निर्णय नं. ९५१३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५१३ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७२/१०/०५ २९९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७२।१०।५।३ ०७२-WO-०१७४ विषय : उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला साबिक नैकाप पुरानो भञ्ज्याङ गा.वि.स. वडा नं.१ हाल चन्द्रागिरी न.पा. वडा नं.१९ घर भई हाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र सिंहदरबारमा शाखा अधिकृत पदमा कार्यरत उद्धवप्रसाद पनेरू विरूद्ध विपक्षी : निजामती किताबखाना, हरिहर भवन, पुल्चोक, ललितपुरसमेत जन्ममिति खोल्ने महल नराखी वर्षमात्र खोल्नु पर्ने ठाउँमा निवेदक १७ वर्ष ९ महिना पुगेको मानिसले १८ वर्ष लेख्नु स्वभाविक नै हुन्छ । त्यसैले सिटरोल फाराममा उमेर वर्ष लेख्नु पर्ने खाली ठाउँमा निवेदक १७ वर्ष ९ महिना पुगेको मानिसले १८ वर्ष लेखेकोबाट उसको जन्ममिति नै अर्को हो भनी जरूरत नै नपरेको कानून समाई जन्ममितिको अनुमान गर्नु कानून र न्यायसङ्गत नहुने । (प्रकरण नं.४) कसैको जन्ममिति यकिन हुन नसकेको अवस्थामा कानूनको सहाराबाट जन्ममिति यकिन गरिनु उचित हुन्छ । तर, जन्ममिति स्पष्टरूपबाट देखिएको अवस्थामा तर्क वितर्क गरी तर्कको आधारमा विषय वस्तुलाई अल्मल्याई कानूनको प्रयोग गलत ढङ्गबाट गरिनु हुन्न । कानूनले अल्झिएको समस्या सुल्झाउने हो यसले झन तर्कको आधार दिई बटार्ने होइन । तर्क जहाँ पनि गर्न सकिन्छ । सुन्दा राम्रो पनि लाग्ला । तर, तर्क गर्न सकिन्छ भन्दैमा सबै तर्क अनुकरणीय हुँदैनन् । जुन तर्क विवेक पूर्ण र न्यायको नजिक हुन्छ त्यहीँ तर्क सही र सर्वस्वीकार्य हुन्छ । निवेदकले सिटरोल फाराम भर्नुपूर्व लोक सेवा आयोगमा निवेदन दिँदा उल्लेख गरेको जन्ममिति सिटरोल फाराम र नागरिकताको प्रमाणपत्रमा उल्लिखित क्रमश: १८ र १७ वर्ष लागी सकी आधाभन्दा बढी समय व्यतित भइसकेको हुँदाहुँदै निजको जन्ममिति यकिन गर्न अरू तर्क र वितर्क गर्नु उचित देखिन नआउने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता नारायणप्रसाद पराजुली विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा नियमावली, २०५० को नियम १०२ क (१) (२) आदेश न्या.बैद्यनाथ उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा परेको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : निवेदन व्यहोरा : रिट निवेदक मिति २०३२।११।२५ मा बहिदार (रा.प.अनङ्कित चतुर्थ श्रेणी) पदमा स्थायी नियुक्ति भई विभिन्न कार्यालयहरूमा कार्यरत रहेकोमा नेपाल सरकारको मिति २०६२।५।११ को निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको शाखा अधिकृत पदमा बढुवा भई इमान्दारी पूर्वक कार्य गर्दै आएको छु । म बहिदार पदमा नियुक्ति हुँदा शैक्षिक योग्यताको प्रमाण पत्रमा मेरो जन्ममिति २०१५।१।८ उल्लेख भएको छ । म निवेदकले भरेको वैयक्तिक विवरण (सिटरोल) एकपानेमा यकिन जन्ममिति नकिटी उमेर १८ वर्षमात्र लेखिन गएछ । बहिदार पदको विज्ञापनमा मैले दिएको दरखास्त पत्रमा मेरो जन्ममिति २०१५।१।८ भएकोले सोका आधारमा मिति २०७३।१।८ मा मैले सेवाबाट अवकाश पाउने प्रस्ट छ । विपक्षी निजामती किताबखानाको वेब साइट हेर्दा मेरो अवकाश मिति २०७२।११।२५ गते उल्लेख भएको देखी के भएको रहेछ भनी बुझ्दा निजामती किताबखानाको मिति २०७२।४।११ को निर्णयले मेरो जन्मम