निर्णय नं. ९५२५ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५२५ - मानव बेचबिखन तथा ओसारपसार भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/०४/२९ ७६७३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।४।२९।६ मुद्दा : मानव बेचबिखन तथा ओसारपसार ०६९-CR-०१७२ पुनरावेदक / प्रतिवादी : जिल्ला काभ्रेपलान्चोक, चलाल गणेशस्थान गा.वि.स.वडा नं.३ घर भई हाल जिल्ला कारागार कार्यालय पर्सा वीरगञ्जमा कैदमा रहेको योगबहादुर लामा विरूद्ध विपक्षी / वादी : कोड नाम एल.डि. ६/०६७/०६८, एस.टि.सि. ७/०६७/०६८ र पि.एल. ८/०६७/०६८ समेत जना ३ को संयुक्त जाहेरीले नेपाल सरकार २०६९-CR-०२६९ पुनरावेदक / प्रतिवादी : जिल्ला नुवाकोट, गणेशस्थान गा.वि.स.वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय नख्खुमा थुनामा रहेको दिनेश भन्ने सूर्यबहादुर तामाङ विरूद्ध प्रत्यर्थी / वादी : कोड नाम एल.डि. ६/०६७/०६८, एस.टि.सि. ७/०६७/०६८ र पि.एल. ८/०६७/०६८ समेत जना ३ को संयुक्त जाहेरीले नेपाल सरकार प्रमाण ऐन, २०३१ को दफा १०(१) को कानूनी व्यवस्थाअनुसार कुनै काम घटना वा अवस्थाका सम्बन्धमा सो काम गर्ने वा सो काम घटना वा अवस्था प्रत्यक्षरूपमा देख्ने वा थाहा पाउने वा सो काम घटना वा अवस्थाबाट पीडित भएका व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिनुपर्ने व्यवस्था रहेको पाइन्छ । त्यसका अतिरिक्त सोही ऐनको दफा १८ मा कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिनुपर्ने व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार प्रस्तुत घटनाबाट पीडित जाहेरवालीहरूले मौकामा दिएको जाहेरी व्यहोरालाई पुष्टि गर्दै अदालतमा आई बकपत्र गरी प्रतिवादीउपरको अभियोग दाबीलाई समर्थन गरेको देखिएकाले पीडित जाहेरवालीहरूले व्यक्त गरेको तथ्यलाई अदालतले ठोस प्रमाणको रूपमा लिनुपर्ने देखिन आएको अवस्थामा यी प्रतिवादीसमेतको मिलोमतोमा पीडित जाहेरवालीहरूलाई बेच्नको उद्देश्यले नै लैजान लागेको देखिएकाले प्रतिवादीको अदालतको इन्कारी बयानलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नदेखिने । (प्रकरण नं.७) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीउपर रहने गरी विशेष व्यवस्था गरेको पाइन्छ । सो दफामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ । सो ऐनको उक्त विशेष व्यवस्थाअनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेको प्रतिवादीले तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट आफ्नो निर्दोषिता प्रमाणित गराउन सक्नुपर्ने । (प्रकरण नं.१०) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद अर्याल वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा १०(१) मानव बेचबिखन तथ ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९, १५(१)(ङ)(२) सुरू फैसला गर्ने : मा.जि.न्या श्री पदमराज भट्ट पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री दिनेशकुमार कार्की मा.न्या. श्री शारङ्गा सुवेदी फैसला न्या.जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, हे