निर्णय नं. ४२९० - लागू औषध सम्बन्धी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२९० - लागू औषध सम्बन्धी भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/२५ २३९० निर्णय नं. ४२९० ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. २४५ फैसला भएको मिति: २०४८।५।२५।३ मा पुनरावेदक/प्रतिवादी: ल.पु.जि. सानेपा बस्ने अग्नीकुमार भट्टचन विरुद्ध विपक्षी/वादी: प्र.ज.श्याम सुन्दरको जाहेरीले श्री ५ को सरकार मुद्दा : लागू औषध सम्बन्धी (१) एकपटक क्षेत्राधिकार ग्रहण गरिसकेको मुद्दामा अन्य क्षेत्राधिकारको अभावमा आफ्नो पनि क्षेत्राधिकार नभएको भनी आंशिक फैसला गरेको वागमती विशेष अदालतको फैसला बदर गरी जो जे बुझ्न पर्छ बुझी त्यस अदालतको क्षेत्राधिकार देखिएकोले कानुन बमोजिम निर्णय गर्नु भनी वागमती विशेष अदालतमा पठाएको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १८) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नुबझी प्रतिवादीको यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. अग्नीकुमार भट्टचनको घर खानतलासी लिंदा अं. २५ ग्राम ब्राउन सुगर र अं. ६० ग्राम अफिम फेला परेको भन्ने समेतको मिति ०४२।१२।१२ को बरामदी मुचुल्का । ३. म पहिले पनि लागू औषध चरेश आदिको व्यापार गर्ने गरी आएको छु । हाल पनि २० के.जी. चरेश बुटवल लालबहादुर गौचनको घरमा राखेको छु । ४।५ वर्ष अघि केबिन राणालाई १५ किलो र घनश्याम अधिकारीलाई पनि धेरै परिणाम चरेश बिक्री गरेको छु भन्ने समेत व्यहोराको अग्नीकुमार भट्टचनको प्रहरी समक्ष भएको बयान । ४. अग्नीकुमार भट्टचनले २० ग्राम ब्राउन सुगर ६० ग्राम अफिम आफ्नो घरमा राखी लालबहादुर गौचन केबिन राणा र घनश्याम अधिकारीको मिलोमतोबाट बिक्री वितरण गरी लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(ग) र (घ) को कसूर गरेकोले अग्नीकुमार भट्टचन, लालबहादुर गौचन केविन राणा र घनश्याम अधिकारी उपर ऐ.ऐनको दफा १४(ख) बमोजिम सजायँ हुन र अग्नीकुमारले ३७ सालमा एकपटक लागू औषध मुद्दामा सजायँ पाइसकेकोले यो दोस्रो पटक देखिएको घनश्याम अधिकारीले ०३७ साल र ०४१ सालमा लागू औषध मुद्दामा सजायँ पाइसकेकोले सो तेस्रो पटक देखिएकोले निजहरु उपर ऐ.ऐ.को दफा १६ बमोजिम थप सजायँ हुन र ल.पु.न.पं. वडा नं. २ सानेपा स्थित पद्मकुमारी भट्टचनको घरमा लागू औषध राख्न र उत्पादन गर्न दिएकोले निज पद्मकुमारीलाई ऐ.ऐ.को दफा १५ बमोजिम कारवाही भई सजायँ हुन समेत माग गरिएको जि.प्र.का. ललितपुरको प्रहरी प्रतिवेदनपत्र । (साविक पेज नं. १९९) ५. मलाई प्रहरी तालिम केन्द्रमा लगी डर धाक देखाई सही गराए । बरामदको भनिएको अफिम ब्राउन सुगर मेरो घरबाट बरामद भएको होइन भन्ने समेत व्यहोराको अग्नीकुमारको ललितपुर जिल्ला अदालतमा भएको बयान । ६. मैले अग्नीकुमारसंग लागू औषध किनेको छैन तसर्थ प्रहरी प्रतिवेदन माग बमोजिम सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको घनश्याम अधिकारीले अदालत समक्ष गरेको बयान । ७. मेरो नाउँको घरबाट लागू औषध बरामद भएको होइन र अग्नीकुमार भट्टचनलाई लागू औषध राख्न उत्पादन गर्न समेत दिएको नहुँदा मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको पद्मकुमारी भट्टचनको अदालतमा भएको बयान । ८. प्रतिवादीहरु केबिन राणा र लालबहादुर गौचनले शुरुबाट जारी भएको समाव्हान म्यादै गुजारी बसेको देखियो । ९. अग्नीकुमार लागू औषध बिक्री वितरण गर्ने