निर्णय नं. ९५१२ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५१२ - अंश दपोट भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७२/०७/२० ६१८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२।७।२०।६ ०६९-CI-००३९ मुद्दा : अंश दपोट पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही सक्रौन पकडी गा.वि.स. वडा नं. २ हाल परिवर्तित कम्हरिया गा.वि.स. वडा नं.७ हरहरवा बस्ने प्रेमलाल लोध विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला रूपन्देही कम्हरिया गा.वि.स. वडा नं.७ हरहरवा बस्ने औधराजी लोध अंश हक जन्मका आधारमा कानूनबमोजिम प्राप्त हुने नैसर्गिक हक हो । अंश मुद्दामा वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाहेक अन्य सगोलको अबन्डा सम्पत्ति रहे भएको अवस्थामा वादीका पति र ससुराले पेस भएको तायदाती फाँटवारीमा आपत्ति गरेनन् भन्दैमा उक्त अबन्डा सम्पत्तिबाट यी वादीको अंश पाउने हकबाट वञ्चित गर्न मिल्दैन । तायदाती सुनी पाएको बखत तत्काल सबै सम्पत्तिको पुरा जानकारी सबै अंशियारलाई हुन्छ भन्न मिल्दैन । जब कुनै सम्पत्ति बन्डा हुन बाँकी र तायदातीमा देखाइएको थिएन भनी जानकारी हुन्छ तब नालेस गर्ने कुरा हुन्छ । सम्पत्तिको जानकारी बिना नै नालेस गर्न सकिने अवस्था नै हुँदैन । तसर्थ तायदाती सुनी पाएको कागज गर्दा विरोध गरेन भन्दैमा कसैको अंश हक स्वतः समाप्त हुने होइन । वादी दाबीका जग्गाहरू २०३४ सालमा निजी तवरबाट वा आफ्नो निजी ज्ञान, सीप, प्रयासबाट वा कसैबाट दान, बकस वा अपुतालीबाट प्राप्त गरेको मिसिल प्रमाणबाट देखिँदैन । सगोलमा रहे बसेको अवस्थामा सगोलका कुनै अंशियारले खरिद गरेको सम्पत्तिमा यी वादीको अंश हक लाग्न सक्दैन भन्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता राजेन्द्र अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री विष्णु सुवेदी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री नारायणप्रसाद दाहाल मा.न्या. श्री बाबुराम रेग्मी फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को धारा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : सर्जु लोधका ४ छोराहरू जेठा रामकिसुन, माहिला दुलारे, साँहिला झिन्कु, कान्छा पियारे लोध भएकोमा माहिला दुलारेको २ छोरामा जेठो विपक्षी प्रेमलाल लोध, कान्छो रामेश्वर हुन् । झिन्कुको छोरा मेरो पति विद्यासागर, रामेश्वरको श्रीमती सावित्री लोधिन हुन् । रामकिसुन र पियारेले सम्मानित अदालतमा ससुरा झिन्कु लोधउपर अंश मुद्दा दायर गरी २०३२।६।१९ मा भएको मिलापत्रबमोजिम आआफ्नो अंश लिइसकेका थिए । दुलारे लोध र रामेश्वरको दे.नं.१७४८, १७४९ को अंश मुद्दा पर्नुभन्दा अघि नै मृत्यु भइसकेको, मेरो ससुरा झिन्कु, पति विद्यासागरको अंश मुद्दा चलिरहेको अवस्थामा मृत्यु भएको थियो । दे.नं. १७४८, १७४९ को अंश मुद्दामा विपक्षीसमेतलाई तायदाती फाँटवारी दाखिल गर्नु भनी आदेश भएकोमा निज विपक्षीले आफ्नो तथा आफ्नो बाबु दुलारे लोधको नाउँको समेत आफ्नो जिम्माको जिल्ला रूपन्देही साडी गा.वि.स. वडा नं.२ कि.नं.२६६, ३०६, ३९७, ३९८, ४००, ४०२, ४६५ र ऐ. स.पकडी गा.वि.स. वडा नं.२ कि.नं. ४२५ को सम्पत्ति विपक्षीले अंश दपोट गरी खाएको भन्ने कुरा विपक्षीले दिएको तायदाती फाँटवारीको मिति २०५५।१२।१६ मा नक्कल लिई विपक्षी र विपक्षीको बाबुको नामको जग्गा द