निर्णय नं. ४२८९ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२८९ - जग्गा खिचोला भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०६/२२ २१४७ निर्णय नं. ४२८९ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४७ सालको दे.पु.नं. ६०६ फैसला भएको मिति: २०४७।६।२२।२ मा पुनरावेदक/प्रतिवादी: जि.पर्सा गा.पं. हरपटगंज वार्ड नं. ३ बस्ने राममणी राउत अहिरसमेत (साविक पेज नं. १९६) विरुद्ध विपक्षी/वादी: जि.बारा गा.पं. प्रेष्टोका वार्ड नं. ७ बस्ने लक्ष्मी ठाकुर लोहार मुद्दा : जग्गा खिचोला (१) न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(७) मा भएको व्यवस्थाबाट यस्तो क्षेत्रीय अदालतले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४)(ख) र (ग) अन्तर्गत पुनरावेदन गर्ने अनुमति प्रदान भई गरेको फैसला बाहेक सोही दफा १३(४) का अरु खण्डहरु अन्तर्गत पुनरावेदनको अनुमति प्रदान भई गरेको फैसला उपर यस अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन नै नलाग्ने कानुनमा स्पष्ट व्यवस्था छँदा छँदै त्यस्तो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन दर्ता भई अनुमति प्रदान भएकै भए पनि सो आदेश कानुन अनुरुप नहुँदा पुनरावेदन खारेज हुने । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्ल विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. जिल्ला पर्सा हरपतगन्ज गा.पं. वडा नं. ३ कि.नं. ३३ को ज.वि. ०–१–१० जग्गा मिति २०३३।१२।७ गते साँझ पश्चिमतर्फ दक्षिणतर्फ गरी ०–०–९ जग्गा हाम्रो हो भन्दै घर बनाउन नदिएकोले किन यसरी खिचोला गरेको भन्दा यो जग्गा मेरो हो भनी जवाफ दिएकोले मे.ना. शाखामा आई उक्त जग्गाको नक्शा हेर्दा पूर्वमा विपक्षीको कि.नं. ३१ को जग्गा र दक्षिण कि.नं. ३४ को जग्गाको र उक्त कि.नं. ३४ पूर्व मे.ना. शाखाबाट पूर्व सिमा रेखालाई चारैतर्फ मेरो जग्गामा रेखा लगाई मेरो जग्गा ७ धुर जग्गा कि.नं. ३४ मा मिलाएकोले र कि.नं. ३१ मा घुसाएको र मेरो उक्त जग्गाको दक्षिणतर्फ मेरो थामी थुनी गडिएकोलाई अं. १ धुर जग्गा आफ्नो कि.नं. ३४ को जग्गामा मिलाई अं. ९ धुर जग्गामा खिचोला गरेको हुँदा विपक्षीले गरेको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको लक्ष्मी ठाकुर लोहारको पर्सा जिल्ला अदालतमा परेको फिरादपत्र । ३. हामीहरुको कि.नं. ३१ र ३४ जग्गा पहिले जति थियो अहिले पनि त्यतिकै छ र सोही अनुसार भोग चलन गरी आइरहेको छु । मे.ना.शाखाबाट मिलाई आफ्नो जग्गामा विपक्षीको जग्गा घुसाइएको छैन भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. नक्शा सच्याई कीर्ते गर्‍यो भन्ने मुद्दामा यी प्रतिवादीले कीर्ते गरेका ठहरी अन्तिम फैसला भइरहेको देखिँदा यसरी कीर्ते गर्नेले नक्शा सच्याई खिचोला गरेन होला भनी भन्न नमिल्ने हुँदा वादीकै जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ । वादी दावी बमोजिम चलन समेत पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको मिति २०३४।३।१ को फैसला । ५. शुरु पर्सा जिल्ला अदालतको फैसला चित्त (साविक पेज नं. १९७) बुझेन बदर गरी प्रतिउत्तर जिकिर बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको ना.अं.अ.मा परेको पुनरावेदनपत्र । ६. भई आएको नक्शामा झगडा जनिएको नक्शाको क्षेत्रफल दावी अनुसार मिले