निर्णय नं. ९५२८ - भन्सार मूल्याङ्कन धरौट फिर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५२८ - भन्सार मूल्याङ्कन धरौट फिर्ता भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/११/१५ ४१३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।११।१५।१ ०६७-CR-०७९६ मुद्दा : भन्सार मूल्याङ्कन धरौट फिर्ता पुनरावेदक / वादी : नेपाल सरकार, भन्सार विभागको महानिर्देशक बोधराज निरौला विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पशुपति एक्सपोर्ट एन्ड इम्पोर्ट हाउस वीरगञ्जको प्रो. पर्सा जिल्ला लोहारपट्टी वडा नं. ७ बस्ने निर्मलादेवी गोयन्का पैठारी गरिएको कुनै माल वा वस्तुको धनीबाट पेस भएको कारोबार मूल्य “वास्तविक कारोबार मूल्य कायम गर्ने पद्धति” सँग मेल नखाने भएमा भन्सार अधिकृतले पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यलाई मान्यता नदिई पैठारी गरिएको माल वा वस्तुको अभिलेख मूल्य, मूल्यसूची वा सोही प्रकारको माल वा वस्तुको मूल्यको आधारमा त्यस्तो माल वा वस्तुको मूल्य कायम गरी भन्सार महसुल निर्धारण गर्नुपर्ने व्यवस्था भन्सार ऐन, २०१९ को दफा १३ को उपदफा (४) ले गरेको देखिने । (प्रकरण नं.३) पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य समरूप वा उस्तै प्रकारको वस्तुको मूल्यभन्दा कम देखिएकोले आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ३ बमोजिम त्यसरी मूल्य कम हुनुको यथेष्ट कारण पेस गर्न भनी पैठारीकर्तालाई लेखिएको, सोधिएको वा मौका दिइएको भन्नेसमेत उक्त कारबाहीसम्बन्धी निर्णय फाइलबाट देखिएको छैन । पैठारीकर्ताले गरेको मूल्यसम्बन्धी घोषणालाई अस्वीकार गरी बढी मूल्य कायम गर्दा भन्सार अधिकृतले विश्व व्यापार संगठनको मूल्याङ्कनसम्बन्धी मूलभूत सिद्धान्तलाई अवलम्बन गरेको भन्ने पनि उक्त निर्णयमा उल्लेख भएको पाइँदैन । पैठारीकर्ताले घोषणा गरेको मूल्यलाई अस्वीकार गरी सोभन्दा बढी मूल्य कायम गर्दा उपर्युक्त आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ५ बमोजिम पैठारीकर्ता कम्पनीलाई दिनुपर्ने कारणसहितको लिखित सूचनासमेत दिएको देखिँदैन । यसर्थ वीरगञ्ज भन्सार कार्यालयबाट भएको उपर्युक्त मिति २०६१।१२।२ को मूल्य निर्धारणसम्बन्धी निर्णयमा कानूनले निर्धारण गरेबमोजिमको माथि वर्णित कुनै पनि कार्यविधि वा प्रक्रिया पुरा गरिएको भन्ने देखिन नआउने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता राजन भट्टराई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता सिताराम अग्रवाल अवलम्बित नजिर : सम्बद्ध कानून : भन्सार ऐन, २०१९ को दफा १३(६) आर्थिक अध्यादेश, २०६१ को दफा ७ सुरू निर्णय गर्ने : वीरगञ्ज भन्सार कार्यालय, भन्सार विभाग, त्रिपुरेश्वर पुनरावेदन तहमा फैसला गर्ने : माननीय अध्यक्ष श्री गोपाल पराजुली राजश्व सदस्य श्री तारादेवी जोशी लेखा सदस्य श्री भगिराज इङ्गनाम फैसला न्या.सुशीला कार्की : राजस्व न्यायाधिकरण, काठमाडौंको मिति २०६६।०५।११ को फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ (क) र (ग) बमोजिम पुनरावेदनका लागि अनुमति पाउँ भनी निवेदन परेकोमा यस अदालतबाट मिति २०६७।१०।०७ मा अनुमति प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार रहेको छ : पशुपति एक्सपोर्ट एन्ड इम्पोर्ट हाउस वीरगञ्जले Invoice no. KAJ 2005/794 Date 06-01-2005 मा KAJ Establishment Pvt. Ltd. Singapore बाट CNF US $ 2600 मा आयात गरेको १० मेट्रिक टन CARDAMOMS MIX GREEN MEDIUM को मूल्याङ्कन गरि