो । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ४ को (ङ) मा सम्पत्ति शुद्धीकरण मानिने कसुरमा “विदेशी विनिमय नियमित गर्नेसम्बन्धी प्रचलित कानून अन्तर्गतको कसुर गरि” भन्ने उल्लेख भएको पाइन्छ । यसबाट विदेशी विनिमय नियमित गर्ने कसुरलाई समेत सम्पत्ति शुद्धीकरण ऐनले मुद्दा चलाउन बाधा पार्ने देखिँदैन । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार छुट्टाछुट्टै ऐनले कसुर मानेको हुँदा अलग अलग ऐनले व्यवस्था गरेको कसुरलाई एउटै कसुर मान्न मिलेन । साथै बरामदी रकम प्रतिवादीबाट बरामद भएको र सो रकमको आधिकारिक तथा वैधानिक स्रोत प्रतिवादीले खुल