निर्णय नं. ९५०२ - उत्प्रेषण / प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५०२ - उत्प्रेषण / प्रतिषेध भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/११/०३ ७१९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।११।३।१ ०६९-wo-०७९३ मुद्दा : उत्प्रेषण / प्रतिषेध निवेदिका : जिल्ला सुनसरी धरानस्थित वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत रहि हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरको उपकुलपति पदमा कार्यरत्‌ वर्ष ४४ कि प्रा.डा.संगिता भण्डारी विरूद्ध प्रत्यर्थी : सम्मानित प्रधानमन्त्रीज्यू तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति डा.बाबुराम भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारसमेत पदअनुरूप आचरण नगरेको भन्ने कुरा अमूर्त हुन सक्दैन । पदअनुरूप आचरण नगरेको भन्ने कुरा वस्तुगत आधारबाट प्रमाणित भएको देखिनु पर्दछ । तर निवेदकउपरको आरोपहरूलाई पुष्टि गर्ने आधारप्रमाणहरू के थिए, कसरी ती आरोपहरू पुष्टि हुन सके भन्ने कुरा पदबाट हटाइएको जानकारी गराइएको भन्ने पत्रमा उल्लेख भएको देखिँदैन भने विपक्षीहरूको लिखित जवाफबाट पनि सो कुरा पुष्टि हुन नआउने । (प्रकरण नं.७) कुनै पनि संस्थाको उद्देश्य वा लक्ष्य एक्लो व्यक्तिको सक्रियताबाट मात्र सम्भव छैन । संस्थाको सबै अवयवहरूको सहयोग, समन्वय र सामूहिक प्रयासबाट मात्र संस्थाले आफ्नो लक्ष्य साध्य गर्न सक्छ । उपकुलपति विपक्षी प्रतिष्ठानको प्रमुख पदाधिकारी हो तापनि निजको एक्लो प्रयासबाट मात्र प्रतिष्ठानले लक्ष्य प्राप्त गर्न सक्ने भन्ने मान्न नसकिने । (प्रकरण नं.८) प्रतिष्ठानलाई सुचारू राख्ने प्रतिष्ठानका कर्मचारी, शिक्षक तथा चिकित्सक एवम्‌ प्रतिष्ठानको सर्वोच्च निकाय मानिएको सभाको कर्तव्य जिम्मेवारीलाई अनदेखा गरि प्रतिष्ठानको सम्पूर्ण जिम्मेवारी उपकुलपतिको मात्र हो भन्ने अर्थ गरि प्रतिष्ठानका कर्मचारी, शिक्षक तथा चिकित्सक र विद्यार्थीहरूले स्वयम्‌ उपकुलपतिको राजीनामा माग गरि वार्ता इन्कार गरि चलाएको अन्दोलनलाई समाधान गर्न नसकेको भन्ने फितलो आधारमा निवेदिका उपकुलपतिको कार्य क्षमताको अभाव वा उपकुलपतिले संस्थाप्रति नकारात्मक भूमिका निभाएको भन्ने विपक्षीहरूको भनाइसित सहमत हुन सकिने आधार नदेखिने । (प्रकरण नं.९) कुनै प्रस्ताव पारित हुनु र नहुनुले पदीय आचरणको मापन हुन सक्दैन । यी निवेदिकाले प्रस्ताव राखेकामा कार्यकारी परिषद्‍बाट ती प्रस्ताव पारित नभएको भन्ने आधारमा निजको पदअनुरूपको आचरण नभएको भनि देखाउन खोज्नुले निजउपर छानबिन समितिको माग राखि कुलपतिसमक्ष निवेदन दिने प्रतिष्ठान सभाका सदस्यहरूमा निवेदक उपकुलपतिप्रतिको पूर्वाग्रह र प्रवृत्त भावना देखिन आउने । कानूनले तोकेको कुनै कार्य निवेदिकाबाट हुन नसकेको हो र कानूनविपरीतको कुन कार्य गरेको हो भन्ने पनि स्पष्ट देखिनु पर्छ । उपकुलपति जस्तो व्यक्ति नियुक्त हुँदाका अवस्थामा योग्य हुने र नियुक्त भएको केही दिनमा नै अयोग्य भएको भन्ने वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन सक्नु पर्ने । कुनै पनि संस्थामा कुनै पदाधिकारी पदमा बहाल हुनासाथ उसको कार्य प्रगति एकाएक देखिने होइन । त्यसको लागि कर्मचारीलगायत संस्थामा आबद्ध सबैंको सहयोग, अनुकूल वातावरण र पर्याप्त कार्य समयको आवश्यक हुने । निवेदक उपकुलपतिको पदमा बहाल भै काम गर्ने पर्याप्त समय नपाउँदै र निजले गरेको कार्य प्रगति देखिन नपाउँदै कर्तव्य पालन नगरेको, पद अनुकूलको आचरण नगरेको साथै इमान्दारीपूर्वक क