निर्णय नं. ९५०६ - जबरजस्ती करणी र चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५०६ - जबरजस्ती करणी र चोरी भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०८/२३ ४३४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।८।२३।३ ०६८-CR-०१४४ मुद्दाः जबरजस्ती करणी र चोरी विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम पीडितको पहिचान खुल्ने विवरण गोप्य राखिएको छ । पुनरावेदक / वादी : क कुमारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रामेछाप जिल्ला, वेथान गा.वि.स. वडा नं. २ घर भै हाल भक्तपुर सल्लाघारी बस्ने बलराम दवाडी भन्ने ध्यानबहादुर खड्का चोरी गरेका गर गहना भक्तपुरको सुन पसलमा लगी बिक्री गरेको हुँ भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेको देखिन्छ । प्रतिवादीले बिक्री गरेको भनेको भक्तपुरको सुन पसल खोजी गरी प्रतिवादीको बयानको पुष्टि गर्ने काम पीडितको नभई वादी पक्षकै हुन्छ । उक्त कार्यमा वादी पक्षले देखाएको उदासिनताको कारण पीडितले न्याय पाउनबाट वञ्चित हुनु पर्ने भन्ने नहुने । (प्रकरण नं.६) अनुसन्धान र अभियोजन बयानमुखी भैरहने तर न्यायिक निर्णयमा मात्रै वैज्ञानिक र भौतिक सबुद प्रमाणको विश्लेषण खोजी गर्न मिल्दैन । चोरीभन्दा जबरजस्ती करणीको कसुर बढी गम्भिर खालको कसुर हो । जुन कुराको पीडा पीडितले जीवन पर्यन्तसम्म भोग्न पर्ने हुन्छ । त्यस्तो गहन र संगीन खालको कसुरमा जाहेर गरेपछि सोभन्दा कम गम्भिरको कसुर मानिने चोरीमा पनि जाहेरी पर्नुले चोरी भएको कुरालाई पुष्टि गर्दछ । मानिस आवतजावत गर्ने स्थानमा कसैले पनि कुनै महिलालाई जबरजस्ती करणी नगर्ने र यस्तो वारदातको प्रत्यक्षदर्शी गवाह भनेको पनि पीडित नै हुने हुन्छ । गर गहनासमेत लुटी जबरजस्ती करणी गरेको भनी पीडितले प्रतिवादीउपर लगाएको आरोपलाई पीडितको जाहेरीका साथै जाहेरीलाई समर्थन हुने गरी पीडितले अदालतमा गरेको बकपत्रले पुष्टि गरेकै देखिने । (प्रकरण नं.७) वारदातको सम्बन्धमा मौकामा जाहेरी परेको र राजधानी जस्तो ठाउँमा वारदात घटेको जबरजस्ती करणीको कसुरसम्बन्धी प्रस्तुत मुद्दामा अनुसन्धान पक्षलाई पर्याप्त भौतिक सबुद प्रमाण जुटाउन नसक्ने कुनै कठिनाई वा असुविधा रहेको भन्ने पनि देखिन्न । एकजना विवाहित महिलाको कानमा दुईतोलाका सुनका गहना र घाँटीमा आधातोलाको तिलहरी हुने कुरालाई असामान्य मानिदैन । कानका गहना र घाँटीमा लगाएको तिलहरीसमेत जबरजस्ती करणी गर्ने जुल्मीले चोरी गरेको भनी पीडितसमेत रहेकी जाहेरवालीले लगाएको आरोपलाई अतिशयोक्तिपूर्ण भन्न नमिल्ने आधार कारणबाट प्रतिवादीले पीडितलाई नसालु पदार्थ खुवाई जबरजस्ती करणी गर्नुको साथै गहना र नगदसमेत गरी बिगो रू.४७,०००।०० (सत्चालिस हजार रूपैयाँ) चोरी गरेको भनी वादी पक्षले लिएको चोरीतर्फको अभियोग दाबीसमेत पुष्टि हुने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता बालकृष्ण वाग्ले प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.जि.न्या.श्री तेजबहादुर कार्की पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६।०७।२६।५ मा भएको फैसलाउपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर