निर्णय नं. ९५०५ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५०५ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७२/१०/१२ ७३९६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।१०।१२।३ मुद्दा : गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ०६७-CR-०३३८ पुनरावेदक / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा.वडा नं. ९ पिङ्गलास्थान बसोबास गरी आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.१ बबरमहलमा ना.सु.पदमा कार्यरत उमेशकुमार रेग्मीसमेत ०६७-CR-१०४१ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ पिङ्गलास्थान बसोबास गरी आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.१ बबरमहलमा ना.सु.पदमा कार्यरत उमेशकुमार रेग्मी विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार ०६७-CR-०६२२ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ पिङ्गलास्थान बसोबास गर्ने संजना काफ्ले (रेग्मी) विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले नेपाल सरकार ०६७-CR-०८२७ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ मा बसोबास गर्ने लक्ष्मीप्रसादको छोरा अ.वं १३९ नं. बमोजिम बुझिएका रमेश रेग्मी विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार ०६७-CR-०८२८ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ को हाल का.जि.का.म.न.पा. वडा नं. ९ मा बसोबास गर्ने दीनानाथ प्रसादको छोरा अ.वं १३९ नं बमोजिम बुझिएका लक्ष्मीप्रसाद रेग्मी विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार ०६७-CR-०९५९ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला इनरूवा नगरपालिका वडा नं. २ पूर्वटोल घर भई हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ पिङ्गलास्थान डेरा गरी बस्ने उषादेवी काफ्ले विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार ०६७-CR-०२७५ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं म.न.पा.वडा नं.७ चाबहिल घर भई हाल ऐ.वडा नं.३४ मीनभवन बस्ने सुशीलाकुमारी काफ्ले (अर्याल) विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार ०६७-CR-१०३८ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ पिङ्गलास्थान डेरा गरी बस्ने सुधीरकुमार काफ्ले विरूद्ध प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार आयस्रोतको तुलनामा अस्वाभाविक र अमिल्दो सम्पत्ति राख्ने तथा दिने र उच्च जीवनयापन गरेको भन्ने विषय विगतमा राख्दै नराखिएको र राख्नै नपर्ने अति सूक्ष्मतम् हिसाब किताबबाट मात्रै निरूपण हुन सक्ने विषय होइन । बरू त्यस्तो अस्वाभाविकता र अमिल्दोपनको चरित्रलाई अनुसन्धानले टड्कारो रूपमा झल्काउन सकेको हुनुपर्दछ । ठिक ढङ्गबाट लगत नराखेकै कारणले आयका स्रोतहरू असीमित हुँदैनन् । राष्ट्रसेवकले सार्वजनिक पदमा