निर्णय नं. ९५१८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५१८ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७२/०९/१२ ६७३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।९।१२।१ ०७२-WO-०३६५ विषय : उत्प्रेषण निवेदक : कानून अध्ययन समाज नेपालका अध्यक्ष एवम् भक्तपुर बार एसोसिएसन एकाइका सदस्य भक्तपुर नगरपालिका वडा नं.१ बस्ने अधिवक्ता रामप्रसाद प्रजापतिसमेत विरूद्ध विपक्षी : अध्यक्ष, नेपाल बार एसोसिएसन, केन्द्रीय कार्यसमिति, रामशाहपथ, काठमाडौं-१, प्रमुख निर्वाचन अधिकृत हरिशंकर निरौला, नेपाल बार एसोसिएसन निर्वाचन समिति, २०७२ रामशाहपथ, काठमाडौ नेपाल बार एसोसिएसन विधान, २०४८ एवम् नेपाल बार एसोसिएसन विनियमावली, २०४९ नेपाल बार एसोसिएसनको केन्द्रीय महाधिवेशनबाट निर्णय भई बनेको र विनियमावली, २०४९ सोही विधानअन्तर्गत बनेको दस्ताबेज देखिँदा संविधानको धारा १३३(२) बमोजिम उक्त विधानलाई कानूनसरह मान्न नमिल्ने । रिट निवेदनमा निवेदकले नेपाल बार एसोसिएसनको विधान, २०४८ एवम् नेपाल बार एसोसिएसन विनियमावली, २०४९ अन्तर्गतको हक प्रचलनको लागि धारा १३३(२) अन्तर्गत निवेदन दिएको र उक्त विधान एवम् विनियमावलीलाई प्रचलित नेपाल कानूनको संज्ञा दिन नमिल्ने भएबाट निवेदकको कानूनी हक अपहरण भएको भन्न नमिल्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद प्रजापति विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र अधिवक्ता श्री भैरवराज पन्त अवलम्बित नजिर : ने.का.प.२०६० अङ्क ५.६ निर्णय नं. ७२३६ सम्बद्ध कानून : नेपालको संविधानको धारा १७, १३३ (२) नेपाल बार एसोसिएसनको विधान, २०४८ को दफा ८, ११ (१) र (२) कानून व्यवसायी आचार संहिता, २०५१ नागरिक अधिकार ऐन, २०१२ संस्था दर्ता ऐन, २०३४ नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० नेपाल बार एसोसिएसनको विनियमावली, २०४९ को विनियम २१(२) सर्वोच्च अदालत नियमावली, २०४९ नियम ४१ को उपनियम (४) आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको संविधान धारा ४६ बमोजिम धारा १३३(२) अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र निर्णय यसप्रकार छ : हामी निवेदकहरूले नेपाल कानूनी व्यवसायी परिषद्बाट मिति २०५८ मा कानून व्यवसायी अनुमतिपत्र लिइसकेका छौं । नेपाल बार एसोसिएसनको विधान, २०४८ को दफा ११ (१) र (२) मा सदस्यहरूले एसोसिएसनको साधारण सभा र विशेष साधारणसभामा भाग लिन र प्रस्तावको पक्षमा वा विपक्षमा मतदानमा भाग लिन र उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिको मिति २०७२।६।७ को निर्णयानुसार वरिष्ठ अधिवक्ता श्री हरिशंकर निरौलाको संयोजकत्वमा गठित निर्वाचन समितिले मिति २०७२।९।२५ मा हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मिति २०७२।८।६ मा कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित निर्वाचन कार्यक्रमसम्बन्धी सूचनाको ७ नं. मा उम्मेदवारीको लागि शुल्क निर्धारण गरी अध्यक्षको लागि रू. २०,०००।- उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको लागि प्रति उम्मेदवार रू. १५,०००।- र सदस्यको लागि रू.१०,०००।- तोकेको उम्मेदवारी शुल्क चर्को हुन गएकाले विधानबमोजिमको मतदान गर्न र उम्मेदवार हुन पाउने हामी कानून व्यवसायीहरूको संविधान प्रदत्त राजनीतिकसम्बन्धी मौलिक हकको प्रयोग हुनबाट वञ्चित गरेको छ । नेपालको संविधान र नेपालमा प्रचलित निर्वाचनसम्बन्धी ऐन नियमहरूबमोजिम देशको कार्यकारी प्रमुख राष्ट्रपति, उ