निर्णय नं. ९५०४ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५०४ - दर्ता बदर भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६८/०१/०८ ५०३८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की फैसला मिति : २०६८।१।८।५ दे.पु.इ.नं. – ०६६-DF-००१२ मुद्दा : दर्ता बदर पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँबजार बस्ने तुल्सीमाया महर्जन विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१८ बस्ने पञ्चनारायण महर्जनसमेत संवैधानिक एवम् कानूनी व्यवस्थाका आधारमा गुठी तैनाथी जग्गा गुठी अधिनस्थ जग्गामा, गुठी अधिनस्थ जग्गा गुठी रैतान नम्बरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता गर्ने कार्य स्वभावत: गुठी स्थापनाको उद्देश्य प्रतिकूलको कार्य हो भन्ने नै देखिने । गुठी तैनाथी जग्गा गुठी अधिनस्थ जग्गामा, गुठी अधिनस्थ जग्गा गुठी रैतान नम्बरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता हुनबाट जोगाउन जुनसुकै चरणमा पनि हस्तक्षेप गर्न सक्ने संस्थानको अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को उपदफा (१) ले सुनिश्चित गरेको पाइने । तर त्यसरी निर्णयमा पुग्नुअघि सम्बन्धित गुठी जग्गाको साबिकको स्वरूप र हैसियत के थियो भन्ने कुरामा भने स्पष्ट हुनु जरूरी हुन्छ । साथै साबिकमा भन्दा फरक गरी दर्ता गरिएको भन्ने कुरा पनि प्रमाणित हुनै पर्दछ । त्यसरी प्रमाणित हुन आएमा साबिकबमोजिम गुठी संस्थानका प्रशासकको अधिकारलाई अन्य कुनै कुराको अधिनस्थ गराइएको छैन, अर्थात् प्रशासकमा निहित सो अधिकार निरपेक्ष अधिकारका रूपमा रहेको छ । त्यसरी अन्यथा दर्ता भएको सम्बन्धमा कसैबाट उजुरी नपरेको अवस्थामा पनि गुठीको साबिकको हैसियत वा अस्तित्वलाई जोगाउने गरी कारवाही गर्ने अधिकार निहित रहेको मान्न सकिने । (प्रकरण नं.४) यस अदालतको संयुक्त इजलासबाट अन्तिम भएर रहेको फैसलाका आधारमा भएको दर्ता बदर गर्न सक्नेसम्मको अधिकार गुठी संस्थान ऐनको दफा ३९ को उपदफा (१) ले प्रदान गरे नगरेको भन्ने प्रश्न उठाएको सम्बन्धमा यसअघि गरिएको विश्लेषणबाट गुठी तैनाथी जग्गा गुठी अधिनस्थ जग्गामा, गुठी अधिनस्थ जग्गा गुठी रैतान नम्बरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता भएको प्रमाणित भएको अवस्थामा गुठी संस्थानका प्रशासकले त्यस्तो दर्ता बदर गरी पुन: साबिकबमोजिमको गुठीका रूपमा दर्ता गर्न सक्ने र प्रशासकको सो अधिकार गुठी जग्गाको साबिकको हैसियत र स्वरूपलाई जोगाई गुठीजन्य सांस्कृतिक एवम् पारम्परिक मान्यतालाई जीवन्त राख्ने उद्देश्यद्वारा अनुप्राणित हो भन्ने निष्कर्षमा यो इजलास पुगेको हुँदा अदालतबाट भएको फैसलाको आधारमा रैकर परिणत भएको भन्ने मात्र आधारमा त्यस्तो दर्ता कायमै रहनु पर्दछ भनी मान्न नमिल्ने । (प्रकरण नं.६) विवादको साबिक कित्ता नं.९२ को जग्गाको गुठीको हैसियत नै लोप हुने गरी भएको दर्ता र सो सम्बन्धमा भएका पूर्व निर्णय एवम् फैसलालाई मात्र आधारमा लिई गुठीको साबिकको अस्तित्व जोगाउन गरिएको गुठी संस्थानका प्रशासकको निर्णयलाई अन्यथा भन्न मिल्ने नदेखिने । (प्रकरण नं.१०) सर्वोच्च अदालतको मिति २०४८।५।२ को फैसलाबाट गुठी जग्गा रैकरमा दर्ता भएको भए पनि त्यस्तो लगत कट्टा गरी गुठीमा दर्ता गर्ने अधिकार गुठी संस्थानका प्रशासकीय प्रमुखलाई रहेको र सर्वे नापीमा नाप नक्सा भएका मोहीले पनि सोही अनुरूप हुन स्वीकार गरी गुठी संस्थानमा कागज गरिदिएको भन्नेसमेतका आधारमा गुठी स