निर्णय नं. ९५०७ - हक कायम दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५०७ - हक कायम दर्ता बदर भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०६/२६ ४९७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।६।२६।१ ०६४-CI-०९२१ मुद्दा : हक कायम दर्ता बदर पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २५ मख्खन गल्ली घर भई हाल सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं. ४ बस्दै आएकी शोभाकुमारी प्रधानको परलोक भई निजको मु.स. गरी आफ्नो हकमा समेत निजको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २५ मख्खन गल्ली बस्ने इन्द्ररवी प्रधानको मृत्यु भई मु.स. गर्ने निजको छोरा ऐ.ऐ. बस्ने प्रकाशरवी प्रधानसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१५ बस्ने सुनमाया श्रेष्ठसमेत साबिकको नापीमा दर्ता बाँकी रहन गएको जग्गाको हक स्वामित्व निरूपण गर्दा सो नापीमा खडा भएको फिल्डबुकमा लेखिएका व्यहोराहरू महत्त्वपूर्ण प्रमाण हुन्छ । उस बखतको नापीमा खडा भएको फिल्डबुकमा लेखिने व्यहोराहरू सो जग्गाको स्वामित्वको सम्बन्धमा कालान्तरमा विवाद उठ्ला भनी अनुमान गरी लेखिएका काल्पनिक कुराहरू होइनन् । त्यसैले सो फिल्डबुकलाई सो जग्गाको स्वामित्व निर्धारक प्रमाणको रूपमा उच्च महत्त्व दिनु पर्ने । त्यस्तो जग्गाको साबिक लगतमा लेखिएको व्यहोरा पनि महत्त्वपूर्ण हुन्छ । साबिक लगतमा लगतवालाको नाम, थर, जग्गाको क्षेत्रफल, विरह, जग्गाको मौजा तथा सो लगतको चारकिल्ला र हाल विवादित जग्गाको क्षेत्रफल, विरह, मौजा तथा चारकिल्लालगायतका कुराहरू आपसमा भिडाई त्यस्तो लगतले हाल विवादित जग्गासँग सार्थक सम्बन्ध राख्छ या राख्दैन, सो कुरा हेर्नु उत्तिकै आवश्यक हुने । जग्गा पहिचान गर्ने र दाबीकर्ताको जग्गासँगको सम्बन्ध यकिन गर्ने उल्लिखित प्रमाणहरूका अतिरिक्त उक्त जग्गा मोहीले कमाएको भए जग्गाधनीको रूपमा दाबी गर्ने व्यक्तिले मोहीसँग निरन्तर सम्बन्ध बनाई जग्गाको बाली लिएको छ, छैन साथै साबिकमा नापीभन्दा अगाडि सो जग्गाको पोत वा तिरो तिरेको छ, छैन भन्ने अन्य प्रमाणहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । उल्लिखित प्रमाणहरूले दाबीकर्ता व्यक्तिको विवादित जग्गासँगको वैध एवम्‌ सार्थक सम्बन्ध स्थापित गर्दछ र त्यस्तो जग्गाको वास्तविक स्वामित्ववाला यकिन गर्न मद्धत पुग्दछ । स्वामित्वको दाबीकर्ता व्यक्तिले दर्ता हुन बाँकी जग्गामा हक कायममा दाबी गर्दा उल्लिखित प्रमाणहरूलाई सिलसिलेवार रूपमा प्रस्तुत गरी फिल्डबुकमा नाम जनिएको व्यक्ति वा निजको हकवाला आफू रहेको कुरा निर्विवाद तवरले स्थापित गर्न सक्नु पर्ने । (प्रकरण नं.५) साबिकमा खडा भएका फिल्डबुक तथा साबिक लगतमा जग्गाको स्वामित्ववाला भनी नाम लेखिएको व्यक्तिको नाम थरसँग सम्बन्ध देखाउन पछिबाट खडा गरिएका प्रमाणहरूलाई पनि सूक्ष्मतम रूपमा हेरिनु पर्ने । फिल्डबुकमा उल्लिखित एउटा व्यक्तिको नाम थरसँग दाबीकर्ता व्यक्ति वा निजका पूर्वज पिता वा बाजे / पति वा बाजे आदि नाताका व्यक्तिको नाम भिडाउने उद्देश्यबाट फिल्डबुकमा उल्लिखित नामको व्यक्ति जोसुकै भए पनि सो व्यक्ति भन्ने दाबीकर्ताको पिता/बाजे वा पति/बाजे नै एउटै हो भनी अपत्यारिलो, बनावटी या काल्पनिक तवरबाट दाबीकर्ता र फिल्डबुकमा उल्लिखित व्यक्तिको नाम एउटै देखाई तयार गरिएका पछिल्ला प्रमाणहरूलाई सहजै ग्रहण गरी स्वामित्व यकिन गर्न पनि सकिँदैन । पछिबाट खडा भएका प्रमाणहरू निसन्देहरूपमा दर्ता