निर्णय नं. ९५२७ - सम्झौताबमोजिमको रकम दिलाई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५२७ - सम्झौताबमोजिमको रकम दिलाई पाऊँ भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/१२/०२ ४३७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोपाल पराजुली फैसला मिति : २०७१।१२।२।२ ०६७-CI-०१३२ मुद्दा : सम्झौताबमोजिमको रकम दिलाई पाऊँ पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाट, नील सरस्वती मार्ग बस्ने मिलन ट्रेडर्सको प्रो. मिलन गुरूङ विरूद्ध विपक्षी / वादी : जिल्ला काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बाराही लोसाल टोल बस्ने मोहन शाहनी करारको अवधि हेर्दा करारको दफा ७ ले नै करारको पक्ष, प्रत्यर्थी वादी र पुनरावेदक प्रतिवादीको बिचको करारीय दायित्व प्रत्यर्थी वादीले करारबमोजिमको रकम भुक्तानी नपाएसम्म कायम गरेको देखिएको छ । सोही दफा ७ मा त्यस्तो भुक्तानी करारको दफा ३ मा उल्लिखित रकम भुक्तानी नपाएसम्म करार सम्झौताको म्याद कायम रहने उल्लेख गरेको पाइन्छ । करारको दफा १, २, ३ ले रकम भुक्तानी गर्ने सम्बन्धमा क्रमबद्ध सिलसिला तोकेको छ जसमा प्रथमतः प्रतिवादीले करारमा उल्लिखित सम्पूर्ण रकम रू. १६,६२,०००।– तिर्नुपर्ने सोमध्ये कागज भएको मितिले दश दिनभित्र १० लाख र १० लाख तिरेको मितिले ९० दिनभित्र बाँकी ६,६२,०००।– तिर्नुपर्ने भन्ने उल्लेख गर्दै दफा ७ ले रकम बुझाउने सम्झौताको म्याद दफा ३ बमोजिम वादीले भुक्तानी प्राप्त गरेका मितिले समाप्त हुने भन्ने उल्लेख गरेको अवस्थामा करारमा रकम किस्तामा बुझाउने उल्लेख भएकोमा १० लाख बुझाउने म्याद र दफा ३ बमोजिम ६,६२,०००।– बुझाउने म्याद अलगअलग कायम गर्न मिल्ने अवस्था देखिन नआउने । (प्रकरण नं.३) करारबाट सिर्जित भुक्तानी सम्बन्धमा हालसम्म अदालतबाट मानी आएको प्रचलनलाई हेर्दासमेत करारको रूपैयाँ भुक्तानी गर्दा किस्ताको उल्लेख गरेकोमा प्रत्येक किस्तामा हदम्याद कायम गर्ने प्रचलन रहेको छैन । करारबमोजिमको दायित्व व्यहोर्ने व्यक्तिले अन्तिमरूपमा पालना गर्नुपर्ने दायित्व पालन नगरेको वा बुझाउनु पर्ने रकम नबुझाएको अन्तिम मितिबाट नै हदम्याद कायम गर्ने गरेको प्रचलन रहेको । करारमा प्रस्टरूपमा करारको म्याद करारको दफा ३ बमोजिम रकम भुक्तानी नभएसम्म कायम रहने उल्लेख छ । जबसम्म करारको दफा २ बमोजिम १० लाख भुक्तानी हुँदैन । यसरी करारले प्रस्टरूपमा बोलेको हदम्यादको विषयतर्फ सुरू जिल्ला अदालतले फैसला गर्दा ध्यान नदिई सम्झौताको दफा ७ लाई नजरअन्दाज गरी केवल वादी, प्रतिवादीको बिचमा मिति २०५५।०९।१३ मा करार भएकोमा सो मितिले दश दिनभित्र १० लाख बुझाउने भनेकोमा सो मिति २०५५।१२।२३ सम्म प्रतिवादीले बुझाउने म्याद रहेकोमा नबुझाएकोमा वादीले उक्त रकमको मागदाबी गरी करार ऐनको दफा १८(२) अनुसार मिति २०५५।१२।२३ भित्र फिराद नपरेकोले उक्त १० लाखतर्फको वादी दाबी हदम्याद नाघी परेकोले खारेज हुने गरी इन्साफ गरेको मिलेको नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : करार ऐन, २०५६ को दफा ८९(२) (घ) सुरू फैसला गर्ने अदालत : मा.जि.न्या. डा. श्री आनन्दमोहन भट्टराई पुनरावेदन तहमा फैसला गर्ने अदालत : मा. न्या. श्री हरिराम कोइराला मा. न्या. श्री जगदीश शर्मा पौडेल फैसला न्या.गोपाल पराजुली : पुनरावेदन अदालत, पाटनको मिति २०६४।०९।०१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्द