निर्णय नं. ९५२२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५२२ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/०३/०१ ४३९१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति : २०७२।३।१।३ ०७०-WO-०४३५ विषयः- उत्प्रेषण / परमादेश निवेदक : सिराहा जिल्ला लाहन न.पा. वडा नं. ७ घर भै हाल का.जि. मनमैजु गा.वि.स. वडा नं. ८ बस्ने जि.फोर.एस. सेक्युरिटी सर्भिसेज नेपाल प्रा.लि. लाजिम्पाट काठमाडौंमा सहायक प्रबन्धक प्रक्युरमेन्ट तथा कलेक्सन पदमा कार्यरत धनेश्वर शाह विरूद्ध विपक्षी : श्रम अदालत, अनामनगर, काठमाडौंसमेत वस्तुतः रिट निवेदकलाई प्रतिष्ठानले दिएको नियुक्ति पत्रमा नै ६ महिना परीक्षणकालको अवधि सन्तोषजनक भएमा रिट निवेदकको पद स्वतः स्थायी कर्मचारी हुने भन्ने उल्लेख भएको र निजलाई प्रतिष्ठानले पटक पटक बढुवा गरी सञ्चयकोषसमेत कट्टा गरिएको सन्दर्भमा सो नियुक्ति पत्रको शिरमा “करार” भन्ने शब्दावली उल्लेख भएको आधारमा रिट निवेदक करारमा नियुक्त कर्मचारी भएको भन्न मिल्ने भएन । रिट निवेदक करारमा नियुक्त कर्मचारी नभई विपक्षी प्रतिष्ठानको स्थायी कर्मचारी भएको देखिएको पृष्ठभूमिमा निवेदकलाई सेवाबाट हटाउनु पर्दा श्रम ऐन, २०४८ को कानूनी प्रक्रियाको अनिवार्यरूपमा अवलम्बन गर्नुपर्ने देखिन आउने । (प्रकरण नं.५) वस्तुतः नियुक्त गर्ने अधिकारीबाट नै सेवाबाट हटाउन पाउने अधिकार सर्वस्वीकृत मान्यता र सिद्धान्त रही आएको छ । यो सिद्धान्त र मान्यतालाई यस अदालतले विभिन्न मुद्दाहरूमा ग्रहण गरी आत्मसात गरी आएको पाइने । (प्रकरण नं.७) रिट निवेदकलाई मिति २०६९।४।२३ र २०६९।४।३२ मा स्पष्टीकरण माग गर्दा प्रतिष्ठानका प्रबन्ध निर्देशकबाट माग गरिएको देखिए पनि मिति २०६९।८।२४ मा सेवाबाट हटाउनेसम्बन्धी कारवाही निमित्त वरिष्ठ प्रबन्धकबाट भएको देखिएकाले अनधिकृत पदाधिकारीबाट गरिएको सेवाबाट हटाएको कार्य स्वत: कानून प्रतिकूल एवम् यस अदालतले प्रतिपादन गरेका नजिर सिद्धान्तसमेतको प्रतिकूल देखिन आउने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू शेरबहादुर के.सी., नरेन्द्रकुमार के.सी., खिल गिरी र कमला रोक्का (गिरी) विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता राजेश्वर श्रेष्ठ अवलम्बित नजिर : ने.का.प. २०५१ अंक ९, निर्णय नं. ४९७७, ने.का.प. २०६२ अंक ७ निर्णय नं. ७५६५, ने.का.प. २०६३ अंक ६ निर्णय नं. ७७१५ सम्बद्ध कानून : श्रम ऐन, २०४८ को दफा २(ग), ७, १०, ५०, ५२ र ५३ आदेश न्या.दीपकराज जोशी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ : म निवेदक कम्पनीकै काममा प्रबन्ध निर्देशकको निर्देशानुसार बजार खरिद तथा बक्यौता बसली गर्न गई रहने हुँदा विपक्षी कम्पनीको प्रबन्ध निर्देशकले मिति २०६९।४।२३ मा पहिलो पटकमा निवेदकलाई कार्यालय समयमै यस प्रतिष्ठानको युनिफर्म लगाई अर्को सेक्युरिटी कम्पनी KTM Security Services को लागि मिति २०६९।३।२१ गते अर्थात् ५ जुलाई २०१२ मा प्रतिष्ठानकै सिनियर इन्सपेक्टरले मार्केटिङ गरेको प्रत्यक्ष देखेको भन्दै श्रम ऐन, २०४८ को दफा ५०(घ) को आरोप लगाई सेवाबाट किन बर्खास्त नगर्ने भनी स्पष्टीकरण सोधिएकोमा सोको म्यादैभित्र मिति २०६९।४।२८ मा स्पष्टीकरणको जवाफ दिएको थिएँ । म निवेदकले पेस गरेको जवाफ चित्त बुझ्दो नभएको भन्दै मिति २०६९।४।३२ मा श्रम